समाचार

निम्न माध्यमिक तहको नतिजा हप्तादिन भित्रै


काठमाडौं । शिक्षक सेवा आयोगले हप्तादिनभित्रै निम्न माध्यमिक तहका सबै विषयको नतिजा प्रकाशित गर्ने जनाएको छ । परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणको कार्य सम्पन्न भइसकेको र हाल तथ्यांक रुजु र कोडीङको काम भइरहेकोले अबको हप्तादिनभित्र नतिजा सार्वजनिक गर्न सुरुगर्ने आयोगले जनाएको छ ।

माघ २५ गते आयोगको वार्षिक उत्सव परेकाले २६ गतेदेखि नतिजा प्रकाशन सुरु गर्ने आयोगले जनाएको छ । नतिजा प्रकाशनसँगै एक हजार एक सयभन्दा बढी शिक्षकहरु सार्वजनिक विद्यालयमा प्रवेश गर्ने अवसर पाउने छन् । सार्वजनिक विद्यालयको गुणस्तरमा ल्याउनु पर्ने आवश्यकताको महसुससँगै सरकारले खुला प्रतिस्पर्धाका आधारमा शिक्षकको नियुक्ति प्रक्रिया अघि बढाएको हो । यसअघि माध्यमिक तहमा पनि खुला प्रतिस्पर्धाकै आधारमा शिक्षकको नियुक्ति गरिएको थियो ।

निमावि तहको लिखित परीक्षाको नतिजा आयोगले प्रकाशित गरेपछि अन्तरवार्ता क्षेत्रीय शिक्षा निर्देशनालयले गर्नेछन् । सबै क्षेत्रमा एक साथ अन्तरवार्ता सञ्चालन हुने भएकोले अन्तरवार्ता पूरा गरी नियुक्तिका लागि सिफारिश गर्न धेरै समय नलाग्ने शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । उत्तरपुस्तीका परिक्षणको काम सम्पन्न भइसकेको छ । माघ मसान्त सम्ममा नतिजा सार्वजनिक गरिसक्छौं । पौडेलले भने ।
निमावि तहको लिखित परीक्षामा झण्डै ९० हजार परीक्षार्थीले सहभागिता जनाएका थिए ।

माघ २५ मा आयोगको वार्षिकोत्सव
शिक्षक सेवा आयोगले आगामी माघ २५ गते आफ्नो सत्रौं वार्षिकोत्स मनाउने भएको छ । माघ २५ गते मंगलबार ११ बजे शिक्षामन्त्री धनीराम पौडेलले कार्यक्रम उद्घाटन गर्ने आयोगले जनाएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरुको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्न, शिक्षकका लागि आवश्यक पर्ने अध्यापन अनुमतिपत्र प्रदान गर्न र शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धी विषयमा सरकारलाई सुझाव दिन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ ले दिएको सुझावअनुरुप शिक्षा ऐन, २०२८ मा भएको छैंठौं संशोधनले २०५६ सालमा राष्ट्रिय शिक्षक सेवा आयोगको गठन भएको थियोे ।

त्यसपछि वि.सं. २०५८ साल माघ २५ गते शिक्षा ऐन, २०२८ मा भएको सातौं संशोधनद्वारा शिक्षक सेवा आयोग गठन भएको आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

Facebook Comments


Notice: Trying to access array offset on value of type bool in /home/tarakish/ajakoshiksha/wp-content/themes/ajako-shiksha/inc/libs/tnm_core.php on line 746

अनुमति एउटा, पढाइ अर्कै विद्यार्थीको भविष्य अन्योलमा

Previous article

तत्काल शिक्षक आयोग खोल्न अस्थायी शिक्षकको माग

Next article