चाइल्डफण्ड जापान बालबालिकाको क्षेत्रमा काम गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जुन सहअस्तित्वको भावनामा अन्तर्राष्ट्रिय विकास सहयोगमार्फत् बालबालिकाको अधिकार प्रबद्र्धन गर्न प्रतिबद्ध छ । चाइल्डफण्ड जापान, चाइल्डफण्ड अलायन्सको एक सदस्य संस्था हो । चाइल्डफण्ड एलायन्स ११ वटा बाल–केन्द्रित विकास संस्थाहरूको विश्वव्यापी सञ्जाल हो, जसले विश्वका ७० वटा देशहरूमा लगभग २ करोड ३० लाख बालबालिका र तिनीहरूका परिवारहरूलाई सहयोग पुर्याउँदै आइरहेको छ ।
चाइल्डफण्ड जापानले नेपालमा सन् १९९५ देखि आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न शुरु गरेको थियो र यसले सन् २००६ देखि समाज कल्याण परिषदसंग साधारण सम्झौता गरि औपचारिक रूपमा आफ्नो कार्यालय नेपालमा स्थापना गरी परियोजना सञ्चालन गर्दै आइरहेको छ । विकासको मूलधारमा पँहूच हुनबाट बन्चित तथा जोखिममा परेका बालबालिका, तिनीहरुका परिवार र समुदायहरूलाई संस्थाको कार्यक्रमहरूले अर्थपूर्ण एवं दिगो समाधानका प्रयासमार्फत् मद्दत पुर्याउँदै आइरहेको छ । चाइल्डफण्ड जापान नेपाल कार्यालय यो विश्वास राख्दछ कि प्रत्येक बालबालिकाले आफ्नोे पूर्ण क्षमता विकास गर्न र उनीहरूको भविष्यका निम्ति सकारात्मक परिवर्तनका लागि अवसर प्रदान गरिएको हुनेछ ।
चाइल्डफण्ड जापान नेपाल कार्यालयले विशेष सहयोग र विभिन्न दाता, प्रत्यायोजकहरू, चाइल्डफण्ड अलाएन्स सदस्यहरू एवं जापान सरकारको आर्थिक सहयोगमा आपत्कालीन राहत तथा पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यसले बालबालिकाको हितलाई अभिवृद्धि गर्न बाल प्रत्यायोजन कार्यक्रमको मापदण्डद्वारा निर्देशित शिक्षा, बालसंरक्षण, स्वास्थ्य सेवा, पोषण, आय–आर्जनका क्षेत्रमा विपन्न तथा जोखिममा रहेका बालबालिका, तिनका परिवार र समुदायलाई सेवा प्रदान गर्दै आएको छ । यसले प्रभावकारी नतिजाहरू प्राप्त गर्न स्थानीय समुदाय, नागरिक समाज र साझेदार संस्थासँगको साझेदारीमा परियोजना तथा कार्यक्रमहरु संचालन गर्दछ । चाईल्डफण्ड जापानद्धारा संचालित हुने हरेक परियोजना तथा कार्यक्रमहरुमा बालबालिकाको सुरक्षा तथा सहभागिताका पक्षहरु संलग्न गरिएका छन् ।
चाइल्डफण्ड जापान नेपाल कार्यालय मुख्यतः कार्यक्रमको विकास, त्यसको कार्यान्वयन र गुणस्तर सुनिश्चितता, वित्तीय दिगोपनका निम्ति काम गर्दछ । यसले स्रोत परिचालन, प्रभावकारी अनुगमन एवं मूल्याङ्कनमा काम गर्दछ । साथै, यो संस्थाले जबाफदेहिता र पारदर्शिता तथा सञ्चारको लागि आफ्नो कार्यक्रम प्रतिवेदन, नेपाल सरकार, लाभान्वित सरोकारवालाहरू एवं दातृ निकायहरूका आवश्यकता तथा मापदण्डलाई पालना गर्ने गर्दछ ।
