समाचार

प्याब्सनमा को–को भए निर्वाचित ?


काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित हुनुभएको छ । प्याब्सनको तेह्रौँ राष्ट्रिय महाधिवेशनले सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचनमा सम्बाहाम्फे १२० मत अन्तरले विजयी हुनुभएको हो । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत प्राप्त गर्नुभयो ।

को-को भए निर्वाचित

वरिष्ठ उपाध्यक्ष– डिके ढुंगाना
महासचिव –राजेन्द्र बाँनिया
उप–महासचिव – कुमार घिमिरे
उपाध्यक्षहरुमा –

दीपिका थापा
ईश्वर गुरुङ
आशिष श्रेष्ठ
कृष्ण अधिकारी
अनिल कुमार झा
शान्त विक्रम बाँनिया
निर्मल उपाध्याय
सचिवहरुमा
आर.बि कटुवाल
मधु लोहनी
भिमसेन केसी
कोषाध्यक्ष – टंक भट्टराई
सह–कोषाध्यक्ष- सरिता देवकोटा
उपत्यका उपाध्यक्ष– विमल थापा

Facebook Comments

मङ्गोलदय माविको स्वर्ण महोत्वस

Previous article

तराई बन्दमा विद्यालय सञ्चालन हुन दिन माग

Next article