प्रमुख समाचारसमाचार

‘छलफल र साझा धारणा निर्माण’ गर्न आन्दोलनरत शिक्षक–कर्मचारीलाई शिक्षा मन्त्रालयको निम्तो


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई ‘छलफल र साझा धारणा निर्माण गर्न’ वार्ताका लागि आग्रह गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै यही २० चैतदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूले राजधानीकेन्द्रित सडक आन्दोलन शुरु गरेका छन् । सडक आन्दोलनको दोस्रो दिन आज शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारीलाई छलफलका लागि नेपाल सरकार हरहमेशा तयार रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निम्ति सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैब सकारात्मक रहेको छ ।’

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफल प्रक्रियामा रहेको र सोमाथि छलफल हुने, स्वीकृत गर्ने विधायकी प्रक्रियाका सम्बन्धमा निश्चित कानूनी बन्दोबस्त रहेको जानकारी सबैलाई भएको समेत मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले चैत शुरु हुँदै आन्दोलनका कार्यक्रम शुरु गरेका हुन् । शुरुमा रिले अनसन गर्दै आएका उनीहरु अहिले ‘कि जितिन्छि, कि बितिन्छ…’ भन्ने नाराका साथ वारपारको आन्दोलनमा रहेका छन् ।

Facebook Comments

संसदको शिक्षा समितिका सभापति भन्छन्–विद्यालय शिक्षा विधेयक अब बर्खे अधिवेशनमा मात्र 

Previous article

कि तत्काल वर्खे अधिवेशन बोलाउ, कि अध्यादेश ल्याउ

Next article