प्रमुख समाचारसमाचार

शिक्षकद्वारा शैक्षिक हड्ताल घोषणा


आन्दोलनरत नेपाल शिक्षक महासंघले यही २५ चैतबाट लागू हुनेगरी  शैक्षिक हड्ताल घोषणा गरेको छ ।

यही २० चैतदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा होमिएको महासंघले ‘आन्दोलनलाई अझ सशक्त गराउन’  शैक्षिक हड्ताल ‘उदघोष’ गर्नुपरेको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले ‘देशभरका सबै विद्यालय बन्द गरी सबै शिक्षक–कर्मचारीलाई काठमाडौंमा अनिवार्य आउन’ उर्दी जारी गरेको छ । महासंघसँग आबद्ध १५ वटा घटक संगठनहरुको संयुक्त हस्ताक्षरमा शैक्षिक हड्ताल घोषणा गरिएको हो ।

महासंघले आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक  कार्यक्रमहरुमा संलग्न नहुन शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

एसइइ तथा विद्यालयका अरु तहहरुको वार्षिक परीक्षा सम्पन्न भई नतिजा आउन बाँकी रहेको अवस्था छ । नयाँ शैक्षिक शत्र शुरु हुन एक साता मात्र बाँकी रहेका बेला गरिएको शैक्षिक हड्तालले बीचमा कुनै सम्झौता हुन सकेन भने नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित हुने निश्चित छ ।

शिक्षक महासंघको शैक्षिक हड्तालले विद्यालय शान्तिक्षेत्रप्रतिको प्रतिबद्धताको भने शिक्षकहरुबाटै उल्लंघन हुने देखिन्छ ।

Facebook Comments

जनही एक सय डलरको ३३ जना विद्यार्थीलाई छात्रवृत्ति

Previous article

शिक्षकहरुको मागबारे छलफल शुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

Next article