शिक्षण सिकाइ

यसरी गरौं एसइइ परीक्षाको तयारी


माध्यमिक शिक्षा परीक्षा टिप्स
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि शुरुभएको छ । । विगत वर्षहरुदेखि एसएलसी लेटर ग्रेडिङ मूल्याड्ढन पद्धतिको अन्यौल र अनविज्ञताले पनि परीक्षार्थीलाई आफ्नो नतिजाको बारेमा रणभुल्ल बनाएको छ । लेटर ग्रेडिङ मूल्याड्ढन प्रणालीका विभिन्न पक्षमा अन्यौल अझै आम जिज्ञासाको विषय बनेकै छ । कसैले पनि फेलको बिल्ला भिर्नु नपर्ने हौवाको वास्तविकता के हो ? ग्रेडिङ प्रणाली नतिजाको रोजगारीमा के हैसियत हुने ? विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको अक्षराड्ढन लब्धाड्ढपत्रको मान्यताका आधारहरु के–के हुन् ? लामो समयदेखि अड्ढाकन पद्धतिअनुसार विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि कटाउन नसकेको वास्तविकतालाई ओझेल पार्न मात्र यो प्रणाली ल्याइएको त होइन ? पठनपाठनलाई सुदृढ नगरिकन मूल्याड्ढनलाई मात्र परिवर्तन गरेर उन्नत गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु बेकार हुन्छ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने रोग अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि सल्केको छ । कतिपय शैक्षिक नीतिनियम व्यवहारिकताको कसीमा फिका देखिन्छ ।

विगत एसएलसीको इतिहास हेर्दा वि.सं. १९९८ सालमा सबभन्दा बढी ७७.७८ प्रतिशत र २०३८ सालमा सबभन्दा कम १६.६८ प्रतिशत उत्तीर्ण भएको थिए । परीक्षाको विषयगत औसत प्राप्ताड्ढ केलाउँदा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ उत्तीर्ण भएको तथ्याड्ढ छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर न्यून हुनुमा के विद्यार्थी मात्रै दोषी छन् त ? शतप्रतिशत उपलब्धिस्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्योल गर्न विलम्ब भइसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भएतापनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र प्रतिफलमुखी बनाउन निम्न टिप्सहरुले टेवा पु¥याउन सक्छन् ।

– परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष ख्याल राख्नु पर्दछ । स्वस्थकर आहारविहार र सहज परिश्रमप्रति ध्यान दिनु पर्छ ।
ल परीक्षालाई हाउगुजीको रुपमा नलिई सहज रुपमा आत्मसात गरेर सकारात्मक सोंचमा दिने मनस्थिति बनाउनु पर्छ ।
– मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचे जस्तो जाँच दिन सकिन्न ।
– अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्छ । किनकि, कहिलेकाहि“ पाठ्यपुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका हुन्छन् ।
-कठिन महशूस गरिएका विषयलाई अलि बढी महत्व दि“दै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिक रुपमा नियमित अध्ययन गर्ने ।
– सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने ।
– विगतका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
-परीक्षा दिन जाँदा म राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलका साथ परीक्षा हलमा प्रवेश गर्नुपर्छ ।
-विषय अनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिंड्नु अगाडि नै तयार गरेर बोक्नुपर्छ ।
– परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
-प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढिसकी पालना गर्नु पर्छ ।

ल प्रश्नले मागेको उत्तर एकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मौलिकता झल्किने गरी बँुदागतरुपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ ।

– सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरुलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरुको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्नेलेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी हो । यस मानेमा परीक्षा अभिभावकको लागि पनि एक समझदार अभिभावक भए/नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।

त्यस्तै, विद्यालयले विद्यार्थीको रुचि, क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहज रुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्छ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुन्छ । किनकि, नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्च बनाउन उनीहरुको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास एवं बिस्तार गर्नेखालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्छ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसइइ ।

वैज्ञानिक प्रश्नपत्र निर्माण, वस्तुनिष्ठता तथा गुणस्तरले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तर निक्र्यौल हुन्छ । यसप्रकार एसइइ परीक्षा प्रत्यक्ष रुपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेतापनि परोक्ष रुपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति–नियम कार्यवक्रम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याए भन्ने कुराको एकिन गर्ने एक सशक्त सूचक पनि हो । त्यसो त, विद्यार्थीले प्राप्त गरेको प्राप्ताड्ढ र उत्तीर्ण प्रतिशत नै यो परीक्षाको सूचक हुने गर्छ । तसर्थ, यो विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । परीक्षामा असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भएतापनि परोक्ष रुपमा परिवार, समुदाय तथा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ । विद्यार्थीले परीक्षा कर र डरले नभई रहरले दिने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो ।

Facebook Comments

कक्षा शिक्षण : व्यवहार र सुधार

Previous article

ऐन चाँडो नल्याए दोहोरो भूमिका हुन्छ–द्वन्द्व निम्तिन्छ

Next article