समाचार

शिक्षा परिषदमा सात जना मनोनित


काठमाडौँ। शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ ।

शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो । परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा तथा सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सनका उपाध्यक्ष डा कुस्मिला आचार्य र प्याब्सनका उपाध्यक्ष विजय सम्बााहाम्फे मनोनीत हुनुभएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्मा २३ सदस्य रहनेछन् । गोरखापत्रमा खबर छ ।

Facebook Comments

क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष

Previous article

जनक शिक्षाले ढुवानीको भुक्तानी नदिए किताब नउठाउने चेतावनी

Next article