(नेपालको संविधान २०७२ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ को व्यवस्था अनुकूल बनाइएको दस्ताबेज)
आ–आफ्ना क्षेत्रका राजनीतिक दलका घोषणापत्रहरुको विश्लेषण गरी बालबालिकाको शिक्षाबारे के कस्तो व्यवस्था छ भनी पहिल्याउन सक्छः
– विश्लेषक टोली बनाएर
– आपसी संवाद गरेर
– संवैधानिक प्रावधान र घोषणापत्रमा भएका कुराहरुबीचको अन्तर पहिल्याएर
भौगोलिक विकटतामा पनि अनिवार्य र निःशुल्क शिक्षा लागू गर्न सक्छ
– आवासीय स्कूल बनाएर
– घरमै जाने शिक्षकको जाने व्यवस्था गरेर (मंगोलियाको जस्तो)
– छुट्टिको दिनमा चल्ने स्कूल बनाएर (थाइलैण्डको जस्तो)
– बस्ती स्कूल चलाएर (थाइलैण्ड र लाओको जस्तो)
– औपचारिक र अनौपचारिक स्कूललाई समकक्षी बनाएर
अनिवार्य शिक्षा लागू गर्न सक्छ
– जर्वजस्ती गरेर (बिध भलायचअझभलत) – मनाङ÷नेपाल, अमेरिका, चीन
– अभिभावकलाई सहयोग गरेर – भारतका केही प्रान्त
– विद्यार्थीलाई छात्रवृत्ति दिएर – नेपाल
– शिक्षकलाई जिम्मेवार बनाएर – दक्षिण कोरिया
– स्थानीय सरकारलाई जिम्मेवार बनाएर – फ्रान्स
– विद्यार्थीलाई खाजा दिएर – जापान, डेनमार्क
शिक्षा निःशुल्क बनाउन सक्छ
-प्रगतिशील कर लगाएर – चाड, युगाण्डा
-अभिभावकलाई भाउचर दिएर – ब्राजिल
– अभिभावकलाई पनि रकम तिराएर – चीन
– विपन्न बालबालिकालाई सघाउने परियोजना कार्य संचालन गरेर – अमेरिका
– स्थानीय व्यक्तिको सहकार्यमा सामुदायिक शुल्कको प्रबन्ध गरेर – साँगाचोक, सिन्धुपाल्चोक नेपाल
निजी, सरकारी, गुठी, र धार्मिक स्कूलहरुको नक्सांकन गरी जोनिंग गर्ने, विस्तार गर्ने, मिलान गर्ने, बन्द गर्ने, तथा अन्य काममा प्रयोग गर्ने व्यबस्था मिलाउन सक्छ
-स्कूल संस्थापक, संचालक, शिक्षक, व्यवस्थापन समिति, अभिभावक, र विद्यार्थीको समितिलाई सो कार्यमा लगाएर
– सो समितिको प्रतिवेदनलाई गाउँँ वा नगरपालिकाको विधायिकाबाट आवश्यक फेरबदल गरी पारित गरेर
– आवश्यकता अनुसार निजी, सरकारी, गुठी, र धार्मिक स्कूलहरु मिलान गरेर
-सम्वन्धित जोनका बालबालिकालाई त्यही जोनमा मात्रै पढन पाउने व्यवस्था गरेर
-थोरै बालबालिका भएका क्षेत्रमा विस्तारित स्कूल चलाएर
– नचलेका स्कूलहरुलाई पुस्तकालय, संवाद केन्द्र, तालीम केन्द्र, म्युजियम, प्रौढ मिलन केन्द्र, भजन केन्द्र आदिको रुपमा परिणत गरेर
मातृभाषामा शिक्षा सुनिश्चित गर्न सक्छ
– एकलभाषी समुदायमा त्यही भाषी वा स्थानीय भाषा जान्ने शिक्षक नियुक्ति गरेर ।
– द्धीभाषी समूहमा एक अर्काको भाषा सिक्न विद्यार्थीलाई प्रोत्साहित गरेर; दुवै भाषामा पढ्ने व्यवस्था गरेर ।
