प्रमुख समाचारसमाचार

शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित


शिक्षा पत्रकार समूहको ५ असोजमा सम्पन्न १२ औं अधिवेशनले निर्जला कक्षपतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिमा कक्षपति अध्यक्ष, जनक नेपाल वरिष्ठ उपाध्यक्ष, नवराज चालिसे उपाध्यक्ष, रोशन क्षेत्री गाउँले महासचिव, प्रज्ञा तिम्सीना सचिव, सबिना बानियाँ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै, निर्वाचित सदस्यहरूमा कृष्णसिंह धामी, अमृता बुढाथोकी, यम बम, हरिसुन्दर छुकां, सञ्जिव घिमिरे ’शुभचिन्तक’, रोजिना थापा कार्की र भागीरथी पण्डित रहेका छन् ।

अध्यक्षबाहेक सबै पदाधिकारीहरु निर्विरोध चयन भएका थिए । अध्यक्ष पदमा कक्षपति र निवर्तमान अध्यक्ष कृष्ण मल्लबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जम्मा ३० मत खसेकोमा कक्षपतिले १७ र मल्लले १० मत प्राप्त गरेका थिए । ३ मत बदर भएको थियो ।
समूहका नवनिर्वाचित अध्यक्ष कक्षपति साढे दुई दशकदेखि पत्रकारितामा रहेकी छन् । उनी शिक्षा पत्रकार समूहको १२ औं अध्यक्ष हुन् ।

निर्वाचित भएलगत्तै कक्षपतिले सार्वजनिक शिक्षाको मुद्दालाई उठाउनका निम्ति शिक्षा पत्रकारहरुलाई प्रोत्साहन गर्न आफू लाग्ने बताइन् । उनले सबैलाई समेटी संस्थामा अपनत्व भाव जगाउने प्रतिबद्धता व्यक्त गरिन् । अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष मल्लले आफू पुनः नेतृत्वमा आउन नसकेपनि असहयोग नगर्ने बताए ।

Facebook Comments

Vol 16, Issue 4

Previous article

शिक्षामन्त्री मातृभूमिमा

Next article