काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरुले नाजायज माग राखेर आन्दोलन गरिरहेको बताएका छन् । अस्थायी शिक्षकहरुले आफुहरु कार्यरत दरवन्दीमा आयोग नखोल्न र आफुहरुले कामगर्नसक्दा सम्म काम गर्न दिन माग गरेका शिक्षामन्त्री पोखरेलले खुलासा गरेका हुन् ।
अस्थायी शिक्षकहरुलाई आयोग खोल्नै पर्दैन हामीहरु अस्थायी भएरै उमेरहदसम्म काम गर्न चाहन्छौं सुविधा लिएर हटाउन पाइदैन भनेर माग राखेको अवस्था छ । पौडेलले भने । यसले अस्थायी शिक्षकहरुलाई नै फाइदा गर्दैन ।
निरेन्द्र कुवँर नेतृत्वको अस्थायी शिक्षक आन्दोलन समितिले आयोग खोल्न चाहेपनि नयाँ बनेको अर्को अस्थायी शिक्षकहरुको समुहले आयोग खोल्नै नहुने माग राखेकाले यसबारे प्रस्ट हुन अस्थायी शिक्षकहरुलाई मन्त्री पौडेलले आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय वैठक तथा विधान अधिवेशनमा बोल्दै मन्त्री पौडेलले अस्थायी शिक्षकहरुको एक समुह आयोग खोल्न नदिन लागिपरेको जिकिर गरे ।
अस्थायी शिक्षकहरुलाई सुविधा र परीक्षाको प्रकृया शुरु गर्न अवरोध हुँदा अस्थायी शिक्षकहरु उमेरहदका कारण बिदा हुने र पेन्सनका लागि सेवाअवधि नपुग्ने समस्या बढीरहेको तर्फ उनले अस्थायी शिक्षकहरुलाई सचेत समेत गराए । ऐनले दिएका अधिकार चाहिदैन हामी अस्थायी भएर नै पढाइरहन्छौं कि स्वत्तः स्थायी हुन्छौं भन्ने माग नाजायज रहेको र यसले इमान्दार अस्थायी शिक्षकहरुलाई अन्याय हुने मन्त्री पौडेलले दावी गरे ।
शिक्षा मन्त्रालय जतिसक्दो चाँडो आयोग खुलाएर अस्थायी शिक्षक समस्या समाधान गर्न तत्पर रहेको भन्दै अस्थायी शिक्षक हरुको एक समुह त्यसमा बाधक बनिरहँदा आयोग खुलाउन ढिलाइभइरहेको उनको भनाई थियो ।