नेपाल कृषिप्रधान देश हो । कृषिको कामचाहिँ गाउँमै बढी हुन्छ । त्यसैले गाउँमा पढ्ने विद्यार्थीलाई निकै दुःख हुन्छ । बिहान उज्यालो नहुँदै खरबारीमा घाँस काट्न जानुपर्छ । जङ्गल वा खोरियातिर दाउरा लिन जानुपर्छ । गोठमा गाईवस्तुलाई घाँस हाल्न जानुपर्छ । मौसमअनुसार खेतबारीमा काम गर्नुपर्छ । स्कुल टाढा छ । जाने हिँडेरै हो । हतारहतार तातोपिरो खाई ठेस लाग्नेगरी दौडनु पर्छ । बेलुका स्कूलबाट आएपछि पनि बाटैदेखि खेतबारी वा खरबारीतिर काममा व्यस्त हुनुपर्छ । ‘जिन्दगीको अर्को नाम भनेकै सङ्घर्ष हो’ भनेको यही होला । तर, यो सङ्घर्षभित्र एउटा जीवित लय छ, एउटा प्राण छ र सिर्जनाको उर्जा छ ।
गाउँमा खुल्ला वातावरण हुन्छ । जङ्गली चराचुरुङ्गी कराएर मानिसलाई बिहानै उठाउँछन् । कुखुराको भाले ‘कुखुरी काँ …’ गरेर बास्छ । शहरको बिहानी चराको चिरबिरले होइन, गाडीको कर्कश हर्न, छिमेकीको खोलेको घरको ढोका र शटरको आवाजले शुरु हुन्छ । घरैघरका कारण कतिपय टोलमा कोठाले घाम देख्न पाउँदैन ।
गाउँको विद्यार्थीले खेतको आलीमा बसेर पढ्दा उसले माटोको सुगन्ध पाउँछ, खुला आकाशको स्वतन्त्रता महशूस गर्छ । काम गर्दा थाकेको शरीरलाई शीतल हावाले सुम्सुम्याउँदा उसको दिमाग झन् तेजिलो र ‘फ्रेस’ हुन्छ । ‘गर्ने काम धेरै छ, पढ्ने समय थोरै छ’ भन्ने मनोविज्ञानले उसलाई समयको महत्व सिकाउँछ, जसले गर्दा थोरै समयमा पनि उसले धेरै कुरा मस्तिष्कमा उतार्न सक्छ । तर, यो तस्बिरको अर्को पाटो, जुन शहरका गल्ली र अग्ला महलहरूभित्र गुम्सिएको छ, त्यो झन् बढी भयानक र मार्मिक छ । शहरिया विद्यार्थीको जीवन बाहिरबाट हेर्दा विलासी जस्तो देखिएपनि तिनकोे वास्तविक जीवन अदृश्य जेलमा बसे जस्तो लाग्छ ।
शहरको बिहानी चराको चिरबिरले होइन, गाडीको कर्कश हर्न, छिमेकीको खोलेको घरको ढोका र शटरको आवाजले शुरु हुन्छ । यहाँको बस्ती बाक्लो हुन्छ । घरैघरका कारण कतिपय टोलमा कोठाले घाम देख्न पाउँदैन । त्यसैले यहाँ कतिपय विद्यार्थीका लागि खुला मैदानमा डुल्न पाउनु दुर्लभ हुन्छ । झ्याल खोल्दा देखिने दृश्य भनेको अर्को घरको पर्खाल वा कालो धुवाँ ओकलिरहेको सडक मात्र हो । तर गाउँमा खुल्ला वातावरण हुन्छ । जङ्गली चराचुरुङ्गी कराएर मानिसलाई बिहानै उठाउँछन् । कुखुराको भाले ‘कुखुरी काँ …’ गरेर बास्छ । शहरमा परेवा कराएको खासै सुनिँदैन । अनि यहाँ ‘ब्राेइलर कुखुरा’ बास्तैन । गाउँकाे विद्यार्थीलाई कामकाे चापले पढ्ने भाेक जगाउँछ तर शहरको विद्यार्थीलाई ‘पढ्नुपर्छ’ भन्ने एउटै मात्र निरस बोझले थिचेको हुन्छ । यहाँ काम केही छैन, तर थकान अथाह छ । कोठाको चार कुनाभित्र खुम्चिएर बस्नुपर्ने बाध्यताले उनीहरूको सिर्जनात्मकतालाई धुवाँ र धुलोले जस्तै छोपिदिएको छ । बिहान उठेदेखि बेलुका नसुत्दासम्म उनीहरूको संसार एउटा सानो मोबाइलको स्क्रिन वा ट्याबलेटमा सीमित छ ।
गाउँमा हावापानी स्वच्छ छ, त्यसैले त्यहाँका विद्यार्थीको सोचाइमा पनि ताजगी हुन्छ । तर शहरको प्रदूषित वातावरणमा सास फेरिरहेको विद्यार्थीको मस्तिष्कमा न शान्ति छ, न त कुनै नयाँपन नै ।