यस संस्थाका कार्यक्रमहरूले नेपालका बालबालिकाहरुको जीवनमा सुधार ल्याउने लक्ष्य राखेका छन् । जुन लक्ष्यहरु सम्बन्धित राष्ट्रिय कार्ययोजना, नीतिहरू र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य लगायतबाट निर्देशित रहेका छन् । चाइल्डफण्ड जापान नेपाल कार्यालयले गरिबी, दुव्र्यवहार, शोषण, वातावरणीय प्रकोप, विभिन्न प्रकारका हिंसा तथा विभेद एवं असुरक्षित बसाई–सराईको जोखिममा परेकालाई सहयोग गर्दछ । यस संस्थाले नेपालका करिब २५,००० बालबालिका, किशोरकिशोरी र उनीहरूका परिवारलाई सन् २०२५ सम्ममा समग्र प्रभावस्तर र दीर्घकालीन लक्ष्यअन्तर्गत सेवा प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेकोछ । जसले उनीहरूलाई सुरक्षित समुदायको सदस्य भई उनीहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्न मद्दत गर्नेछ ।
संस्थाको कार्यक्षेत्र
यस संस्थाले हाल धादिङ, गोरखा र सिन्धुपाल्चोक जिल्लामा परियोजनाहरु सञ्चालन गरिरहेको छ । चाइल्डफण्ड जापान नेपाल कार्यालयको देशीय रणनैतिक कार्ययोजना २०२१–२०२५ अन्तर्गत निकट भविष्यमा आफ्ना कार्यक्रमहरु अन्य प्रदेशहरुमा पनि बिस्तार गर्ने योजना रहेको छ ।
विषयगत क्षेत्रहरू
बालसंरक्षण
चाइल्डफण्ड जापान नेपाल कार्यालयको ध्येयले प्रत्येक बालबालिकाको आत्मसम्मान र सम्भाव्यताको सम्मान गर्दछ । बालबालिकाको सहभागिता प्रबद्र्धन गर्दछ । बालबालिका र उनीहरूको परिवारका निम्ति कल्याण, आशा तथा उत्थानशील क्षमतालाई प्रोत्साहन गर्नु चाइल्डफण्ड जापानको काम हो । यसले सामाजिक विकासका लागि सकारात्मक वातावरण सिर्जना गर्ने गर्छ । आफ्नो ध्येय हासिल गर्न, चाइल्डफण्ड जापान नेपाल कार्यालयले बालबालिकासँ सहकार्यमा काम गर्छ । बालबालिकाहरूको परिवार, समुदाय र सामाजिक प्रणालीहरूलाई गरिबी, सामाजिक बहिष्करण वा मानवीय संकटका कारण हुने कठिन परिस्थितिहरूमा पनि बालसंरक्षण र विकासलाई समर्थन गर्न सक्षम बनाउँछ ।
चाइल्डफण्ड जापान नेपाल कार्यालयले बालबालिकाको संरक्षणसम्बन्धी चुनौती र समस्याहरू पहिचान गर्दै विद्यालयहरू, स्थानीय सरकार तथा सम्बन्धित संस्थाहरूलाई विभिन्न विद्यालय, सरकारी र संगठनात्मक स्तरमा बालसंरक्षण नीतिहरू तर्जुमा तथा लागू गर्न सहयोग गर्दछ । यसले बालबालिकाहरुलाई सुरक्षित राख्न मद्दत गर्दछ र हिंसारहित सुरक्षित सिकाइको वातावरण पनि बनाउँदछ । चाइल्डफण्ड जापान नेपाल कार्यालयले शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र स्थानीय सरकारमा बालअधिकार एवं बालसंरक्षणसम्बन्धी मुद्दाहरूमा चेतना अभिवृद्धि गर्ने कार्य गर्दछ ।
बालअधिकारसम्बन्धी चेतनाको विकास गर्दै बाल क्लब मार्फत् बालबालिकाले आफ्नो विचार व्यक्त गर्न र अधिकारको माग गर्न सक्नेछन् । चाइल्डफण्ड जापान नेपाल कार्यालयले बालसंरक्षणका समस्याहरू रोकथाम र प्रतिकार्य गर्न कर्तव्यबाहकहरूसहित मुख्य लाभान्वितहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ । यसले स्थानीय सरकार तथा समुदायस्तर(बाल क्लबहरूसहित)मा बालअधिकार प्रबद्र्धन गर्ने, बालबालिकासँग काम गर्ने संस्थाहरूसँगको सहकार्यमा बाल सुरक्षासम्बन्धी प्रणाली र संयन्त्रहरूलाई मजबूत बनाउने गर्न काम गर्दछ ।
शिक्षा
