जीतबहादुर शाह
चाहे व्यक्तिगत जीवन बाँच्दा होस वा पेशागत जीवन, मानिसले चाहेर वा नचाहेर पनि विभिन्न कामहरु गर्नुपर्ने हुन्छ । कहिलेकाही त मानिसले जीवन जिउने क्रममा मुटुमाथि ढुङ्गा राख्दै नचाहेका कामहरुमा समेत हात हाल्ने गर्दछ । कतिपय अवस्थामा नूनको सोझोको लागि पनि नचाहेका कामहरु गर्ने गर्दछ मानिस । अन्तत ती कामहरुले पछि सम्म पनि पिरोलिरहन्छन् । कतै रमाइलो गरौं भन्दा पनि उक्त कामको सम्झना भयो भने रमाइलो महसुस हुदैन । सुत्ने समय भयो भनेर ओछ्यानमा गयो भने पनि निद्राले पछ्याउदैन ।
खाने समय भयो भनेर भान्सामा गयो भने पनि त्यो कुराको सम्झना भयो भने मीठो खानाको स्वाद पनि के कस्तो हो थाहै हुदैन । जीवन होसमा छ वा बेहोसीमा थाहै नपाइ त्यस्ता मानिसहरुको जीवन आफ्नै किसिमले ढल्किरहेको हुन्छ । यात्राको क्रममा मेरो एकजना सहकर्मी मित्रले यस्तै कुराको उठान गरेर न त यात्राभरि उनी नै रमाउन सके न त मलाई नै रमाउन दिए । जीवन ढल्किए झै यात्रा पनि ढल्किदै गयो तथापि रमाइलो अनुभूति हुन सकेन । उनले यात्राभरि पछुतोले पिरोलिदै प्रसङ्गलाई पटक पटक दोहो¥याइरहदा मलाइ पनि पछुतोको भारी बोकेर यात्रा गरे झै महसुस भयो ।
सहकर्मी मित्रको भनाइ अनुसार, विद्यालय निरीक्षकको हैसियतले आफू सुर्खेतको एउटा विद्यालयमा करार शिक्षक छनौट गर्न जाँदा विद्यालय व्यवस्थापन समितिले अन्य दुई जना विशेषज्ञहरुलाई पनि बोलाएको थियो । सहमतिमै ती विशेषज्ञहरुले अलगअलग सेट प्रश्नपत्र निर्माण गरे । विडम्बना के भयो भने उनीहरुले अलग अलग प्रश्नपत्र बनाए पनि प्रश्नहरु भने एकैनासका भए । फरक यत्ति देखिन्थ्यो कि प्रश्नका क्रमहरु तलमाथि बनाइएको थियो । विद्यालय निरीक्षकलाई त्यहिबाटै उनिहरुप्रति शंका लाग्न थाल्यो ।
तथापि केही गर्न सकेनन् वा गर्न चाहेनन् पनि । आफ्नो हाकिमलाई सोधनी गर्दा निहु खोजेर तनाव व्यहोर्ने काममा नलाग्दै राम्रो होला भन्ने आसय बुझे । अन्ततः लिखित परीक्षाको नतीजा निकालियो । एकजना महिलाले अरु भन्दा धेरै फरक पारी उत्कृष्ठ अङ्क ल्याएर लिखित परीक्षा पास गरिन । अन्तर्वाता लिदा भने विद्यालय निरीक्षक मित्रलाई जानकारी भयो कि उक्त महिला त अरु भन्दा कमजोर रहिछिन् । अन्तीममा सवै अङ्क जोड्दा उक्त कमजोर महिला नै उत्तीर्ण भइन् भने अरु राम्रा भएपनि अनुत्तीर्ण भए । यसरी दुवै विशेषज्ञहरुले एउटा उम्मेदवारलाई उत्तीर्ण गराउन अनावश्यक हरकत गरेको जानकारी हुँदाहुदै पनि आफूले केही गर्न नसकेकोमा मेरा मित्रलाई आत्मग्लानी भयो र उक्त आत्मग्लानीको घाउ अहिले पनि बल्झिरहेको छ ।
