सबै समाचारसमाचार

शिक्षक महासंघ–सरकारबीच सहमति, मन्त्रिपरिषद्बाट पारित गरेपछि मात्र सार्वजनिक गरिने 


आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ ।
आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको दुबै पक्षबीचको करिव ५ घण्टा लामो वार्ता पछि सहमति भएको हो ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्त, सत्तारुढ दलहरु प्रमुख सचेतकहरु नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका महेश वर्ताैला, संसदको शिक्षा समिति अध्यक्ष अम्बरबहादुर थापा, विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफलका लागि गठित उपसमिति संयोजक छबिलाल विश्वकर्मा तथा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली एवं घटक संगठनका अध्यक्षलगायत सहभागी थिए ।

सहमतिलाई मन्त्रिपरिषद्बाट पारित गरेपछि मात्र सार्वजनिक गरिने वार्तामा बसेका शिक्षक नेताले जनाए । मन्त्रिपरिषद् बैठक आजै बस्ने सूची रहेको छ ।

Facebook Comments

न्याय, समानता र समृद्धितर्फ शिक्षा अभियान

Previous article

शिक्षक महासंघ र सरकारबीच नौबुँदे सहमति, हड्तालसहित आन्दोलन स्थगित

Next article