समाचार

सुत्केरी भएको दुई दिनमै परीक्षा !


शम्भु यादव/लहान
सुत्केरी भएपछि यहाँको समाजमा महिला ६ दिनसम्म घरबाट बाहिर निस्कँदैनन् । उनीहरुले अरुलाई छुन पनि नहुने परम्परा छ । तर, वस्तीपुरकी रीताकुमारी महतो आफ्नो सबै पीडा बिर्सेर परीक्षा दिँदैछिन् । उनी यस वर्ष वस्तीपुर माविबाट माध्यमिक शिक्षा (एसइई) परीक्षामा सहभागी छिन् ।

तुलसीराम सत्यभामा डोटेल माविमा माध्यमिक शिक्षा परीक्षामा सहभागी भएकी रीताकुमारीले अंग्रेजी र नेपाली विषयको परीक्षा दिएकी छिन् । उनी गर्भवती थिइन् । दुई दिन परीक्षा दिएर घर फर्केकी रीताले शुक्रबार छोरी पाइन् । तर, उनले आफ्नो परीक्षा छोडिनन् । शनिबार त उनले ‘रेष्ट’ पाइन् । तर, उनी सुत्केरी अवस्थामै आइतबारको परीक्षामा चाहिँ सामेल भइन् । उनले दृढतापूर्वक भनिन्, ‘सबै परीक्षा दिनेछु ।’

परीक्षामा सहभागी भएकी महतोलाई हेर्न अनुगमनमा गएका सबैले प्रशंसा गरेका छन् ।

Facebook Comments

बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा

Previous article

दुबै हातमा औंला नभए के भो र !

Next article