समाचार

अभिभावक संघमा २१ वर्षपछि नयाँ नेतृत्व


काठमाडौं । अभिभावक संघ नेपालले स्थापनाको २१ वर्षपछि नयाँ नेतृत्व पाएको छ । संघको पाँचौं महाधिवेशनले केशव पुरीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

२०५२ सालमा स्थापना भएको संघमा हालसम्म निरन्तर सुप्रभात भण्डारी अध्यक्ष रहँदै आएका थिए । महाघिवेशनले वरिष्ठ उपाध्यक्षहरुमा सरिता अर्याल र सुवास भण्डारीलाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा मणीरत्न बज्राचार्य, र रघुनाथ महर्जन साथै महासचिवमा बद्री सञ्जेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने केदार कार्की निर्वाचित भएको संघकी वरिष्ठ उपाध्यक्ष सरिता अर्यालले जानकारी दिनुभयो ।

महाधिवेशनको पूर्व मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै रेग्मीले शैक्षिक सुधारका लागि शिक्षक विद्यार्थी र अभिभावक उत्तीकै जिम्मेवार रहेको बताउनुभयो । अभिभावक पहिलो शिक्षक भएको भन्दै रेग्मीले विद्यालय जानुभन्दा अगाडी र जान थालेपछि पनि बालबालिकाले निरन्तर अभिभावकबाट नयाँ कुरा सिकिरहने बताउनुभयो । एउटा बच्चाको शिक्षाका लागि शिक्षक र अभिभावकको बराबर महत्व रहेको उहाँले दावी गर्नुभयो ।

अभिभावक संघका निवर्तमान अध्यक्ष भण्डारीले लामो समयको भारी बिसाउन पाउँदा हलुका महसुस भएको भन्दै नयाँ नेतृत्वले बालबालिकाको शिक्षा र अभिभावकको अधिकारका पक्षमा सकारात्मक काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

अध्यक्ष निर्वाचित भएपछि पुरीले आफ्नो जिम्मेवारी कुशल तरिकाबाट निभाउने प्रतिवद्धता जनाउदै आगामी दिनमा शिक्षा र अभिभावकको पक्षमा कटिवद्ध भएर लाग्ने बताउनुभयो ।

Facebook Comments

कक्षा ११ को परीक्षा सर्यो, कक्षा १२ को भने यथावत् (तालिका सहित)

Previous article

पाँचपोखरीको काखमा हिमालयन ओलम्पिक !

Next article