आउँदो वैशाख ११ बाट कक्षा १२ को परीक्षा शुरु हुन लागेको जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक हड्तालका साथ सडक आन्दोलनरत नेपाल शिक्षक महासंघलाई विद्यार्थीको भविष्य ख्याल गर्न ध्यानाकर्षण गराएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरुबाट हुन सक्दैन । एसइइ दिइसकेका विद्यार्थी समयभित्र नतिजाको पर्खाइमा छन् । विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाइले उनीहरुको जीवनको महत्वपूर्ण अवसर गुम्न सक्छ ।’
बोर्डले आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक महासंघलाई र शिक्षकहरुलाई आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गरी सदा झैँ बहन गर्न आह्वान गरेको छ ।