बर्दियाको एउटा विद्यालयमा माथिको घटनामा जस्तै करार शिक्षक छनौटका लागि शिक्षकहरुबाट आएका विशेषज्ञहरुले सँगै बसेर बस्तुगत र विषयगत प्रश्नहरु बनाए । विद्यालय निरीक्षकले विशेषज्ञहरुले बनाएका बस्तुगत प्रश्नहरुलाई नै प्रश्नहरु र तिनका विकल्पहरुको क्रम परिवर्तन गरेर प्रश्नपत्रलाई परिमार्जन गरी परीक्षा सञ्चालन गरे । परीक्षा सकिएपछि कोडिङ गरेर बस्तुगत परीक्षाको उत्तरपुस्तिका विद्यालय निरीक्षकले चेक गरे भने विषयगत परीक्षाको उत्तरपुस्तिका विशेषज्ञहरुले चेक गरे । नतीजा प्रकाशन हुँदा विशेषज्ञहरुले चाहेको जस्तो भएन । कारण के भएछ भन्दा विशेषज्ञहरुले आफूले चाहेको उम्मेदवारलाई बस्तुगत परीक्षाको यति नम्बरको ठीक विकल्प यति नम्बर भनेर घोकाएका रहेछन् । विद्यालय निरीक्षकले उक्त क्रमलाई तलमाथि बनाइदिएपछि विशेषज्ञहरुले चाहेको उम्मेदवारले बस्तुगत परीक्षाको बीस पूर्णाङ्कमा तीन–चार ल्याउन पनि सकेनछ । अरुले उसलार्ई उछिनेछन् । पास गराउने भनेर उसँग आर्थिक लेनदेन पनि भइसकेको रहेछ । त्यो सबै योजना असफल भएपछि विशेषज्ञहरु र तिनका मतियारहरुले विद्यालय निरीक्षकले आर्थिक चलखेल ग¥यो भनेर आरोप पनि लगाए । अन्तत ती सवै झुटो सावित भए र एउटा गतिलो उम्मेदवार उत्तीर्ण हुन सफल भयो ।
विशेषज्ञहरुबाट करार शिक्षक छनौटमा निष्पक्ष व्यवहार नभएपछि बर्दियाले नै विशेषज्ञ छनौट गर्दा गोला प्रथाबाट गर्ने कुरालाई अघि बढायो । यसै क्रममा एउटा स्कूलको करार शिक्षकको छनौट गर्नका लागि गोला प्रथाबाट विशेषज्ञहरु छनौट गरिए । छनौट भएका विशेषज्ञहरुलाई विद्यालय निरीक्षकले स्रोतकेन्द्रमा आमन्त्रण गरे । विशेषज्ञहरुको घरबाट स्रोतकेन्द्रमा बाइकमा आउदा ५ मिनेट पनि नलाग्ने दूरी थियो । तथापि उनीहरु २ घण्टा ढिलो गरी आए । यो बीचमा दुवै विशेषज्ञले कुनै निश्चित उम्मेदवारसँग आर्थिक प्रलोभनमा परी परीक्षामा सोधिने प्रश्नहरु फोनबाटै टिपाइदिए । अन्तत परीक्षा भयो । विद्यालय निरीक्षक, सम्बन्धित विद्यालयको प्र।अ। र विव्यस अध्यक्ष जिल्ल परे । सबैले राम्रो भनेको उम्मेदवार भन्दा कमजोर उम्मेदवारले बाजी मार्न सफल भयो । विद्यालय निरीक्षक लगायतकाले नतीजा प्रकाशन भएपछि बुझे कि ढिला गरेको दुई घण्टामा बस्तुगत लगायत विषयगत प्रश्नहरु आवट गर्ने काम भएछ ।
