काठमाडौं । नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म ३६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यमपी भुसालका अनुसार ३६ जिल्लामध्ये १७ वटामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
नेपाली कांग्रसको शुभेच्छुक संस्था संघमा कतिपय जिल्लाहरुमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शिक्षकहरु प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए ।
संघको महाधिवेशनमा समेत देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनएर प्रतिस्पर्धा गर्ने भएका छन् । देउवा पक्षका वर्तमान अध्यक्ष केशव निरौलाले आफू दोहोरिने नभए उनको समूहबाट किशोरदत्त बराल अध्यक्षमा र महासचिवमा गोकर्ण बानियाँ र ज्ञानेन्द्र रावलमध्ये एक र पौडेल समूहबाट वर्तमान महासचिव राजेन्द्रराज पौडेल र महासचिवमा वर्तमान कोषाध्यक्ष यमपी भुसाल उठ्ने लगभग निश्चित देखिन्छ । संघका नेताहरु आफ्ना समूहका शिक्षकहरुलाई जिताउन हाल जिल्ला दौडाहामा व्यस्त रहेका छन् ।
नेपाल शिक्षक संघको ८ औं जिल्ला अधिवेशन ताजा अपडेट
१. मुस्ताङ: अनन्त आचार्य (सर्वसम्मत)
२. पर्वत: केशब भण्डारी (सर्वसम्मत)
३. रामेछाप: नवराज घिमिरे (निर्वाचित)
४. रसुवा: वसन्त पौडेल (निर्वाचित)
५.चितबन: हरिप्रसाद कँडेल (निर्वाचित)
६. खोटाङ : शिबहरी ढकाल (निर्वाचित)
७. डोटी: नवराज जोशी (सर्वसम्मत)
८. प्युठान: बलबहादुर महतरा(सर्वसम्मत)
९. धनकुटा: थिरेन्द्रबहादुर लिम्बु (सर्वसम्मत)
१०. सुनसरी: वेणु सिग्देल (निर्वाचित)
११. दाङ: युवराज बस्नेत ( निर्वाचित)
१२ लमजुङ : शिबराज अधिकारी(निर्वाचित)
१३. अछाम : बिष्णु भण्डारी (सर्वसम्मत)
१४. रुपन्देही : कुलप्रसाद लामिछाने (सर्वसम्मत )
१५. मकवानपुर : रामकुमार अधिकारी (निर्वाचित )
१६.गुल्मी : प्रेमनारायण भण्डारी (निर्वाचित )
१७. बाजुरा: प्रेमराज पाध्या(निर्वाचित)
१८. तनहुँ: कमलभक्त पोखरेल (निर्वाचित)
१९. दार्चुला: पुलेन्द्र कार्कि (सर्वसम्मत )
२०. संखुवाशभा: थिरबहादुर राई (सर्वसम्मत )
२१. भक्तपुर: गंगाधर हाडा (निर्वाचित)
२२. दोलखा: गोबिन्दनारायण मानन्धर (सर्वसम्मत )
२३. सोलुखुम्बु: लालप्रसाद बास्तोला (निर्वाचित)
२४. धादिङ: बिष्णु अधिकारी (निर्वाचित)
२५. सिन्धुपाल्चोक: तुलसी दंगाल (निर्वाचित)
२६. बाँके: बिरेन्द्र यादव (निर्वाचित)
२७. बाग्लुङ: उमाकान्त पौडेल (सर्वसम्मत )
२८. ओखलढुङ्गा: नारायण बास्तोला (सर्वसम्मत )
२९. गोरखा: लुमनाथ लामिछाने (सर्वसम्मत )
३०. कालिकोट: दिपबहादुर शाही (सर्वसम्मत )
३१. ताप्लेजुङ: युवराज वस्नेत (निर्वाचित)
३२. म्याग्दी: दुर्गाराम सुवेदी (निर्वाचित)
३३.कैलाली: गणेश ओझा (निर्वाचित)
३४. भोजपुर: ज्ञानराज खुलाल (सर्वसम्मत )
३५. मुगु: जंगबहादुर शाही (सर्वसम्मत )
३६. रोल्पा: भगवती मल्ल ‘मिलन’ (सर्वसम्मत )