भिएसओ सन् १९६४ देखि नेपालमा समावेशी शिक्षामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ र हाल पाँच वटा प्रदेशका २० वटा जिल्लामा कार्यरत छ ।यसको मुख्य उदेश्य विकासका लागि स्वयंसेवा (Volunteering for Development –VFD) पद्धतिद्वारा आर्थिक र सामाजिक रुपमा पछाडिएका विपन्न वर्गहरुलाई विकासको कार्यमा विभिन्न प्रकारले संलग्न र सशक्त गराउनु हो । भिएसओका कार्यक्रमहरु समावेशी तथा उत्थानशीलता, शिक्षा, यौन र प्रजनन स्वास्थ तथा अधिकार, युवा, समावेशी जीविकोपार्जन, लैङ्गिक तथा सामाजिक समावेशीकरण, सुशासन, विपद तथा जलवायु उत्थानशीलता जस्ता विषयहरुमा केन्द्रित छन्।
सन् २०२१ देखि युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओको नेतृत्वमा बारा, रौतहट, पर्सा र सर्लाही जिल्लाका अति सीमान्तकृत र अपाङ्गता भएका बालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच अभिविृद्धि गर्न तथा शिक्षामा सुशासन अभिवृद्धिका लागि नागरिक समाजको भूमिका सबल बनाउने उद्देश्यका साथ “सहयात्रा परियोजना” नेपाल सरकार, प्रादेशिक र स्थानीय सरकारसँगको सहकार्य तथा समन्वयमा कार्यान्वयन भइरहेको छ (Foreign, Commonwealth and Development Office (FCDO)को आर्थिक सहयोगमा भिएसओले विभिन्न साझेदार सस्थाहरुसँग मिलेर मधेश प्रदेशको बारा र रौतहट तथा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा “एक्टिभ”(ब्ऋत्क्ष्ख्भ्)परियोजना सञ्चालनमा ल्याएको छ । यस परियोजनाले समावेशी शिक्षा, समावेशी र पहुँचयुक्त स्वास्थ्य सेवा प्रर्वधन, समावेशी र उत्थानशील जीविकोपार्जन र युवा सहभागिता र नेतृत्व विकाससंग सम्बन्धित गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
बालिका तथा समावेशी शिक्षा सञ्जाल (Girls and Inclusive Education Network – GIEN)
शिक्षामा समावेशी र समतामूलक पहुँच, विशेष गरी सीमान्तकृत बालिकाहरुका लागि नेपाल सरकारको उद्देश्यलाई सहयोग र समर्थन गर्ने रणनीतिक अभियान हो।यसै उदेश्य प्राप्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको नेतृत्वमा भिएसओ अन्य विकास साझेदारहरुको सहकार्यमाबालिकातथासमावेशीशिक्षासञ्जालको सात वर्षे रणनीतिक योजना निर्माणका लागि प्राविधक सहयोग तथा सहकार्य गर्दै आइरहेको छ ।जसअनुसार भिएसओले समावेशी शिक्षाका आफ्ना कार्यक्रमहरु मार्फत स्थानीय सरकारसंगको सहकार्यमास्थानीय तहहरु तथा विधालयहरुमाबालिकातथासमावेशीशिक्षासञ्जाल को गठन तथा पुनर्गठन गर्दै बालिका शिक्षा, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिनका लागि शिक्षामा समावेशिता सुनिश्चित गर्ने प्रयास गरिरहेको छ ।
भिएसओ नेपालबाट समावेशी शिक्षा सम्वन्धि क्रियाकलापहरु
- ठूलो दिदीहरुबाट मेन्टोरिङ तथा उपचारात्मक शिक्षण सहयोग
- विद्यालय सुधार योजना सुदृढ गर्नका लागि विद्यालयलाई सहयोग
- सामुदायिक परिचालकमार्फत सामाजिक विकृतिहरु अन्त्य गर्न विभिन्न कार्यक्रम संचालन
- अभिभावक र समुदायको सचेतना तथा विद्यार्थी सिकाइ निरन्तरता
- कक्षाकोठाको सिकाइ प्रभावकारी बनाउन तथा अतिरित्त क्रियाकलापहरु संचालन गर्न बालक्लब गठन, अभिमुखिकरण तथा बालक्लबका गतिविधि संचालनमा सहयोग
- संङ्घीय, प्रादेशिक र स्थानीय तहमा नितिगत प्रभावकारीता बढाउन र कार्यान्वयन गर्न साझेदारी
- प्रकोप तयारी, उत्थानशिलता, अपाङ्गमैत्री र लैंङ्गिक उत्तरदायी शैक्षिक सुशासनमा पालिकाका पदाधिकारीहरुको क्षमता अभिवृद्धि
- नागरीक समाज संगठनका सदस्यहरुको क्षमता विकास तथा सरोकारवालाहरुका मुद्धा तथा चासोहरु विभिन्न तहका सरकारको शिक्षा नीति, योजना र कार्यक्रममार्फत सम्वोधन गर्न नागरिक समाज परिचालन
