बाबुकाजी कार्की
यसवर्षको एसइइ परीक्षा यही चैत्र ३ गते बिहान ८ बजे देखि ११ बजे सम्म संचालन हुँदै छ । एसइइ लेटर ग्रेडिंग मूल्यांकन पद्धतिको अन्यौलता र अनविज्ञताले पनि परीक्षार्थीलाई आफ्नो नतिजाको बारेमा रणभूल्ल बनाएको छ । गत बर्ष सरकार र सरोकार पक्ष बीच प्रचुर संवाद र सहकार्य बिना नै ल्याइएको यस मूलांकन पद्धति बारे अझै आमरुपमा स्पष्ट भै सकेको छैन् ।
लेटर ग्रेडिंग मूल्यांकन प्रणालीका विभिन्न पक्षमा अन्यौलता अझै जिज्ञाषाका विषय नै बनेको छ । कसैले पनि फेलको बिल्ला भिर्नु नपर्ने हौवाको वास्तविकता के हो ? ग्रेडिंग प्रणालीको नतिजाको रोजगारीमा के हैसियत हुने ? विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको अक्षरांकन लब्धांक पत्रको मान्यताका आधारहरु के के हुन ? लामो समय देखि अंकाअंकन पद्धति अनुसार विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत कटाउन नसकेको वास्तविकतालाई ओझल पार्न मात्र यो प्रणाली ल्याइएको त होइन ? पठनपाठनलाई सुदृढ नगरिकन मूलांकनलाई मात्र परिवर्तन गरेर उन्नत गुणस्तरिय शिक्षाको अपेक्षा गर्नु बिरबलको खिचडी नहोला भन्न सकिन्न ।
परीक्षाको मुखमा आउदा सम्म पनि लेटर गेडिंग पद्धतिको कार्यविधि संशोधन गर्नुले सरकार समेतले पर्याप्त गृहकार्य नगरेको पुष्टि हुन्छ । हतपतको काम लतपत भएर निर्दोष विद्यार्थी र अभिभावकले परीक्षाफल प्रकाशित भएपछी पनि उच्च शिक्षाको लागि अन्योलको कारण अनावश्यक तनाव र धपेडी खेप्नु नपर्ला भन्न सकिन्न । सरकारी अकर्मण्यता र गैर जवाफदेहिताको कारण बिगत वर्षहरुमा लेटर ग्रेडिंग प्रणालीबाट उत्तीर्ण भएका प्राविधिक धारका विद्यार्थीहरुले थप अध्ययनका लागि लामो समय सम्म भौतारिनु परेको थियो । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने रोग अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि सल्केको यथार्तता कतिपय शैक्षिक नीति नियम व्यवहारिकताको कसीमा फिका साबित हुनुले पुष्टि गर्द छ ।
वि.सं.१९९८ सालमा सवभन्दा बढी ७७.७८ प्रतिसत र वि.सं.२०३८ सालमा सब भन्दा घटी १६.६८ प्रतिशत उत्तीर्ण भएको देखिन्छ । एसइइ परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । यति लामो समय सम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त? शतप्रतिशत उपलब्धिस्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाज लगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भैसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भएता पनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भिर चिन्ताको बिषय हो । तथापि फलामे ढोकाकोरुपमा चित्रित एसइइ परीक्षामा अधिकतम अंक ल्याएर उत्कृष्ट स्थानमा हासिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनिभूत बनाएका छन् ।
विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र प्रतिफलमुखी बनाउन निम्न टिप्सहरुले टेवा पु¥याउन सक्छ ।
परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहरविहार र सहज परिश्रमको प्रति विशेष ध्यान दिनुपर्दछ ।
एसइइ परीक्षालाई हाउगुजीको रुपमा नलिई सहज रुपमा आत्मसात गरेर सकरात्मक सोचले दिने मनस्थिति बनाउनुपर्दछ ।
मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुनेगरी अनिंदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचे जस्तो जाँच दिन सकिन्न ।
अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिंदै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिक रुपमा नियमित अध्ययन गर्ने ।
सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने ।
विगतका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंछ भन्ने दृढता विश्वास एवं उच्च मनोवलको साथ परीक्षाहलमा प्रवेश गर्नुपर्दछ ।
विषय अनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदिको घरबाट हिंड्नु अगाडि नै तयार गरेर बोक्नुपर्छ ।
परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
प्रवेश पत्र तथा उत्तर पुृस्तकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढी सकी पालना गर्नु पर्दछ।
प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखि मैलिकता झल्किने गरी बँुदागतरुपमा सफा र शुध्दसँग उत्तर लेख्नुपर्दछ ।
सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तीम समयमा लेखेका उत्तरहरुलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।
एसइइ परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण वनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ। यसमानेमा एसइइ अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठन पाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यर्थाथता हो । किनकि एसइइको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो ।
तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र बिस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्द छ । बिद्यार्थीले विद्यालयमा गुणस्तरिय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसइइ।
प्रश्न पत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ ।
यसप्रकारएसइइपरीक्षा प्रत्यक्ष रुपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेता पनि परोक्ष रुपमा राज्यले विद्यालय शिक्षा सम्बन्धि अख्तियार गरेको, योजना नीति–नियम कार्यव्रmम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसइइ विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायतको पनि परीक्षा हो । एसइइ असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भएता पनि परोक्ष रुपमा परिवार, समुदाय तथा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असरपर्छ ।
बिगतका एसइइको टीठलाग्दो शैक्षिक उपलब्धिमा सुधार ल्याउन गम्भिरतापूर्वक आ आफनो जिम्मेवारी र जवाफदेहिता बहनगर्न ढिलो भैसकेको छ। एसइइलाई मर्यादित एवं अनुशासित रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमान्दारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न सक्यौं भने आगामी दिनमा एसइइलाई फलामे ढोका नभएर स्वर्णिम ढोकाको रुपमा स्थापित गर्न सकिन्छ । किनकी एसइइ परीक्षाको नतिजाको उपलब्धिस्तरको आधारमा विद्यार्थीको भाग्य र भविष्य बनाउने मार्गचित्रको दैलो खुल्छ । तसर्थ विद्यार्थीले परीक्षा कर र डरले नभै रहरले दिने वातावरण बनाउनु हामी सबैको कर्तब्य हो ।
karki.babukaji@yahoo.com