प्रमुख समाचारविशेषसमाचार

विद्यालय शिक्षा विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको अवधि शुरु


काठमाडौं–विद्यालय शिक्षासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि सांसदहरुबाट संशोधन हाल्ने समय आज आइतबारबाट ७२ घण्टाको अवधि शुरु भएको छ ।

संसदमा यही असोज १९ गतेदेखि सैद्धान्तिक छलफल शुरु भएको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको शिक्षामन्त्रीले उत्तर दिएपछि संशोधन दर्ता गर्न सांसदहरुलाई ७२ घण्टाको अवधि तोकिएको छ । यसका लागि सांसदहरुले संसद सचिवालयको सिंहदरबारमा रहेको विधेयक शाखामा संशोधन दर्ता गर्नु पर्नेछ । शिक्षा, विज्ञान तथा मन्त्री अशोककुमार राईले जवाफ दिइसकेपछि सभामुख देवराज घिमिरले संशोधनका लागि ७२ घण्टे अवधि तोक्नुभएको हो ।

विद्यालय शिक्षा विधेयकमा आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै भर्खरै शिक्षक आन्दोलन भएको थियो । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र शिक्षकका माग पूरा गर्ने धारणा मन्त्री राईले राख्नुभएको थियो ।

गत भदौ २७ गते मन्त्री राईले संसद सचिवालयमा दर्ता गर्नुभएको थियो । विधेयकमाथि १९ असोजमा ९० जना सांसदले सैद्धान्तिक छलफलमा भाग लिएका थिए । जसमा अधिकांशले विधेयक संशोधन हुनुपर्ने धारणा राखेका थिए ।

Facebook Comments

गरिखाने शिक्षाः गर्ने कसरी, गराउने कसरी ?

Previous article

बझाङमा भूकम्पबाट कति विद्यालयमा क्षति पुग्यो ? विवरण आउनै बाँकी

Next article