काम नहुनु नै शहरिया विद्यार्थीको सबैभन्दा ठूलो अभिशाप बनेको छ । शरीर चलाउने कुनै बाटो छैन, पसिना बगाउने कुनै माध्यम छैन । विद्यालय जाँदा सवारी साधनमा गयो । आउँदा त्यसरी नै आयो । दिमागलाई ताजा बनाउनका लागि प्रकृतिसँग जोडिने कुनै आधार नभएपछि उनीहरू प्रविधिको दास बन्न पुग्छन् । मोबाइलका गेम र सामाजिक सञ्जालका भ्रामक संसारमा हराउँदा उनीहरूले आफ्नै अस्तित्व बिर्सिरहेका हुन्छन् । हातमा किताब छ, तर मनमा अशान्ति छ । गाउँको विद्यार्थीले कामको बीचमा किताब पल्टाउँदा उसले त्यो समयलाई उत्सव मान्छ तर शहरको विद्यार्थीका लागि किताब एउटा यस्तो शत्रु बनेको छ जसलाई हेर्न पनि उसलाई झर्को लाग्छ । घरमा सबै सुविधा छ—तातो पानी, मिठो खाना, इन्टरनेट र नरम ओछ्यान ।
तर, यही ‘सबै थोक हुनु’ नै उनीहरूका लागि दुर्भाग्य सावित भएको छ । जब जीवनमा कुनै अभाव हुँदैन, तब केही प्राप्त गर्ने तृष्णा पनि हराएर जाँदो रहेछ । पुगिसरी आएका परिवारका छोराछोरीलाई लाग्छ—सबै कुरा त छँदैछ, किन पढ्नु र किन दुःख गर्नु ? यही सोचले उनीहरूलाई बौद्धिक र शारीरिक दुबै रूपमा कमजोर बनाउँदै लगेको छ ।
सबैभन्दा दुःखद कुरा त के छ भने शहरिया विद्यार्थीले आफन्त र छिमेकीसँगको आत्मीयता समेत गुमाएका छन् । गाउँमा छिमेकीसँग मिलेर काम गर्दा, बाटोमा हिँड्दै साथीभाइसँग पढ्दा र छलफल गर्दा जुन सामाजिकीकरण हुन्थ्यो, त्यस्तो अवसर शहरमा कमै छ । एउटै अपार्टमेन्टमा बस्ने छिमेकीलाई चिनिँदैन । कोठाभित्र एक्लै बस्दा सिर्जना हुने एक्लोपनले उनीहरूलाई मानसिक तनाव र डिप्रेसनको खाडलतर्फ धकेलिरहेको छ ।
खानपानको कुरा गर्ने हो भने पनि शहरका भान्साहरू विषाक्त बन्दै गएका छन् । गाउँमा कोदो, फापर र अर्गानिक तरकारी खाएर उर्जावान् बन्ने विद्यार्थीका तुलनामा शहरका विद्यार्थी ‘जङ्क फुड’ को शिकार भएका छन् । चाउचाउ, कुरकुरे र पिज्जाले उनीहरूको पेट त भरिन्छ, तर शरीरमा अल्छीपन र रोग मात्र थपिन्छ । शरीर मोटो हुँदै जान्छ, तर मानसिक स्फूर्ति शून्य हुन्छ । विद्यालय जानु उनीहरूका लागि एउटा ‘करलाग्दी’ डिउटी जस्तै भएको छ । पहेँलो स्कूल बसको झ्यालबाट टोलाउँदै बाहिरको धुलो हेर्नु र विद्यालयको बन्द कोठामा शिक्षकका पट्यारलाग्दा कुरा सुन्नु उनीहरूको नियति हो । उनीहरूका लागि शिक्षा ज्ञान आर्जन गर्ने माध्यम होइन, बरु एउटा यस्तो प्रक्रिया हो जसले उनीहरूलाई मेसिन बनाइरहेको छ । गाउँमा अभावले मान्छेलाई बलियो बनाउँछ, तर शहरमा अति सुविधाले मान्छेलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको छ ।
सबैभन्दा दुःखद कुरा त के छ भने शहरिया विद्यार्थीले आफन्त र छिमेकीसँगको आत्मीयता समेत गुमाएका छन् । गाउँमा छिमेकीसँग मिलेर काम गर्दा, बाटोमा हिँड्दै साथीभाइसँग पढ्दा र छलफल गर्दा जुन सामाजिकीकरण हुन्थ्यो, त्यस्तो अवसर शहरमा कमै छ । एउटै अपार्टमेन्टमा बस्ने छिमेकीलाई चिनिँदैन । कोठाभित्र एक्लै बस्दा सिर्जना हुने एक्लोपनले उनीहरूलाई मानसिक तनाव र डिप्रेसनको खाडलतर्फ धकेलिरहेको छ । न खेल्ने ठाउँ छ, न त मनका कुरा सुनाउने कोही साथी । यस्तो अवस्थामा विद्यार्थीको दिमाग कसरी तेजिलो र सिर्जनात्मक हुन सक्छ ?
