प्रमुख समाचारसमाचार

आजबाट एसइइ शुरु, पाँच लाखभन्दा बढी परीक्षार्थीमा छात्रभन्दा छात्रा धेरै 


यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि शुरू भएको छ ।
आज बिहान ८ बजेदेखि शुरु एसइई परीक्षाका लागि दुई हजार ८० परीक्षा केन्द्रबाट परीक्षार्थीले जाँच दिँदैछन् । एसइइका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए ।
यसपालिको परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । २ लाख ५७ हजार ७ सय ३० जना छात्रा सहभागी हुँदैछन् भने छात्रको संख्या २ लाख ५६ हजार ३ सय ११ रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यो वर्ष जम्मा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । जसमा नियमिततर्फ ४ लाख २१ हजार ५ सय जना ८५ र ७५ हजार ५ सय ३९ जना आंशिक विषयका परीक्षार्थी रहेका छन् ।
यस्तै, १६ हजार ९ सय ४७ जना प्राविधिक धारका विद्यार्थी परीक्षामा सहभागी छन् ।
यसपालिको परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । २ लाख ५७ हजार ७ सय ३० जना छात्रा सहभागी हुँदैछन् भने छात्रको संख्या २ लाख ५६ हजार ३ सय ११ रहेको छ । यसैगरी, अन्य लिङ्गका परीक्षार्थीहरुमा ३० जना रहेका छन् ।
आज विद्यार्थीहरूले अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिइरहेका छन् । अनिवार्य तथा ऐच्छिक गरी जम्मा ९७ वटा विषयमा परीक्षा हुँदैछ ।
यसपालिको परीक्षामा ११ हजार २ सय १६ वटा विद्यालय परीक्षामा सम्मिलित छन् ।

Facebook Comments

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

Previous article

सानोठिमीमा शिक्षक महासंघको रिले अनशन

Next article