समाचार

आरआर क्याम्पसमा अनेरास्ववियुको विवादस्पद जित


काठमाडौं–राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) यही १५ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ ।
सो संगठनको प्यानल नै विजयी भएको छ । सभापति पदमा तपेन्द्रबहादुर शाही ६९९ मत ल्याई विजयी भएका हुन् । सचिवमा नारायण शर्मा ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटा ७१० मत प्राप्त गरी विजयी भएका छन् ।

पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो ।
यसैगरी, समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौंले ६ मत प्राप्त गरेका छन् ।

कुल एक हजार दुई सय ७८ मत खसेको थियो ।

मतपरिणाम नमान्ने घोषणा
यता, माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावको परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । अध्यक्ष नरेन्द्र न्यौपानेले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एकतर्फी स्ववियु चुनावमा धाँधली र आचारसंहिताको उल्लंघन भएको आरोप लगाएका छन् ।

Facebook Comments

रत्नराज्य क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी

Previous article

कक्षा १ मै प्रवेश परीक्षा ?

Next article