-बहुभाषी समुदायमा – एक अर्काको भाषा सिक्न प्रोत्साहित गरेर – मातृभाषाबाट क्रमशः स्थानान्तरण गरेर (क्यानडा) – भाषिक कुनामा संवाद गराएर – लिप्यान्तर गरेर, बाँके, नेपालगंजको मुस्लिम समुदायको तालिमी रहेनुमा र जदीद उर्दू तालिम जस्ता पुस्तक प्रकाशित गरेर, – त्रिभाषी नीति लागू गरेर (स्थानीय, प्रान्तीय र राष्ट्रिय भाषाको नीति (भारत) – राष्ट्रिय भाषामै सिक्नुपर्छ भन्ने नियम लगाएर (थाइलैण्ड, चीन) – बहुभाषी बालबालिकालाई उनीहरुको भाषाबाट क्रमशः मूलधारको भाषामा ल्याउने प्रबन्ध गरेर (आप्रवासी अमेरिकन)
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सक्छ
– शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, गाउं वा नगरपलिकाको प्रतिनिधि भेलाले गुणस्तरको स्थानीय परिभाषा बनाउन सक्छ
– पारिभाषित गुणस्तर कायम गर्न शिक्षक स्वयंलाई जिम्मेवार बनाएर (स्केण्डेनेभियन देश र न्यूजिल्याण्ड)
– शिक्षक, अभिभावक र विद्यार्थी तथा प्रशासक मिलेर अनुसन्धान एवं परियोजना बनाई लागू गरेर (अमेरिका)
– गाउँ/नगरपालिकातहमा शिक्षकहरुलाई सञ्जालित गरी उनीहरुकै नेतृत्वमा गुणस्तरको खाका कोर्ने, अनुगमन गर्ने, अर्को गाउँ/नगरपालिकासँग प्रतिस्पर्धा गर्ने, शिक्षक विद्यार्थी अनुपात मिलाउने, शिक्षक सरुवा गर्ने, सम्मान गर्ने, घटुवा गर्ने, दरवन्दी मिलाउने, स्कूल मिलान गर्ने, अस्थायी स्कूल खोल्ने र स्कूल जोनिङ गर्ने कार्यलाई व्यवस्थित गराएर
-शिक्षक महासंघ र यसका संरचनालाई परिचालन गरेर
– विद्यार्थीमार्फत् शिक्षकलाई नियन्त्रण र नियमन गरेर (बाग्लुङ, नेपाल)
-अभिभावकमार्फत शिक्षकलाई नियमन र नियन्त्रण गरेर (ताप्लेजुङ, नेपाल)
– गाउँ/नगरपालिकामार्फत शिक्षकलाई नियन्त्रण र नियमन गरेर
– गाउं वा नगरपालिकाभरी एउटै शिक्षक विद्यार्थी अनुपात सुनिश्चित गरेर
शिक्षक एवं कर्मचारीलाई तिनको कामका आधारमा वर्गीकरण गर्नसक्छ
-सम्मानित एवं पुरस्कृत गरेर
– विशेष तालीम दिएर
– नसियत दिनका लागि शिफारिस गरेर
– जगेडामा राख्नका लागि शिफारिस गरेर
– ्सरुवा वा निस्कासनको लागि शिफारिस गरेर
पढाइलाई व्यवाहारिक बनाउन सक्छ
-गाउँ/नगरपालिकाको तहमै सबै शिक्षकहरुलाई अभिमुखीकरण गरेर
– अभिमुखीकरण अनुसार काम भएनभएको अनुगमन गर्ने अभिभावकसहितको समिति बनाएर
– व्यावहारिक पढाइ गरिरहेका शिक्षकहरुको अनुभव साटफेर गरे गराएर
– विद्यार्थीलाई परियोजना कार्यमा लगाएर
– स्थानीय किसान, मजदूर, जागीरदार, उद्यमी, परंपरागत सीपका धनी दलित तथा जनजाति, उद्यमी, गृहस्थी आदिका अनुभवलाई दिनहुँ कक्षाकोठामा लान तिनलाई अतिथि शिक्षक बनाएर
– पढाइलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्ने कुरामा स्थानीय संवाद संचालन गरी तदनुरुप काम गरेर