शिक्षाले बालबालिकालाई जवाफदेही र जिम्मेवार नागरिक बनाउनुका साथै राम्रो जीवनस्तर हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउँछ । शिक्षा क्षेत्रमा, चाइल्डफण्ड जापान नेपाल कार्यालयले भुकम्प प्रतिरोधात्मक विद्यालयको पूर्वाधार निर्माण, विद्यालय व्यवस्थापन, शिक्षण सिकाई क्रियाकलापको गुणस्तर सुधार गरी सरकारी र सामुदायिक विद्यालयहरूमा बालअधिकार प्रबद्र्धन तथा बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच बढाउन केन्द्रित छ । बालबालिकाको विकासमा अभिभावक, शिक्षक, स्थानीय सरकार र समुदायका सबै सदस्यहरूको प्रभावकारी भूमिका सुनिश्चितता गर्दछ । यस संस्थाले सञ्चालन गर्ने शैक्षिक कार्यक्रमहरूमा प्रारम्भिक बालविकास ९भ्ऋम्० देखि माध्यमिक तहसम्मका बालबालिकाहरु समावेश गरिएका छन् ।
विपद् जोखिम न्यूनीकरण (DRR)
सन् २०१५ को महाभूकम्पले नेपालमा क्षति पुर्याएको बेला चाइल्डफण्ड जापान नेपाल कार्यालयले चाईल्डफण्ड अलाएन्स सदस्यहरूको सहयोगमा बालबालिका, तिनका परिवार, विद्यालय र समुदायका सदस्यहरूलाई राहत सहयोग उपलब्ध गराउन सक्रिय रूपमा काम गरेको थियो । पछि ती कार्यहरु क्रमशः शिक्षा र संरक्षणसम्बन्धी विषयगत परियोजनाहरूमा परिणत भयो । विशेषगरी यसले विद्यार्थीहरू, उनीहरूका परिवार, शिक्षक तथा समुदायको रुचि, हित र कल्याणमा ध्यानकेन्द्रित गर्दछ ।
विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्रियाकलापहरु शैक्षिक कार्यक्रममा समाहित गरिएका छन् । जसले विद्यालय तथा समुदायलाई प्राकृतिक विपद्का खतराबाट बच्न र जोखिम न्यूनीकरण गर्न मद्दत पुर्याउँछ । विपद् प्रतिरोधी विद्यालय भवनहरू निर्माण गरेर विद्यालयको सुरक्षामा केन्द्रित रही प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका कारण बालबालिकाहरुले सामना गर्ने जोखिमलाई न्यूनीकरण गर्न, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समिति को विद्यालय सुरक्षा योजना, जोखिम मूल्याङ्कन, सञ्चालन प्रक्रियाहरू, जोखिम व्यवस्थापन जस्ता प्रक्रियाहरूमा क्षमता अभिवृद्धि गर्दै बालमैत्री वातावरण सिर्जना गर्ने काम चाइल्डफण्ड जापान नेपाल कार्यालयले गर्दै आएको छ । विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सिकेका सीपहरुलाई विद्यार्थीहरुले आफ्नो घर, समुदायमा लैजाने तथा व्यवहारमा उतार्नेछन् जसले विपद् उत्थानशील समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।
कार्यक्रम तथा परियोजनाहरु
बाल प्रत्यायोजन कार्यक्रम (Sponsorship Program)
बालप्रत्यायोजन कार्यक्रम (SP) चाइल्डफण्ड जापानको प्रमुख र समष्टिगत कार्यक्रमहरूमध्ये एक हो । जसले बालबालिका र समुदायका आवश्यकताहरूलाई सहयोग गर्दछ । नेपालमाSponsorship Program मार्फत बालबालिकाहरुको शारीरिक, बौद्धिक, भावनात्मक (संवेगात्मक) र सामजिक रुपले विकास भई आफ्नो बाल्यकाल रमाइलोसाथ बिताउन र तिनीहरुलाई बालमैत्री परिवार तथा समुदायको सक्रिय सदस्य बनाउने’ समग्र लक्ष्यका साथ लागू भइरहेको छ ।
