प्रमुख समाचारसमाचार

शिक्षकहरुको मागबारे छलफल शुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी


प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागबारे सरकारले छलफल शुरु गरेको जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक  सञ्जालमार्फत् पोस्ट गर्दै लेखेका छन्, ‘शिक्षकहरुका मागबारे आज अर्थमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री, मुख्य सचिव र सचिवहरुसँग छलफल भएको छ। नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत् समस्याको छिटो समाधान खोजिने छ।’

 

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले यही २० चैतदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले विद्यालय शिक्षा ऐन जारी नभई आन्दोलन फिर्ता नहुने भन्दै आजदेखि अनिश्चितकालीन शैक्षिक हड्तालसमेत घोषणा गरेका छन् ।

Facebook Comments

शिक्षकद्वारा शैक्षिक हड्ताल घोषणा

Previous article

आधारभूत शिक्षा सुधार्न ‘सफल मोडल’ बन्दै साथी शिक्षक  

Next article