समाचार

रुकुममा पाठ्यपुस्तकबिनै बालमैत्री कक्षा सञ्चालन


लक्ष्मण केसी /रुकुम
तारा राना डाँगी प्राथमिक विद्यालय विचकटिया नुवाकोटमा बालविकास केन्द्रमा अध्यापन गराउन लाग्नुभएकोे १२ बर्ष भयो । शुरुमा जिल्ला शिक्षा कार्यालयले दिएको एक हप्ता तालिमका आधारमा उहाँले अहिले सम्म पनि बाल विकास केन्द्रमा पढाउदै आउनुभएको छ । अहिले सम्म पनि नत उहाँसँग पाठक्रम छ नत पाठ्यपुस्तक नै । उहाँले एक हप्ता लिएको तालिमका आधारमा बाल विकास केन्द्र सञ्चालन गर्दै आउनुभएको छ ।

उषा ढकाल हिमालय प्राथमिक विद्यालय खोलागाउँकी बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता हुनुहुन्छ । २०६५ साल देखि विद्यालयमा बाल विकास केन्द्रमा पढाउदै आउनुभएको उषा पनि अहिले सम्म बाल विकास केन्द्रको पाठ्यक्रम र पाठ्यपुस्तक बिना पढाउदै आइरहनुभएको छ । प्रारम्भिक बाल विकास केन्द्र सिम्ली–२ मा २०६६ साल देखि अध्यापन गराउदै आउनुभएको बाल विकास सहयोगी कार्यकर्ता निर्मला केसीको पनि तारा र उषाको भन्दा केहि फरक छैन । उहाँ पनि उक्त बाल विकास केन्द्रमा स्थापनाकाल देखि एक हप्ता जिशिकाले दिएको तालिमको भरमा अहिले सम्म बाल बालिकाहरु लाई पढाउदै आइरहनुभएको छ ।

यसरी रुकुम जिल्लामा यी माथि उल्लेख गरिएका यी प्रतिनिधि मात्र हुन जिल्ला भरी रहेका ३ सय ३ वटा बाल विकास केन्द्रको हालत एउटै रहेको छ । अहिले सम्म यी बाल विकास केन्द्रहरुले नत पाठ्यक्रम पाएका छन त नत पाठ्यपुस्तक नै । अहिले सम्म सबै बाल विकास केन्द्रहरुले शुरुमा आफनो किसिमले पढाए पनि बाल विकास केन्द्रमा विद्यार्थी भर्ना भएको ६ महिना देखि कक्षा एक को पुस्तक पढाउदै आएका छन् । सरकारले २०६२ सालमा प्रारम्भिक बालविकास दिग्दर्शन (पाठ्यक्रम) ल्याएपनि रुकुमका बाल विकास केन्द्रहरुले आएका छैनन् । उक्त पाठ्यक्रम जिल्लामा नआएपनि सेतो गुराँसले सोहि पाठ्यक्रमलाई फोटोकपी गरेर जिल्ला केहि विद्यालयमा वितरण गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कर्ण कुवरले बताउनुभयो । उहाँले भने यो पहिलो कुरा विद्यालयका सहयोगी कार्यकर्ताहरुले महत्वका साथ लिएर आफै पनि हेर्ने सक्नु पर्छ । विद्यालय निरीक्षक कर्णले भने जिशिका रुकुमले पटक पटक शिक्षा विभागमा पाठयक्रमको लागि निबेदन दिए पनि अहिले सम्म मन्त्रालयले बेवास्ता गरेको बताउनुभयो ।

बाल विकास केन्द्रको बसाईमा समस्या
रुकुम जिल्लामा सञ्चलनमा ल्याएका बाल विकास केन्द्रमा बसाई व्यवस्थापनको समस्या देखिएको छ । अधिकाश बाल विकास केन्द्रमा बाल बालिकाहरुका लागि छुटै बसाई छैन । उनीहरु कक्षा १ का विद्यार्थीहरु सँग बसेर पढदै आएका छन् । त्यसमा पनि बहुकक्षा पढाई सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

शैक्षिक सामग्रीको अभाव
बाल विकास केन्द्रमा पढन आउने अधिकाश बालबालिकाहरु आमाको दुध खादै गरेको अवस्थामा आएका हुन्छन । उनीहरुलाई विद्यालयमा आएको समयमा घर बिर्सन र पढाइतिर ध्यान दिने वातावरणतयार गर्नुपर्छ । उनीहरु लाई शैक्षिक सामग्रीहरु मार्फत पढन सिकाउनु पर्छ तर रुकुम भने त्यो छैन । विगतका बर्षदेखि जिशिकाले एक बाल विकास केन्द्रमा शैक्षिक सामग्रीका लागि वार्षिक एकमुष्टमा ३००० दिनेगरेको थियो तर उक्त बजेट अहिले नआएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

अहिले जिल्लाका सबै जसो बाल विकास केन्द्रहरुमा शैक्षिक सामग्रीहरु पनि छैन भने केहि भएका पनि पुराना र प्रयोग गर्न नमिल्ने भएका छन् । जिल्लामा ३०३ विद्यालयमध्ये मुस्किलले दुई दर्जन विद्यालयमा मात्र बालमैत्री शिक्षण सिकाई बाट पढाई थालिएको भए पनि बिचमै अलपत्र परेका हुन । छिबाङ स्थित महेन्द्र उच्च माविमा पनि दुईवटा बालशिक्षाको कोठा छ तर पनि प्रभावकारी रुपमा सन्चालन नभएको अभिभावकले बताएका छन ।

Facebook Comments

मनको मिररमा प्रकट भएकी प्रकृति

Previous article

दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम

Next article