प्रमुख समाचारसमाचार

कि तत्काल वर्खे अधिवेशन बोलाउ, कि अध्यादेश ल्याउ


नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकका लागि सरकारले दुईवटा विकल्पमा जान सक्ने शर्त राख्दै त्यसो गर्न पनि नचाहेमा आन्दोलन अवधि लम्बिने बताएको छ ।

राजधानीकेन्द्रित शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दुई विकल्प अघि सार्दै आजको शिक्षासित भनेका छन्, ‘पहिलो शर्त त सरकारले तत्काल संसदको वर्खे अधिवेशन बोलाएर तुरुन्तै विधेयक प्रस्तुत गर्नु पर्छ । दोस्रोचाहिँ यदि अधिवेशन नबोलाउने हो भने अध्यादेश ल्याएर भएपनि ऐन जारी गर्नु पर्छ ।’

अध्यक्ष सुवेदीले प्रधानमन्त्री र उनको दल, सत्तासिन नेपाली कांग्रेसका शीर्ष नेताहरुले चाहेमा संसदको वर्खे अधिवेशन तत्काल बोलाउन असम्भव नहुने बताए । उनले शिक्षकहरुले उदारो सम्झौतामा आन्दोलन नरोक्ने सुनाए ।

शिक्षकहरुले यही चैत २० गतेदेखि राजधानीकेन्द्रित जुलुस तथा सभा गर्दै आएका छन् । शिक्षा ऐन जारी नभई घर नफर्कने भन्दै दिनहुँ हजारौं संख्यामा शिक्षकहरुले प्रदर्शन गर्दै आएका छन् ।

Facebook Comments

‘छलफल र साझा धारणा निर्माण’ गर्न आन्दोलनरत शिक्षक–कर्मचारीलाई शिक्षा मन्त्रालयको निम्तो

Previous article

जनही एक सय डलरको ३३ जना विद्यार्थीलाई छात्रवृत्ति

Next article