राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख २१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
वैशाख ११ देखि परीक्षा मिति तय गरिएको भएपनि शिक्षक आन्दोलन जारी रहेका कारण १० दिन पछि सारिएको थियो । नयाँ मिति वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।










