समाचार

दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम


लक्ष्मण केसी/रुकुम
रुकुमका सबै विद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले जिल्लाका पूर्वी विद्यालयमा डिजिटल साक्षरता अभियान सञ्चालन गरिएको छ । रुकुम जिल्लालाई नै साक्षर घोषणा सँगै रुकुमका दश विद्यालयमा डिजिटल साक्षरता कक्षा शुरु गरिएको छ ।

विद्यार्थीको सिकाइमा सहजता ल्याउने उदेश्यले जिल्ला शिक्षा कार्यालय, युनाइटेड मिसन टु नेपाल र मिक नेपाल रुकुमको अगुवाईमा जिल्लाका कोल, राङसी, तकसेरा, हुकाम, मैकोट लगायतका दश विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

बिशेष गरेर निम्न माध्यमिक , माध्यमिक र उच्च माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि डिजिटल साक्षरता शुरु गरिएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा एक विद्यालयलाई २० थानका दरले १० वटा विद्यालयलाई २०० वटा कम्प्युटर प्रदान गरिएको छ । डिजिटल साक्षरता कार्यक्रमले विद्यालयमा हुने आर्थिक कारोवार तथा अन्य क्रियाकलापहरु कम्प्युटरमा अभिलेखीकरण गरि व्यवस्थितमा सहजता आउने बताएको छ ।

Facebook Comments

रुकुममा पाठ्यपुस्तकबिनै बालमैत्री कक्षा सञ्चालन

Previous article

बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा

Next article