विद्यालय शिक्षामा विद्यार्थीकाे आन्तरिक मूल्याङ्कनमा नेपालकाे पाइला धेरै ढिलाेगरी चलेकाे जिम्मेवार अधिकारीहरूले स्वीकार गरेका छन् ।
पाठ्यक्रम विकास केन्द्रद्वारा साेमबार काठमाडाैंमा आयाेजित ‘निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनका आधार अद्यावधिकसम्बन्धी छलफल कार्यशाला’ मा राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष डा.महाश्रम शर्माले भने, ‘जमाना एआईकाे छ, संसारमा ज्ञान अद्यावधिक द्रुतगतिमा भइरहेका बेला हामीचाहिँ शिक्षकले ग्रिड बुझ्नुपर्ने, पाठ्यक्रमका विषयमा थाहा दिनुपर्ने अवस्थामै छाैं । हाम्राे पाइला धेरै ढिला भयाे ।’
अध्यक्ष शर्माले विज्ञान विषयकाे प्रश्न लामाे साेधिएकाे भन्ने गुनासाे बाेर्डमा आएकाे तर के गर्दा राम्राे हुने हाे विद्वानहरू नै निष्कर्षमा पुग्नुपर्ने सुझाए ।
शिक्षकलाई विश्वविद्यालयमै शिक्षणका अधारभूत पक्षमा तयार पार्न प्राध्यापकहरूलाई उनले आग्रह गरे । डा. शर्माले हरेक विषयवस्तुबारे विद्यार्थीले सबै थाहा पाउनुपर्छ भन्ने निचाेडमा आफूहरू रहेकाे र ‘एप्लिकेसन’ तथा ‘हाइअर एविलिटि’ मा पुर्याउनु अहिलेकाे आवश्यकता रहेकाे बताए । विद्यार्थीले विद्यालयमा सिकेका कुरा घरमा र घरमा सिकेका विद्यालयमा लागू गर्ने तरिका अपनाउनुपर्नेमा पनि जाेड दिए ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले केन्द्रले नवप्रवर्तनात्मक काम गर्नका लागि याेजनामा नपरेकाे अवस्थामा पनि ग्रिड संशाेधन कार्य अघि बढाइएकाे स्पष्ट पारे । यसैमा छलफल गर्न कार्यक्रम गरिएकाे उनले बताए ।
पाठ्यक्रम विकास केन्द्रका डा. श्याम आचार्यले खुला प्रश्नबारे विभिन्न माेडलहरू प्रस्तुत गरे । उनले खुला प्रश्नकाे विशिष्टता रहेकाे र यसमा कुन अवस्थामा छु, के गर्दैछु, कहाँ जाँदैछु भन्नेबारे विद्यार्थीले थाहा पाउने तर उनीहरूले दिएकाे उत्तरले ठ्याक्कै यही हाे नभनेपनि उनीहरूकाे बाेध र धारणा सही दिशामा छन् भनेर थाहा पाइने बताए ।
उनले गणित विषयका प्रश्नहरू संरचनागत ढाँचामा मात्र बाँधिएकाले विद्यार्थीकाे उत्तरमा विविधता आउन नसकेकाे प्रष्ट्याए ।
डा. पेशल खनालले गणित विषयबारे प्रस्तुति गरे भने राष्ट्रिय परीक्षा बाेर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पाैडेलले समसामयिक मूल्याङ्कनका विषयमा धारणा राखेका थिए ।
संशाेधन गर्न लागिएकाे ग्रिडमा खुला प्रश्नहरूलाई हायर एविलिटिभित्रका आठ अंकबराबर राखिएकाे लवदेव भट्टले जानकारी दिए ।
कार्यक्रममा सहकार्य गरिरहेकाे युएसआइडी स्वच्छ हावा कार्यक्रमका लागि शिक्षा सल्लाहकार एवं एफएचआई ३६० का शुभेन्द्रमान श्रेष्ठले स्वच्छ हावा सबैकाे स्वास्थ्यसँग जाेडिएकाले यसबारे सरलीकृत रूपमा पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने सुझाए ।
पाठ्यक्रम विकास केन्द्रले खासगरी गणित र विज्ञानलाई केन्द्रित गरी छलफल चलाएकाे थियाे ।