यो पङ्तिकारले उल्लिखित दृष्टान्तहरु पस्कनुको अर्थ हामीले शिक्षामा अरु काम जे जस्तो गरेपनि शिक्षा र विद्यालयका लागि मियोको रुपमा काम गर्ने शिक्षकलाइ गतिलो किसिमबाट छनौट गर्नका लागि हाम्रा प्रयासहरु त्यति गतिला भएनन् कि भन्नेतिर सवैको ध्यान आकर्षित गर्नु हो । अन्य देशका अभ्यासहरु हेर्दा देशका क्रिम जनशक्तिलाई शिक्षण पेशामा प्रवेश गराउनका लागि आवश्यक व्यवस्था गरिएको पाइन्छ । शैक्षिक हिसावले विश्वमै उत्कृष्ठ देशको रुपमा नाम कमाएको फिनल्याण्डले विश्वविद्यालयबाट उत्कृष्ठ हुने गोल्ड मेडलिष्टहरुलाई शिक्षण पेशामा सोझै नियुक्ति गर्ने प्रवन्ध मिलाएको छ ।
जापानले शिक्षण पेशामा लाग्नेहरुलाई अन्य पेशामा भन्दा तीस प्रतिसत थप सुविधा दिने गरी राम्रा व्यक्तिहरुलाई शिक्षण पेशामा आकर्षित गर्ने प्रयास गरेकोे छ । विकसित देशहरुको शिक्षाप्रतिको यस प्रकारको चासो र प्राथमिकता देख्दा हामी त उनिहरु समान हुन सयौं वर्ष पर्खनु पर्छ जस्तो लाग्छ । हाम्रोमा शिक्षण पेशालाई मर्यादित हुन नदिनुमा अरु भन्दा शिक्षकहरुको नै बढि चलखेल हो कि जस्तो पनि लाग्छ ।
करार शिक्षकको नियुक्तिमा विशेषज्ञको भूमिका निर्वाह गर्नेहरु पनि शिक्षकहरु नै हुन्छन् । उनिहरुलाई नै करार शिक्षकको छनौट गर्नका लागि जिम्मेवारी सुम्पिदा देशले अगतिला मान्छेहरुलाई शिक्षकका नियुक्ति गर्न बाध्य छ । गाउ र टोलभरि शैक्षिक बेरोजगारहरु छन् तथापि विद्यालयमा करार शिक्षकको लागि विज्ञापन भयो भने दुई–चार वटा भन्दा बढि दरखास्त पर्दैनन् ।
सवैलाई के स्पष्ट छ भने त्यो पद कुनै प्रतिभावान र जेहेन्दार मानिसका निम्ति भन्दा पनि कुनै निश्चित फलानाका निम्ति हो । कतै शिक्षक पद खालि भयो भने जिल्ला शिक्षा कार्यालयले कुनै शिक्षकलाई सरुवा गरेर लैजानोस भन्दा पहिले देखि काम गरिरहेको त्यहीको एकजनालाई राख्ने सल्लाह भएको छ भनेर लाजै नमानी भन्छन् कतिपय विद्यालयका प्र।अ।, विव्यस अध्यक्ष र अन्य यस्तैका हिमायतीहरु ।
परीक्षा कहिले हुने हो थाहा नभए पनि नतीजा भने पहिल्यै घोषणा गरेर बसेका हुन्छन् मानिसहरु । पूर्व घोषित नतीजालाई कसरी व्यवस्थापन गर्छन होला विशेषज्ञहरु रु गतिलालाई फेल गराएर अगतिलालाई उत्तीर्ण गराउदा मेरो सहकर्मी विद्यालय निरीक्षकलाई झै ती विशेषज्ञहरुको दिल दुख्छ होला कि दुख्दैन होला रु यस्तै नियतका विशेषज्ञहरु लोकसेवा आयोगतिर हुने भए कस्तो हुन्थ्यो होला, सार्वजनिक प्रशासनको हविगत रु
