समाचार

कक्षा ११ र १२ को परीक्षा सर्ने


काठमाडौं–कक्षा ११ र १२ को परीक्षा सर्ने भएको छ । स्थानीय तहको निर्वाचन र परीक्षाको मिति जुधेपछि परीक्षाको मिति सर्ने भएको हो । स्थानीय निर्वाचन ३१ वैशाखमा हुने तय भएपछि कक्षा ११ र १२ को वार्षिक परीक्षा प्रभावित हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले छिट्टै नयाँ परीक्षा तलिका सार्वजनिक गर्ने जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गर्दै २५ वैशाखदेखि निर्वाचन अवधिभर विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिइसकेको छ । स्थानीय निर्वाचन ३१ वैशाखमा र २५ गते देखि नै विद्यालयहरु बन्द गर्न आयोगले निर्देशन दिएपछि परीक्षा सार्नुपर्ने बाध्यता भएको हो ।

बोर्डले यसअघि नै २४ वैशाखदेखि ३ जेठसम्म सञ्चालन हुनेगरी कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको थियो । त्यस्तै, १२ कक्षाको परीक्षा १० देखि २२ वैशाखसम्म सञ्चालन हुने परीक्षा तालिका थियो ।

निर्वाचन आयोगले विद्यालयहरुलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्न भन्दै विद्यालयहरुमा परीक्षा तथा पढाइ सञ्चालन नगर्न निर्देशन दिएको थियो । निर्वाचन हुने भएपछि कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने बोर्डले जनाएको छ । बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले परीक्षा सर्ने निश्चित भएको र छिट्टै नयाँ परीक्षा तालिका सार्वजनिक गरिने बताउनुभयो ।

उहाँले कक्षा १२ को परीक्षा पनि सर्ने भएकाले त्यस विषयमा पनि छलफल चलिरहेको जानकारी दिनुभयो । बोर्डले छलफल चलिरहेको भन्दै निर्णय नगरेपछि विद्यार्थी र अभिभावकमा भने अन्यौल छाएको छ

Facebook Comments

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

Previous article

‘शिक्षक अस्पताल बनाउने तयारी’

Next article