- बालिकातथासमावेशीशिक्षासञ्जाल
रुपान्तरण संभव छ
बारा जिल्लाको मनहर्वामा चौधरी समुदायको एउटा वस्ती छ । त्यस वस्तीमा धेरै परिवारका मानिसहरुले माटोकोघरलाई पक्की घर बनाइ जीवनस्तरमा सुधार ल्याउने सपना बुनेका छन् । यस्ता वस्तीमा परिवारमा निर्णयकर्ता पुरुष मानिसहरु हुन्छन् र त्यहा अधिकांश मानिसहरु पढनु भनेको शिक्षामा समय मात्र खेर फाल्नु हो भन्ने विश्वास राख्छन् । यस समुदायका धेरैजसो मानिसहरुको शिक्षा भन्दा साउदीअरव वा कतारका लागि भिषा प्राप्त गर्नुलाई प्राथमिकता दिन्छन् । सोही वस्तीमा २७ अथवा २८ वर्षे रामावती चौधरी उनीहरु मध्ये एक हुन । रमावती पाँच जना छोरा छोरी कि आमा हुन, उनी कसैको खेतमा काम गर्छिन । उनी ज्यालामा काम गर्ने भएकाले उनीसंग केटाकेटीलाई पढाउन पर्याप्त पैसा थिएन । साथसाथै उनी त्यति भाग्यमानी पनि थिइन किन भने उनी त्यस्तो समुदायमा वस्छिन जहाँ छोराछोरीको शिक्षालाई भन्दा बैदेशिक रोजगारलाई प्राथमिकता दिइन्छ ।
एक दिन रमावतीले यस्ता चलनहरुको अन्त्य गरी आफना छोरीहरुलाई उचित शिक्षा दिने सोच बनाइन । उनको त्यो सोचलाई मधेश प्रदेशमा भिएसओद्धारा संचालित समावेशी तथा उत्थानशील शिक्षा परियोजना(सहयात्रा परियोजना)मा कार्यरत समुदायिक परिचालिका मीना गुप्ता तथा ठुलीदिदी अनुषा चौधरीसंगको भेटले थप आशावादी बनाइ दियो । यसले उनको सोचलाई वास्तविकतामा परिणत गरि दियो । केही समय पहिला नै वहाँको उनीहरुसंग भेट भएको थियो । उनी आफनो जीवन दयनिय हुनुको एउटा कारण अशिक्षित हुनु हो भन्ने कुरामा सामुदायिक परिचालिका तथा ठुलीदिदीसंगको अन्तरक्रियाबाट विश्वस्त भइन । वहाँहरुले उनलाई सल्लाह दिदै भने, अझ पनि सचेत हुनु भएन भने यस्तै अवस्था आफना छोराछोरीको जीनवमा पनि आउन सक्छ । परियोजनाका विभिन्न व्यक्तिहरुसंगको भेटघाट तथा सचेतनात्मक कार्यक्रमबाट छोटो समयमा रमावती आफ्नी जेठी छोरीलाई घरमा भाइवहिनी हेर्न राख्नु सट्टा किन विद्यालय पठाउनुपर्थ्यो भन्ने कुरा बुझन सक्षम भइ ।
ठुलदिदी र सामुदायिक परिचालिकासंगको छलफलले उनको तयारी प्रक्रियालाई गति दिन सक्यो । सहयात्रा परियोजनाले उनको ६ वर्षे छोरी सृष्टिलाई पढाइ निरन्तरताका लागि शैक्षिक सामग्रीहरु जस्तै कितावहरु , कपीहरु , कलमहरु र झोलाहरु प्रदान गर्यो । परियोजनाबाट यस्ता सामग्री पाए पछि उनी निकै उत्साहित भइन र हरेक दिन नियमित रुपमा विद्याल जान शुरु गरिन । सृष्टिको पढाइलाई निरन्तरता दिन ठुलीदिदीले नियमित रुपमा पढाइको अनुगमन गर्नु भयो । साथसाथै ठुलीदिदीले मेन्टोरिड.र कोचिड.बाट अनुगमनका क्रममा देखिएका समस्या समाधान गर्न थाल्नु भयो । जसले सृष्टिको पढाइमा प्रगति हुदै गयो ।
यो कुराले अरु बालबालिकाका अभिभावकहरुलाई पनि तिनका छोरीलाई विद्यालय पठाउन उत्प्रेरित भयो । त्यसैगरी गाउँ ठाउँमा शिक्षाको आकर्षण बढदै गएपछि अभिभावकहरुमा छोरीलाई घरमा ससाना नानीबाबुहरुको हेरचाह भन्दा पनि छोरीहरुलाई शिक्षा दिनु पर्ने कुराको चेतना बढदै गयो । समुदायमा रमावती, छोरीहरु पढाउने असल अभिभावक बन्दै गएपछि समुदायका अरु अभिभावकहरुले आफना छोरीहरुलाई सिकाइ तथा विकास अवसर दिन थाले । रमावती समुदायमा सबैका लागि असल तथा उदाहरणीय व्यक्तित्व बनिन । फलस्वरुप समुदायमा बालिका शिक्षाको आकर्षण बढदै गयो , यसले गर्दा बालिका शिक्षाका अवरोधका रुपमा रहेका गलत सामाजिक मूल्य मान्यता तथा संस्कार हटदै गएकाले शिक्षाको महत्व बोध गरेका छन् ।
आजपनि ठुलीदिदीले सृष्टिको समुदायमा दैनिक जसो भ्रमण गर्ने गर्छिन र उनका छिमिकेका बालवालिकाहरुको पढाइका वारेमा समिक्षा तथा प्रगतिका वारेमा छलफल गर्छिन ।