करार शिक्षकको नियुक्तिको ताल यस्तो छ । शिक्षा मन्त्रालयको निर्देशन हुन्छ, कार्यरत शिक्षकहरुलाई सकेसम्म विस्थापित नहुने गरी स्थायी शिक्षकको पदस्थापनको प्रवन्ध मिलाउनू । शिक्षकहरुको माग हुने गर्दछ, कार्यरतहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर । शिक्षक सेवा आयोगले कार्यतालिका बनाएर लोकसेवा आयोगले झै नियमित रुपमा विज्ञापन गर्न सकिरहेको छैन । यसै बीचमा शिक्षक महासङ्घले आक्रोस पोखेको छ – हामी शिक्षकलाई राजनीतिक दलको सदस्य हुनबाट बञ्चित नगरियोस् ।
शिक्षकहरुका अवधारणा र नियुक्तिको अवस्था एकातिर यस्ता छन् भने अर्कोतिर आदेशको भरमा व्यक्तिको नियुक्ति हुने क्षेत्रहरुभने आफूलाई राम्रो मानिसको खोजीमा समर्पित गरेका छन् । प्रहरी सेनामा समेत लिखित परीक्षामा न्यूनतम अङ्क ल्याउन नसकेका कारण विज्ञापित पदमा तोकिएको संख्या भन्दा कम व्यक्तिलाई उत्तीर्ण गरेर बाँकी संख्यामा नियुक्तिका लागि पुनः विज्ञापन गर्न थालिएको छ । संघसंस्थाहरुले समेत यो प्रक्रियालाई अनुसरण गरिरहेका छन् । देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्रमा भने विजोगको अवस्था छ । साँच्ची कहिले हुने होला यो बिजोगको अन्त रु
अव त सङ्घीय राज्यमा माध्यमिक तह सम्मको शिक्षालाई स्थानीय तहको जिम्मामा सुम्पिने कुरा उठिरहेको छ । त्यतिबेला स्थानीय तहको शिक्षाको क्षेत्रमा आवश्यक पर्ने बजेटको केही अंश केन्द्र सरकारले पनि प्रदान गर्ने प्रावधान राख्छ होला । त्यतिबेला बजेट प्रदान गर्ने आधारहरुमा प्रदेशको शैक्षिक उपलब्धिलाई प्रमुख रुपमा लिइन्छ होला । कति विद्यार्थीहरुलाई सेवा प्रवाह गरिरहेको छ भन्ने कुरा पनि हेरिन्छ होला । उत्पादित जनशक्ति प्राविधिकरअप्राविधिक एवम् रोजगाररबेरोजगार के छ त्यो पनि हेरिन्छ होला ।
शिक्षक नियुक्ति गर्ने यो पारा र यो पद्धतिले निरन्तरता पाइरह्यो भने केन्द्रले बजेट प्रदान गर्दा खुम्चिनु पर्ने स्थिति अवश्य सिर्जना हुनेछ । त्यसैले मानवस्रोत जस्तो अरु स्रोतलाई समेत परिचालन गर्ने जीवन्त स्रोत उत्पादन गर्ने क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई नियुक्ति गर्दा खेलाची र खेलबाड गर्ने कहालीलाग्दा कथाहरुको अन्त गर्ने हो कि रु अन्यथा विद्यार्थीहरु निजी क्षेत्रतिर लर्को लाग्दैछन् र सरकारी शिक्षण संस्थाहरु क्रमशः रित्तिदै छन् । यदि यही क्रम जारी रहने हो भने पेन्सन खाने शिक्षक त भेटिएलान तर वहालवाला शिक्षक भेट्न साँच्चिकै गाहे गाहे पर्छ होला । सवैलाई चेतना भया ।