रिचार्ड लेवलाङ्क, योर्क युनिभर्सिटी, ओन्टारियो
एक : असल शिक्षण विद्यार्थीमा सिकाइप्रति प्रबल इच्छा जगाउनु मात्र होइन, सिक्नुको औचित्य अथवा कारण प्रष्ट्याउनु पनि हो । असल शिक्षण विद्यार्थीलाई सिक्न आकर्षित गराउनु मात्र होइन, बरु विद्यार्थीहरुलाई सिक्ने तरिका सिकाउने र उनीहरुले सिकेका कुराहरुलाई सान्दर्भिक, अर्थपूर्ण र चिरस्थायी गराउनु हो । असल शिक्षण विद्यार्थीको राम्रो हेरविचार गर्नु, उनीहरुमा सिकाइप्रतिको प्रबल इच्छाशक्ति उमार्नु र त्यस्तो इच्छाशक्ति विद्यार्थीहरुमा सञ्चार गर्नु हो ।
रिचार्ड लेवलाङ्क, योर्क युनिभर्सिटी, ओन्टारियो
एक : असल शिक्षण विद्यार्थीमा सिकाइप्रति प्रबल इच्छा जगाउनु मात्र होइन, सिक्नुको औचित्य अथवा कारण प्रष्ट्याउनु पनि हो । असल शिक्षण विद्यार्थीलाई सिक्न आकर्षित गराउनु मात्र होइन, बरु विद्यार्थीहरुलाई सिक्ने तरिका सिकाउने र उनीहरुले सिकेका कुराहरुलाई सान्दर्भिक, अर्थपूर्ण र चिरस्थायी गराउनु हो । असल शिक्षण विद्यार्थीको राम्रो हेरविचार गर्नु, उनीहरुमा सिकाइप्रतिको प्रबल इच्छाशक्ति उमार्नु र त्यस्तो इच्छाशक्ति विद्यार्थीहरुमा सञ्चार गर्नु हो ।
दुई : असल शिक्षण द्रव्य/धन जस्तो हो । यसले विद्यार्थीलाई ज्ञानका उपभोक्ता ठान्छ । असल शिक्षण आफ्नो विषयमा उत्कृष्ट गर्नु हो । यो आफ्नो विषयभित्र र बाहिरका विभिन्न स्रोत–सामग्रीहरुको अध्ययन गर्नु र सकेसम्म आफ्नो दक्षतामा धार लगाउनु हो । असल शिक्षण सिद्धान्त र व्यवहारबीचको अन्तराललाई जोड्नु अथवा कम गर्नु पनि हो । असल शिक्षण फजुल कुराहरुलाई छोडेर आफूलाई आफ्नो विषयमा चुर्लुम्म डुबाउनु, कुराकानी गर्नु, अरुसँग परामर्श लिनु, सिकारुहरुलाई सहयोग गर्नु र समुदायहरुसँग सम्बन्ध विस्तार गर्नु हो ।
तीन : असल शिक्षण भनेको राम्रोसँग सुन्नु, प्रश्न गर्नु, जिम्मेवार हुनु र प्रत्येक विद्यार्थी र कक्षाहरु फरक–फरक हुन्छन् भन्ने कुराको हेक्का राख्नु हो । यो कक्षाकोठामा चुपचाप बस्ने विद्यार्थीका जिज्ञासालाई प्रष्ट पार्दै उनीहरुमा बोल्ने सीपको विकास गर्नु हो । यो विद्यार्थीलाई अगाडि बढाउनु हो । साथै, यो ‘मानव’ हुनु पनि हो । अरुलाई सम्मान गर्नु र सदा व्यवसायिक बन्नु हो ।
चार : असल शिक्षण सधैं निश्चित एजेण्डा बोक्ने र कडा हुनु मात्र होइन, बरु लचकदार, तरल, परीक्षण गरिरहने र परिवर्तित परिवेशसँग जुध्न र अनुकूल हुन आत्मविश्वासी हुनु हो । तपाईँले कक्षामा गर्न चाहनुभएको मध्ये केवल १० प्रतिशत गर्न सक्नुभयो र खुशी हुनुहुन्छ भने पनि यो असल शिक्षण हो । असल शिक्षण पाठ्यक्रम अथवा प्रवचन तालिकाभन्दाबाहेक अन्य झन् राम्रा सिकाइ सामग्री र तरिकाहरु भए तिनीहरुलाई पनि उपयोग गर्नु हो । असल शिक्षण एकातिर निरङ्कुश, तानाशाह र अर्कोतिर उत्साह÷प्रेरणाबीच रचनात्मक सन्तुलन मिलाउनु हो ।
पाँच : असल शिक्षण स्टाइल पनि हो । असल शिक्षण मनोरञ्जन दिनेखालको हुनुपर्छ । असल शिक्षण भनेको विद्यार्थीलाई दुबै हात बाँधेर बेञ्चमा राख्नु होइन । अथवा आँखा कालोपाटीमा मात्रै ठोक्काउनु होइन । असल शिक्षणले पूरा कक्षाको प्रत्येक विद्यार्थीलाई काम लगाउँछ । असल शिक्षकले कक्षालाई रंगमञ्च ठान्छन् र आफूलाई त्यस रंगमञ्चको सञ्चालक मान्छन् जहाँ प्रत्येक विद्यार्थीले भिन्न–भिन्न दक्षताअनुसार भिन्न–भिन्न बाजा बजाउँछन् ।
६ : असल शिक्षण रसिक हुन्छ । यो अनुशासित हुने तर त्यति धेरै गम्भीर नहुनु हो । असल शिक्षण आफ्नै सिर्जनामा जोक्स बनाउनु हो जसबाट जसले विद्यार्थीहरु मजासँग सिकून् र निरश वातावरण टुटोस् ।
सात : असल शिक्षण विद्यार्थीको हेरचाह गर्नु, प्रतिभा विकास गर्ने वातावरण दिनु र दिमाग तथा प्रतिभाहरुको विकास गर्नु हो । असल शिक्षण प्रत्येक विद्यार्थीका लागि समर्पित रहनु हो । अथक रुपमा कोर्षहरुको निर्माण गर्नु र प्रभावकारी शिक्षण सामग्रीहरुको निर्माण गर्नु हो । असल शिक्षण सबल र सोंच भएको नेतृत्व, सुस्पष्ट संस्थागत सहयोग, स्रोत, साधन र जनशक्तिवीचको सन्तुलन हो ।
आठ : असल शिक्षण समूह कार्य हो । सहकर्मीबीच एकअर्कालाई पहिचान दिलाउने र एकअर्काको प्रबद्र्धन गर्नु हो । प्रभावकारी शिक्षणलाई पुरस्कृत गरिनुपर्छ र कमजोर शिक्षणलाई तालिम र अन्य कार्यक्रममार्फत् हटाइनुपर्छ ।
नौं : असल शिक्षण मजा लिनु, रमाइलो गर्नु हो । आनन्दको अनुभूति गर्नु र आफै स्वधन्य हुनु हो । विद्यार्थीमाथि आँखा लगाउनु उनीहरुसँग एकाकार हुनु, विद्यार्थीको अनुहारमा सिकाइपछिको चमक निकाल्नु र आशावादी सपना देख्नु हो ।
प्रस्तुतिः राजकुमार वराल