शहरिया विद्यार्थीको जीवनलाई निराशाको भुमरीबाट जोगाउन अब कृत्रिमताबाट मुक्त हुने प्रयास थाल्नुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई केवल भौतिक सुविधाको थुप्रोमा राख्नुभन्दा पनि घरभित्रै स–साना श्रमका काममा अभ्यस्त गराउनु जरुरी छ ।
शहरको चकाचौधभित्र गुम्सिएका यी पीडाहरू कसैले देख्दैन । सबैलाई लाग्छ, शहरमा पढ्नेहरू भाग्यमानी छन्, तर वास्तवमा उनीहरू त सुविधाको स्वर्णपिँजडामा थुनिएका चराहरू हुन्, जसले उड्न त पाउनु त परको कुरा, आकाश कस्तो हुन्छ भन्ने समेत बिर्सिसकेका छन् । त्यसैले, शहरको यो कृत्रिम जीवनभन्दा गाउँको त्यो सङ्घर्षपूर्ण तर जीवन्त जीवन नै कैयौँ गुणा महान् र सार्थक देखिन्छ ।
यति भएर पनि, शहरका सबै विद्यार्थीको अवस्था एउटै छैन । यहीँभित्र अर्को एउटा यस्तो वर्ग पनि छ, जो अभाव र श्रमको जगमा उभिएर भविष्य खोजिरहेको छ । बिहानै कसैको घरमा पत्रिका पुर्याउने, ईंटाभट्टामा काम गर्ने, होटलमा कप पखाल्ने वा ज्याला–मजदूरी गरेर आफ्नो पढाइ खर्च जुटाउने विद्यार्थीका लागि शहर ‘पिँजडा’ होइन, एउटा ‘कठोर कार्यशाला’ बनेको छ । दुःखको भट्टीमा खारिएका हुनाले यस्ता विद्यार्थीमा गाउँका विद्यार्थीमा झैँ गहिरो एकाग्रता र सङ्घर्ष गर्ने क्षमता देखिन्छ । उनीहरूलाई समयको अभाव र अभावको मूल्य दुबै थाहा छ, त्यसैले सुविधाभोगी वर्गको तुलनामा उनीहरूको शैक्षिक प्रदर्शन र जीवनप्रतिको दृष्टिकोण निकै परिपक्व र ऊर्जावान् पाइन्छ । यसले के पुष्टि गर्छ भने, समस्या शहरमा हुनुमा होइन, बरु पसिना बगाउने र प्रकृतिसँग जोडिने अवसरबाट विमुख हुनुमा छ ।
त्यसैले, शहरिया विद्यार्थीको जीवनलाई निराशाको भुमरीबाट जोगाउन अब कृत्रिमताबाट मुक्त हुने प्रयास थाल्नुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई केवल भौतिक सुविधाको थुप्रोमा राख्नुभन्दा पनि घरभित्रै स–साना श्रमका काममा अभ्यस्त गराउनु जरुरी छ । सातामा एकपटक भएपनि प्रविधिको स्क्रिनबाट टाढा राखेर माटो र बिरुवासँग खेल्ने वातावरण मिलाउनुपर्छ । विद्यालयहरूले पनि कक्षाकोठाको चौघेराभन्दा बाहिर निस्केर व्यावहारिक र समूहगत सिकाइलाई प्राथमिकता दिनुपर्छ । जब विद्यार्थीले ‘सुविधा’लाई अधिकार होइन, जिम्मेवारीका रूपमा बुझ्न थाल्छन् र प्रविधिको दास बन्नुको साटो त्यसलाई सिर्जनाको औजार बनाउँछन्, तब मात्र शहरको यो गुम्सिएको जीवनमा पनि गाउँको जस्तै ताजापन र सिर्जनाको नयाँ पालुवा पलाउन सक्छ ।










