प्रमुख समाचारसमाचार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री


शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको महानिर्देशकको जिम्मेवारी कृष्ण काप्रीलाई दिएको छ ।

यस अघिका महानिर्देशक दीपक शर्मा उमेरका कारण सेवाबाट निवृत्त भएकाले उनको स्थानमा चिकित्सा शिक्षा आयोगमा रहेका सहसचिव काप्रीलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । काप्रीले यही १९ फागुनदेखि केन्द्रको नेतृत्व लिएका हुन् । काप्रीलाई यही फागुन १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले आयोगबाट शिक्षा मन्त्रालय सरुवा गर्ने निर्णय गरेको थियो । फेरि मन्त्रालयले उनलाई शिक्षा तथा मानव स्रोत केन्द्रमा पठाएको हो ।

२०५३ सालमा विद्यालय निरीक्षक (विनी) पदबाट सेवा शुरु गरेका काप्री उपसचिव हुँदै २०७१ मा सहसचिव भएका थिए ।

महानिर्देशकको जिम्मेवारीलाई सेवा वितरणमा इमान्दारीपूर्वक लगाउने काप्रीले बताए । ‘अहिले नयाँ बजेट बनाउने विषयमा छलफल शुरु भइरहेको छ । प्रदेश र स्थानीय तहसँगको समन्वय गरेर अघि बढ्नुपर्नेछ,’ काप्रीले टेलिफोन संवादमा भने,‘भर्खरै त आएको छु, ब्रिफिङ हुने क्रममै छ । अहिले नै सबै कुरा भन्न हतारो होला ।’

Facebook Comments

शिक्षामा शिक्षकको भूमिका

Previous article

आजबाट एसइइ शुरु, पाँच लाखभन्दा बढी परीक्षार्थीमा छात्रभन्दा छात्रा धेरै 

Next article