वालप्रत्यायोजन चाईल्डफण्ड जापानको मुख्य तथा समष्टिगत कार्यक्रम हो । यस समष्टिगत कार्यक्रममा प्रत्याभूतकर्ताहरुको (sponsors) सहयोग लिई सिमान्तकृत तथा जोखिममा रहेका वालवालिकाहरुको समग्र विकासकालागि वालवालिका, तिनका परिवार र समुदायको आवश्यकतालाई सम्वोधन गर्ने खालका क्रियाकलापहरु संचालन गरिन्छ । प्रत्येक वालवालिकाहरुको अधिकार संरक्षण र प्रबद्र्धन गर्न वाल वचाउ (Survival) संरक्षण (Protection), सहभागिता (Participation) र विकास (Development) सम्बन्धि क्रियाकलाप संचालन गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रमले शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, स्व–विकास तथा पारिवारिक आर्थिक अवस्था सुधार गर्न सहयोग गर्दछ । कार्यक्रमले विद्यार्थीहरुको उपस्थिति दर बढाउन, विद्यालयमा बालबालिकाको सिकाइ उपलब्धि र अभिभावकमा शिक्षाको महत्वबारे चेतना जगाउन ठूलो योगदान पुर्याइरहेको छ ।
कार्यक्रमले सहयोगको आवश्यकता परेका बालबालिकाहरुलाई प्रत्यायोजकसँग जोड्दछ, जो उनीहरुलाई मद्दत गर्न र उनीहरूको जीवनको गुणस्तर सुधार गर्न सहयोगरत छन ।
विशेष सहायता कार्यक्रम (Special Assistant Program)
विशेष सहायता कार्यक्रम (SAP) को समग्र लक्ष्य दीर्घकालीन योजना विकास गरेर विद्यार्थीहरूको शैक्षिक उपलब्धि र नतिजा सुधार गर्नु हो । यो कार्यक्रम विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, शिक्षक तथा विद्यार्थीहरुसँग नजिक रही गाउँपालिकासँग समन्वय एवं सहकार्य गरी विद्यालयहरूमा लागू गरिएको छ ।
विशेष सहायता कार्यक्रमले बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, कक्षामा शैक्षिक सीपहरू प्रयोग गर्नका लागि शिक्षकहरूको क्षमता विकास गर्ने, विद्यालय व्यवस्थापन समिति (SMC) र अभिभावक शिक्षक संघ (PTA) सदस्यहरूको व्यवस्थापन क्षमतामा सुधार गर्ने, बालसंरक्षण संयन्त्रलाई विद्यालय, वार्ड र गाउँपालिकास्तरमा सुदृढ गर्ने र विद्यालय पूर्वाधार विकासको लक्ष्य राखेको छ ।
सुनौलो भविष्यको लागि शिक्षा(EfH) परियोजना
चाइल्डफण्ड जापानले सुनौलो भविष्यको लागि शिक्षा परियोजना सन २००९ देखि रामेछाप जिल्लाबाट शुरुवाट गरी सन २०१३ मा सिन्धुपाल्चोक जिल्लामा विस्तार गरियो । यसैक्रममा सन २०२० देखि चाइल्डफण्ड कोरिया र चाइल्डफण्ड जापानको सहयोगमा सञ्चालित सिन्धुपाल्चोकका बालबालिकाले सामना गरिरहेको शैक्षिक चुनौतीलाई सम्बोधन गर्न सुनौलो भविष्यको लागि शिक्षा परियोजनाले ‘सुनकोशी गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययनरत बालबालिकाले गुणस्तरीय शिक्षा र संरक्षणको वातावरण प्राप्त गर्ने’ समग्र लक्ष्यका साथ थालनी गरिएको थियो । यस परियोजनाले गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षक तथा व्यवस्थापकको क्षमता अभिवृद्धि एवं विद्यालयका पूर्वाधारहरू निर्माणमार्फत् बालमैत्री शिक्षण र सिकाइ प्रबद्र्धन गरेको