पढाइलाई वैज्ञानिक बनाउन सक्छ
– विद्यार्थीलाई प्रत्येक असरको कारण खोजाएर
– कारण र असरको सहसम्बन्ध देखाएर
– मिथकमा विज्ञान खोजाएर
– अदिभौतिक, आदिदैविक एवं अध्यात्मिक कुराबीचको सहसम्बन्धबारे भए गरेका अध्ययन अनुसन्धानहरुको निचोड सुनाएर
– अध्यात्म र विज्ञानबीचको अन्तरसम्बन्धबारे भए गरेका अध्ययनहरुको जानकारी दिएर
– विद्यार्थीका अनुभूतिबाट किताबमा लाने तरिकालाई संस्थागत गरेर । गर्न लगाएर
– नरम र कडा विज्ञानको समानता र भेदबारेको जानकारी आदानप्रदान गरेर
– सामाजिक विज्ञान नरम विज्ञान हो र अन्य विज्ञान कडा विज्ञान हो भन्ने सोचको विकास गरेर
– भात पकाउँदा विज्ञानका कुन कुन सिद्धान्त लागू भएका छन् भनी विज्ञान खोजाएर
– भूत, प्रेत, बोक्सी, धामी झाक्री, मन्त्र आदिमा के विज्ञान छ भनी पत्ता लगाउँन अभिप्रेरित गरेर
पढाइलाई उत्पादनमुखी बनाउन सक्छ
-शिक्षकले विद्यार्थीलाई उत्पादनमा लगाएका हाम्रै देशका अनुभवहरुको जानकारी दिएर
-हामी खान्छौं के ? यो खाद्य पदार्थलाई अझ मीठो, पोषिलो बनाउन के गर्न सक्छौं ? भन्ने ढँगको संवादी शिक्षण शैली अपनाएर
-उत्पादक र विद्यार्थीबीच भेटघाट गराएर
– गुगलमा खोज गरी उत्पादन र शिक्षा जोड्ने कडी पहिल्याउँन लगाएर
-प्रत्येक पाठलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ भनी विद्याथी÷शिक्षकसँग छलफल गरेर
-फेसबुक, भाइवर, यूट्यब, स्काइप, क्लोज सर्किट टेलिभिजन, सीडी, डिभिडी, रेडियो आदिको प्रयोगगरी सबैलाई सीप सिक्ने अवसर सुनिश्चित गरेर
जन्मदर्ता गर्न सक्छ
– अभिभावकले वडामा गई दर्ता गरेर
– वडाका अधिकारीले घरघरमा गएर दर्ता गर्ने व्यवस्था गरेर
– शिक्षकले नै दर्ता गर्ने प्रबन्ध गरेर
पोषिलो खाना सुनिश्चित गर्न सक्छ
– उपलब्ध खाद्य पदार्थलाई पोषिलो खाना बनाउने तरिका सिकाएर (शिक्षकमार्फत् स्थानीय सरकारको स्वास्थ्य अधिकारीमार्फत्, अभिभावक शिक्षा सञ्चालकमार्फत्)
– अपुग खाद्यपदार्थ किन्ने स्थानीय पसलको प्रबन्ध गरेर
बालश्रमको अन्त्य गर्न सक्छ
– बालश्रम, बालकामदार र वालकाममा सिकाइ हुने कुराको विभेदबारे जनतालाई सुसूचित गरेर
– अनिवार्य र निःशुल्क शिक्षा लागू गरेर
– काममै सिक्ने शैलीबारे अभिभावकलाई सचेत गराएर
– निकृष्ट बालश्रममा लगाउने वा लाग्न पठाउने अभिभावकलाई हतोत्साहित गरेर
– बाध्यतावस् बालश्रमिक बन्न पठाउने अभिभावकलाई सघाएर
(डा. कोइरालाले मुलुकका विभिन्न स्थानमा गई छलफल गरेर तयार पार्नुभएको सुझाब प्रतिवेदनबाट उपर्युक्त शिक्षासम्बन्धी बँुदा मात्रै यहाँ प्रस्तुत गरिएको हो । –सं.)