प्रमुख समाचारसबै समाचारसमाचार

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मनायाे २२ वर्ष


बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले २२ औं स्थापना दिवस र आठाैं वार्षिक साधारणसभा मनाएकाे छ ।

२०६० सालमा डाेटीकाे मुडवारामा रहेकाे शारदा माविमा माओवादी छापामारहरूले कार्यक्रम गरिरहँदा सरकारी सेनाले आक्रमण गरेपछि विद्यार्थीसहित १० जनाकाे मृत्यु भएकाे थियाे । साे घटनापछि मानवअधिकारका निम्ति सक्रिय नागरिक समाजका व्यक्तिहरू घटनास्थलमै गई अध्ययन गर्दै बालबालिकालाई शान्तिक्षेत्र घाेषणा गरिनुपर्ने निष्कर्षका साथ अभियान शुरू गरेका थिए ।

१० वर्षे द्वन्द्वकालमा हजाराैं बालबालिकाकाे मृत्यु तथा अंगभंग भएकाे थियाे । यसलाई राेक्न ‘बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान’ शुरू भएकाे र हाल बालबालिकाका सम्पूर्ण अधिकारका निम्ति सिजपले संस्थागत रूपमा काम गरिरहेकाे छ ।

स्थापना दिवस एवं साधारणसभा उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अभियन्ताहरूले अहिले बम र गाेली नपड्किएपनि द्वन्द्वकाे आयम फरक मात्र भएकाले त्यसले बालबालिकालाई असर पारिरहेकाे औंल्याए । १० वर्षे द्वन्द्वकालमा बाल उमेरमा रहेकाहरू अहिले युवा भइसकेकाे तर द्वन्द्वको प्रभाव अहिले पनि खेपिरहनुपरेकाे सुनाए ।

बालअधिकार तथा मानवअधिकारकर्मी गाैरी प्रधानले नेपालमा सशस्त्रकाल १० वर्ष रहेपनि संक्रमणकाल १८ वर्ष बितेकाे बताए । उनले भने, ‘द्वन्द्वलाई नयाँ शिराबाट अध्ययन गरेर न्याय दिलाउनु  पर्छ ।’ प्रत्येक द्वन्द्वले पहिलाे असर बालबालिकालाई पार्ने हुँदा अब उनीहरूलाई शान्तिक्षेत्र बनाइराख्न नागरिक समाज सक्रिय हुनुपर्ने उनकाे भनाइ छ ।

सिजपकी अध्यक्ष मीना शर्माले अभियानलाई साथ दिन राज्य मात्र नभई नागरिक समाज स्वत: लाग्नुपर्ने बताइन् ।

Facebook Comments

अनिवार्य तथा निःशुल्क शिक्षा कार्ययोजना सार्वजनिक

Previous article

विद्यालयको स्मार्ट बोर्डमा मौरी पालन !

Next article