समाचार

आजबाट एसएलसीको सट्टा एसईई परीक्षा शुरु


तस्बिरः शम्भु यादव/सिरहा
काठमाडौं–कक्षा १० पछि प्रवेशिका (एसएलसी) हटाएर नामाकरण गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । परीक्षाको समय तालिका बिहान ८ देखि ११ बजेसम्मको रहेको छ ।

शिक्षा ऐनको संशोधित प्रावधान अनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि कक्षा १० को परीक्षालाई ‘सेकेन्डरी एजुकेसन एक्जाम’ (एसईई) नामकरण गरिएको हो । आज शुरु भएको परीक्षा साधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिनेछ ।

५ लाख ३८ हजार परीक्षार्थी
आजबाट शुरु भएको परीक्षामा सामेल हुनका लागि नियमित, आंशिक ग्रेडवृद्धि र एक्जाम्टेड गरी ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थीले फारम भरेका थिए । जसमा नियमित परीक्षार्थीमध्ये २ लाख ३५ हजार ३ सय २ छात्रा र २ लाख ३३ हजार ९८ छात्र रहेका छन् । त्यस्तै, प्राविधिकतर्पm ३ हजार ७ सय ३ जना छन् ।

१ हजार ९ सय २३ परीक्षा केन्द्र
परीक्षाका निम्ति देशभरी १ हजार ९ सय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष निर्धारण गरिएको छ । २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति परीक्षामा खटाइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

१८ वटा परीक्षा अनुगमन टोली
परीक्षा अनुगमनका निम्ति शिक्षा मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोलीसमेत परीक्षामा खटिएका छन् ।

‘अमर्यादित काम’ गरे परीक्षा रद्द
परीक्षामा अमर्यादित काम गर्ने र गराउने फेला परे कडा कार्बाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानूनबमोजिम कार्बाही र परीक्षा रद्दसमेत गरिने नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

एसएलसीकै ‘ह्याङ्ग’ दिन कोशिश
कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम परीक्षा भनिएपनि १० कक्षाको एसईईलाई शिक्षा मन्त्रालयले विगतको एसएलसीलाई झैं महत्व दिएको छ । एसएलसी परीक्षामा झैं सुरक्षाकर्मी खटाउने, एसएलसीकै निर्देशिकाका प्रावधान लागू गर्ने, परीक्षा केन्द्र तोक्ने, अनुगमन टोली दौडाउने र विद्यार्थीमा यो परीक्षा पार नभए ‘बर्बादै होइन्छ’ भन्ने मानसिकता कायमै राख्ने काम मन्त्रालय र यसको परीक्षा नियन्त्रण कार्यालयले गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको मातहत्मा हुने विद्यालय शिक्षाको अन्तिम परीक्षालाई त यत्तिको डर र नियन्त्रणमा राखिनु हुँदैन भन्ने बहस चलिरहेका बेला कक्षा १० को परीक्षालाई यति धेरै प्रचार गरिँदा विद्यार्थीमा यसप्रतिको त्रास उस्तै रहेको देखिन्छ । शिक्षा मन्त्रालय र पनिकाले त यो परीक्षा तयारीका विषयमा विगतमा एसएलसीको जानकारी गराएजस्तै पत्रकार सम्मेलन नै आयोजना गरे ।

‘जसरी कक्षा नौसम्म विद्यालयकै वातावरणमा विना धक र हिच्कचावट जाँच दिइन्छ, १० को परीक्षा पनि त्यस्तै हुनुपर्ने होइन र ?’ काठमाडौंको एक परीक्षा केन्द्रमा जाँच दिन आएका विद्यार्थीको सोधाइ छ ।

Facebook Comments

विद्यालयलाई सुन्दर भवन, सभामुखलाई तेल ! २०७३ चैत्र २ गते 3624 समाचार , फिचर

Previous article

बन्द रहेको एउटा छात्रावासको बिजोक कथा

Next article