थियो । यसले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकलगायत विद्यालयका सरोकारवालाहरूको ज्ञान, नेतृत्व तथा व्यवस्थापन सुधार गर्दै उनीहरूलाई बालबालिकाहरूको अर्थपूर्ण सहभागितताको लागि सक्षम बनाउन प्रमुख भूमिका खेलेको थियो । बालबालिकाको समग्र विकासका लागि विद्यालय तथा समुदायहरूमा बालसंरक्षण प्रणाली, संयन्त्र र कार्यहरूलाई सुदृढ बनाउन उनीहरूको सहभागितालाई प्रवर्धनको लागि सुनौलो भविष्यको लागि शिक्षा परियोजना कार्यन्वयन भई सन २०२३ मार्च महिनामा सफलतापूर्वक सम्पन्न भएको थियो ।
सिकाई वातावरण सुधार परियोजना
जापान सरकारको आर्थिक सहयोगमा गोरखा जिल्लामा सञ्चालित परियोजनाअन्तर्गत विद्यालयहरूको शैक्षिक वातावरण सुधार गर्न विद्यालयको पुनर्निर्माण, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ र शिक्षकहरूलाई तालिम प्रदान गरिएको छ । अभिभावकहरूलाई बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदानमा संलग्न गराउने उद्देश्यसहित यस परियोजना सञ्चालन गरिएको छ । बालबालिका, अभिभावक, शिक्षक र समुदायका सदस्यहरू, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ लगायत करिव २,५०० जना समुदायका मानिसहरू यो परियोजनाबाट लाभान्वित हुनेछन् । राम्रो शैक्षिक वातावरण सिर्जना गरेर, बालबालिकाहरू आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सक्षम हुनेछन् र भविष्यका असल नागरिक बनी आफ्नो समुदायलाई अझ राम्रो बनाउँनेछन् ।
शिक्षामा पहुँच सुनिश्चित परियोजना
शिक्षामा पहुँच सुनिश्चित परियोजनाले धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६, ८ र १० अन्तर्गतका सबै विद्यालय उमेरका बालबालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गरी उनीहरूको पूर्ण क्षमता हासिल गराउने लक्ष्य राखेको छ । विद्यालय र समुदायहरूमा बालमैत्री सिकाइ वातावरण सिर्जना गर्नु यस परियोजनाको प्राथमिक लक्ष्य हो । परियोजनाले शिक्षण सीप, कक्षाकोठा व्यवस्थापन,WASH र विद्यालय प्रशासन र नेतृत्व सुधारको सुनिश्चित गर्दछ । बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै यस परियोजनाले साना उद्यमशीलता र स्वावलम्बन समूह मार्फत् आर्थिक रूपमा विपन्न अभिभावकको आम्दानीमा सुधार गर्ने र स्थानीय युवाहरूको पनि आय–आर्जन एवं जीवनोपयोगी सीपहरूमा सशक्तिकरण गर्ने लक्ष्य राखेको छ ।
विद्यालयमा लैङ्गिक समानता र सुरक्षा प्रबद्र्धन WASH परियोजना
यस परियोजनाले विद्यालयहरूमा हुने लैङ्गिक हिंसा (SRGBV) र त्यसको दुष्परिणामस्वरुप बालबालिकामा आईपर्ने स्वास्थ्य, शिक्षा र उनीहरुको हितमा उत्पन्न हुने विभिन्न प्रकारका समस्याहरूलाई सम्बोधन गर्ने गरेको छ । परियोजनाले तीनवटा विषयगत क्षेत्रहरूलाई समेटेको छ । जसमा विद्यालयमा आधारित लैङ्गिक हिंसा पहिचान, तिनका रोकथाम, सामुदायिक प्रतिकार्यबाट हानी कम गर्नु तथा वृद्धि हुन नदिनु हो । परियोजनाका क्रियाकलापहरू विशेषतः बाल संवेदनशीलता, गोपनीयता, परामर्श, समर्थन, पहुँच र सिफारिशसहित कानूनी सेवाहरु सुनिश्चित गर्ने ढाँचामा तयार गरिएका छन् । विशेषगरी, बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्ने सम्बन्धमा लैङ्गिक समानतालाई बढवा दिन दिगो विकास लक्ष्यहरूमा योगदान पुर्याउँनेछ ।
