समाचार

सिरहामा शिक्षाका ८४ वटा उजूरीमाथि अख्तियारको छानबिन


शम्भु यादव/लहान
सिरहामा चालू आर्थिक वर्ष ०७३/०७४ मा शिक्षाका ८४ उजूरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
पूर्व र बहालवाला प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यालय, बालविकासमाथि उजूरीका आधारमा भ्रष्टाचारको अभियोगमा अख्तियारले छानबिन गरिरहेको हो ।

भौतिक निर्माण, छात्रवृत्ति, पाठ्यपुस्तक, नागरिक लगानी कोष, तलब–भत्ता, शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन, ठेक्कालगायतमा भ्रष्टाचारको गरेको आरोपसहित अख्तियारमा उजूरी परेको छ ।

छानबिनमा १० जना पूर्व प्रअ, ५२ जना बहालवाला प्रअ, ५ जना विव्यस पदाधिकारी एवं प्रअ, ११ जना शिक्षक, विद्यालय ५, बालविकास १ गरी ८४ जना परेका छन् । उनीहरुमाथि उजूरी परेको शिक्षा कार्यालय सिरहाले जनाएको छ । यस्तै, तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्बिका साह र महेन्द्र महतोमाथि पनि भ्रष्टाचारको उजूरी परेका थियो । उनीहरुलाई शिक्षा विभागमार्फत् छानबिन भइरहेको कार्यालयले जनाएको छ ।

११ शिक्षकहरुमाथि शैक्षिक योग्यता, अध्यापन अनुमति पत्र सम्बन्धमा छानबिन हुँदैछ भने उनीहरुको नियुक्ति प्रक्रिया गलत तरिकाले गरेको उजूरीमा उल्लेख छ ।

Facebook Comments


Notice: Trying to access array offset on value of type bool in /home/tarakish/ajakoshiksha/wp-content/themes/ajako-shiksha/inc/libs/tnm_core.php on line 746

दिदी परीक्षामा, भाई किरियामा

Previous article

निजी विद्यालय र केन्द्राध्यक्षकै मिलेमतोमा चिट चोराइँदै

Next article