शिक्षा-संवाद

पचहत्तरै जिल्ला साक्षर नहुञ्जेलसम्म पूर्ण साक्षर अभियान घोषणा क्रम जारी राख्छौं


चुडामणि पौडेल
निर्देशक
अनौपचारिक शिक्षा केन्द्र

साक्षरता अभियान अब कसरी अघि बढ्छ ?
हामीले शुरुमा साक्षरता अभियान सञ्चालन गर्यौं । साक्षर, प्रौढ कक्षामार्फत् साक्षर बनाउने काम गरिए । तर, हामीले अहिले साक्षरतालाई नयाँ ढंगबाट अगाडि पढाइ रहेका छौं । अहिले हामी मुख्यतः बाँकी रहेका निरक्षरलाई साक्षर बनाउने र साक्षर भइसकेकालाई साक्षरोत्तर कक्षा सञ्चालन गर्नेगरी दुई तहको निरन्तर शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं । निरन्तर शिक्षालाई हामीले प्रविधिमैत्री बनाउने प्रयास समेत गरेका छौं । साथै, अंग्रेजी भाषालाई पनि समावेश गरेका छौं ।

साक्षर जिल्ला घोषणाको क्रम कहाँ पुग्यो ?
हामीले हालसम्म ३८ जिल्लालाई पूर्ण साक्षर घोषणा गरिसकेका छौं । र, यही आर्थिक वर्षभित्रै थप १५ जिल्लालाई साक्षर गर्ने योजनामा छौं । निर्वाचन आचारसंहिताका कारण हामीले सम्पूर्ण तयारीका बाबजुद योजना मुताविक साक्षर जिल्ला घोषणा गर्न सकिरहेका छैनौं । यो वर्ष जिल्ला शिक्षा कार्यालयहरु रहुञ्जेल भएकाले जिल्लाहरुलाई नै साक्षर घोषणा गर्दै जाने र अर्को वर्षदेखि भने स्थानीय तह गाउँपालिका र नगरपालिकालाई साक्षर घोषणा गर्ने योजना रहेको छ । हामी नेपाल पूर्ण साक्षर घोषणा नभएसम्म यो क्रम जारी नै राख्छौं ।

प्रसङ्ग सामुदायिक सिकाइ केन्द्रको लिऔं । साक्षरता र जीवनपर्यन्त सिकाइका निम्ति सिकाइ केन्द्र संजीवनी जस्तै भएका छन्, स्थानीय तहमा यसको व्यवस्थापन कसरी हुन्छ ?
पहिले हामीले सामुदायिक सिकाइ केन्द्रहरुलाई निर्देशिकाको आधारमा सञ्चालन गर्दै आइरहेका थियौं । तर, पछिल्लो दिनमा शिक्षा ऐनको आठौं संशोधनले यसलाई सम्बोधन गरेको अवस्था छ । अझै नियमावलीले अझै व्यवस्थित गर्ला र प्रष्ट्याउँदै जाला । हामी सिकाइ केन्द्रहरुलाई सामाजिक विकास केन्द्रको रुपमा विकास गर्दै लग्ने योजनामा छौं । अब साक्षरतामा मात्रै सीमित नरहेर यसले सूचना केन्द्र, आय–आर्जन, सीप विकासलगायत अन्य सचेतनाका कामहरु गर्नेगरी अगाडि बढाउन खोजिरहेका छौं । अब स्थानीय तहमा विद्यालय शिक्षा गइसकेको अवस्थामा सिकाइ केन्द्रहरु पनि स्थानीय सरकार मातहत्मा पुग्छ । अब सिकाइ केन्द्र नभइ सामुदायिक विकास केन्द्रको रुपमा यो स्थानीय तहकै एउटा अंगको रुपमा अगाडि बढ्छ ।

आगामी दिनमा साक्षरता कार्यक्रम कसरी अघि बढ्ला ?
प्रविधिसापेक्ष साक्षरता नै हाम्रो आगामी बाटो हो । अब अक्षर मात्रै चिनेर साक्षर बन्न सकिँदैन । प्रविधिबिना निरक्षर नै भइन्छ । हामी राष्ट्रिय प्रारुप बनाएर यसलाई अझै व्यवस्थित गर्दै लैजाने योजनामा छौं । सामान्य अंग्रेजी भाषा, मोवाइल, इन्टरनेट, क्यालकुलेटर, कम्प्यूटरसम्बन्धी सामान्य जानकारी हुन आवश्यक छ । हामीले निरन्तर शिक्षा कार्यक्रममा समेत यसलाई समावेश गरेर अघि बढिरहेको अवस्था छ । अझ हामी मोवाइल एप्स बनाएरै साक्षर कार्यक्रम अघि बढाउने योजनामा छौं । यसै कात्र्तिक महिनादेखि हामी मोवाइल एप्स शुरु गर्दैछौं । यसबाट विदेशमा रहेका बालबालिकाहरुले समेत सजिलै नेपाली भाषा सिक्न सक्छन् । हामी निरन्तर शिक्षाको तहहरु बढाएर यसलाई औपचारिक शिक्षाकै समकक्षतामा पु¥याउन लागिरहेका छौं । हाम्रो पाँचौं तह पूरा गर्नेलाई हामी १२ कक्षाको समकक्षताको प्रमाणपत्र दिने योजनामा छौं । अन्यको सीप परीक्षण गरेरसमेत हामी समकक्षता प्रमाणित गरिदिनेछौं ।

Facebook Comments


Notice: Trying to access array offset on value of type bool in /home/tarakish/ajakoshiksha/wp-content/themes/ajako-shiksha/inc/libs/tnm_core.php on line 746

संघीय संरचनाको शैक्षिक सेवा प्रवाहमा अपेक्षित नीतिगत व्यवस्था

Previous article

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७४

Next article