काठमाडौं – नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषदमा दर्ता भएको छ । शिक्षा मन्त्रालयले आज दिउँसो प्रधानमन्त्री कार्यालयमा मस्यौदा दर्ता गराएको प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो ।
६ गते दर्ता गराउने कार्यसूची भएपनि आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा आजमात्रै मस्यौदा मन्त्रिपरिषदमा शिक्षा मन्त्रालयले दर्ता गराएको हो ।
मस्यौदालाई मन्त्रिपरिषदले कहिले पारित गर्छ भन्ने प्रश्नमा लम्सालले भने यसबारेमा अब मन्त्रालयलाई जानकारी नहुने बताउनुभयो । ‘अब यत्ति बुझौं कि नियमावली मन्त्रिपरिषदमा गयो । बाँकी प्रक्रिया त्यही भित्रको कार्यसूची अनुसार हुनेछ,’ उहाँले भन्नुभयो ।