फिचर

टुँडिखेलमा नौलो परीक्षा !


काठमाडौं-काठमाडौंको टुँडिखेल । समय थियो बिहान ११ः३० को । विभिन्न रङ्गमा विद्यालय पोशाक लगाएका कलिला बालबालिका खाली चौरमा कापी–कलम लिएर बस्न थाले । त्यो एक–दुई सयको समूह थिएन । हजारौं थिए । ती थिए परीक्षा दिन लामबद्ध विद्यार्थी । जहाँ एकै समयमा आठ हजार विद्यार्थीले एकसाथ परीक्षा दिए । काठमाडौं उपत्यकाका तीन सय २५ विद्यालयका आठ हजार विद्यार्थी यसमा सहभागी भए । यो घटनालाई दर्शकहरुले निकै नौलो र रोचक माने ।

‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’को नाम दिइएको त्यो जाँचको आयोजना हिन्दू स्वयंसेवकले गरेको हो । परीक्षा संयोजक तथा हिन्दू स्वयंसेवकका ‘संभाग कार्यवाह’ केशव कोइरालाले यो परीक्षा लिनुको मूल उद्देश्य विद्यार्थीमा आफ्नो धर्म, संस्कृति, राष्ट्र एवं राष्ट्रियताका विषयमा जानकारी गराउनु हो भन्नुभयो

विद्यार्थीहरुले लामा–लामा प्रश्नको लामै उत्तर दिनुपर्ने थिएन । मात्र वस्तुगत प्रश्नको उत्तरमा चिन्ह लगाउनु पर्थ्यो । परीक्षा दिनुअघि आठ सय प्रश्नहरुको एउटा पुस्तिका निकालिएको थियो । त्यही पढेर विद्यार्थीलाई जाँच दिन लगाइएको कोइरालाले जानकारी दिनुभयो । ‘पहिला १५ दिन अघि पुस्तक दियौं अनि जाँच लियौं,’ उहाँले भन्नुभयो ।

कापी जाँच्ने शिक्षक पनि एक सयजना तयारी अवस्थामा थिए । उनीहरुले डेढ घण्टामै उत्तरपुस्तिका जाँचे । जसमा दुई सय ५६ परीक्षार्थीले सबै प्रश्नको उत्तर मिलाए । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्लाका विद्यार्थीलाई छुट्टाछुट्टै पुरस्कृत गरिएको थियो । प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयाँ पुरस्कार दिइयो । त्यस्तै प्रोत्साहन पुरस्कारस्वरुप १० जनाले एक–एक हजार रुपैयाँ प्राप्त गरे ।
‘यो हरेक वर्ष हुन्छ । देशभरी भइरहेको छ । आउँदो २१ गते देशभरका थप ११/१२ ठाउँमा हुँदैछ । एक वषैमा लाख विद्यार्थी यो परीक्षामा सहभागी हुनेछन्,’ कोइरालाले जानकारी दिनुभयो ।

Facebook Comments

नामका शिक्षक दलका नेता

Previous article

स्ववियु चुनाव- मेटिएन भित्तेलेखन

Next article