यस परियोजनाले सरकार, गैरसरकारी निकाय, समुदाय र लक्षित समूहहरू लगायत सबै बहु सरोकारवालाहरूमा जिम्मेवारीबोध गराई जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । समग्रमा ज्ञान निर्माणका लागि क्षमता अभिवृद्धि, परिवार, विद्यालय, समुदाय र राष्ट्रियस्तरका अभियानहरूका लागि विभिन्न स्थानीय तथा राष्ट्रिय सरोकारवालाबीच सहकार्य, सिफारिश एवं प्रतिकार्यबाट मुद्दा सम्बोधन गर्ने परियोजनाको मुख्य लक्ष्य रहेकोछ । साथै, जागरूकता र नीति कार्यान्वयनमार्फत् मनोवृत्ति तथा व्यवहार परिवर्तन गर्ने रणनैतिक दृष्टिकोण अपनाइएको छ । परियोजनाका गतिविधिहरू शिक्षा, सुरक्षा र विपद् तथा आपत्कालीन सबै क्षेत्रहरुमा सजगतापूर्वक सम्बोधन गर्ने ढङ्गले निर्माण गरिएका छन् । गतिविधिहरु सहज रूपमा कार्यान्वयन गर्न र परियोजना समाप्त भएपछि सुरक्षित अवतरणका साथ परिणामहरूको दिगोपनमा जोड दिन सम्भावित चुनौतीहरू सूचीबद्ध गरी न्यूनीकरणका उपायहरूमा पूर्वतयारी गरिएको छ ।
निवाराणात्मक सिकाइ र शिक्षण सीपको आधारमा, अभिभावकहरू, सल्लाहकारहरू, स्वास्थ्य सेवा प्रदायकहरूलगायत सबैले लैङ्गिक हिंसालाई कम गर्न र सम्भावित हानीहरू रोक्न सुझाब दिने एउटा आधार प्रदान गर्दछ । तथापि, विद्यालयमा आधारित लैङ्गिक हिंसाका घटना घटिहालेमा सुरक्षित र न्यायिक रुपले पीडितहरुले निर्धक्क भई सहयोग पाउन तथा घटनाहरूलाई उपयुक्त निकायसम्म पुर्याउनका लागि सिफारिशका स्पष्ट मार्गनिर्देशन, घटना रिपोर्ट गर्ने संयन्त्रहरु तत्पर राखिनेछन् । समग्र कार्यहरू तथा परिणामहरूबाट प्राप्त तथ्याङ्क र विद्यालयमा आधारित लैङ्गिक हिंसासम्बन्धी राष्ट्रिय अभियानहरुमा योगदान पुर्याई राष्ट्रिय तथ्याङ्क सङ्कलन प्रणालीमा सम्प्रेषण गर्ने प्रणालीलाई सुदृढ गरिनेछ ।
परियोजनाले स्थानीय, प्रदेश र संघ सरकार, स्थानीय समुदायमा आधारित संस्थाहरू तथा नागरिक समाज संगठनहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संगठनहरू एवं सञ्जालहरूसँग साझेदारीमा क्रियाकलापहरुलाई दिगो बनाउन काम गर्नेछ । परियोजनाले विद्यमान बाल क्लबहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, प्रधानाध्यापक तथा शिक्षकहरू, अभिभावकहरू र स्थानीय समुदायहरूलाई बलियो बनाउँनेछ ।
चाइल्डफण्ड जापान नेपाल कार्यालयले आफ्नो परियोजनाका क्रियाकलापहरुमार्फत् बालबालिकाविरुद्ध हुने दुव्र्यवहार, हिंसा तथा शोषणको अन्त्य र बालबालिकालाई पूर्ण क्षमता हासिल गर्नबाट रोक्ने अन्तर्निहित अवस्थाहरूको समाधान गर्न मद्दत गर्दछ । चाइल्डफण्ड जापान नेपाल कार्यालयले नेपालमा बालबालिकाको जीवन परिवर्तन गर्न सदैव प्रतिबद्ध छ ।