समाचार

अर्काको ‘लाइसेन्स’ पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा


जुम्लाको ताम्सी स्थित जनप्रिय प्राथमिक विद्यालका शिक्षक लोकबहादुर शाही अख्तियारको कारवाहीमा परेका हुन । शाहीले प्रावि दरवन्दीमा नियुक्ती लिएका थिए ।

२०६५ चैत्र २ गतेदेखि २०७२ असार ३० गतेसम्म उक्त विद्यालयमा कार्यरत शाहीले अर्काको नामको अध्यापन अनुमति पत्र पेश गरी नियुक्ती लिएर जागिर खाएको अख्तियारको ठहर छ ।

शाहीलाई भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजायँ हुने गरी बिषेश अदालतमा मुद्धा दायर गरिएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । अन्नपुर्णपोष्टमा खबर छ ।

Facebook Comments

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान

Previous article

आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा

Next article