सम्बन्धित परीक्षा केन्द्रको प्रधानाध्यपक केन्द्राध्यक्ष
लक्ष्मण केसी/रुकुम
एसएलसी परीक्षा खारेज भएपछि चैत्र ३ गते देखि पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) लागि २५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेको छ । यि सबै विद्यालयमा सञ्चालन हुने परीक्षामा सम्बन्धीत विद्यालयकै प्रधानाध्यपकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
सम्बन्धीत विद्यालयमा प्रधानाध्यपकको रुपमा कार्यरत रहेका शिक्षकलाई मात्र आज एक कार्यक्रमका बिच केन्द्राध्यक्षको जिम्मेवारी दिएको हो । प्रमुख जिल्ला अधिकारी बंशिकुमार आर्चाय, शिक्षा समितिका अध्यक्ष एंवम स्थानीय विकास अधिकारी नरेन्द्र कुमार राणा र जिल्ला शिक्षा अधिकारी पुर्ण बहादुर अछामीले सबै केन्द्राध्यक्षहरुलाई परीक्षा मर्यादिन रुपमा सञ्चालनका लागि निर्र्दशन दिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
यस बर्षको एसएलसी परीक्षामा अनुगमनको ढाँचामा पनि केहि हेरफेर गरिएको छ । यस अघि एउटा परीक्षा भैरहेको कक्षा कोठामा एकै पटकमा धेरै अनुगमनकर्ता जाने प्रचलनलाई अन्त्य गरिएको छ । जसमा एक पटकमा एक जना मात्र कक्षा कोठामा अनुगमन गर्न बताएको छ । यस्तै अनुगमनमा जाने अधिकारीले आफनो परिचयपत्र र सम्बन्धीत निकायको सिफारिस अनिवार्य राख्ने बताएको छ ।
यस बर्ष सम्बन्धित विद्यालयका प्रधानध्यापकलार्य केन्द्राध्यक्षको जिम्मेवारी दिदा कतिपय प्रअ लाई अवसर प्रदान भएको छ । पहिलो पटक आफनै विद्यालयमा केन्द्रध्यक्ष भएका महेन्द्र माध्यमिक विद्यालय चौताराका प्रअ टेक बहादुर ओलीले बताए । यो हामीहरुलाई अवसर पनि दिएको हो प्रअ ओलीले भने यसअघि शिक्षकका पेशागत संघ संगठनहरुले भागबन्डाका आधारमा केन्द्राध्यक्ष छनोट गर्दै आएका थिए तर यस पटक त्यो भएन । यस बर्षको एसएलसी परीक्षामा ६ हजार ३ सय १५ जना परीक्षार्थी सहभागी हुने छन ।
जसमा ५ हजार ७ सय ३८ नियमित, १ सय ३५ आंशिक र ४ सय ४४ जना विद्यार्थीहरु ग्रेड वृद्धिका लागि परीक्षा दिने शाखा अधिकृत बिनाराम खड्काले बताएका छन् । गत बर्षदेखि एसएलसीको नतिजा ग्रेड प्रणालीबाट हुन थालेको हो । सी प्लसभन्दा कम ग्रेड ल्याएका विद्यार्थीले निबेदन दिएर पुन परीक्षा दिन सक्नेछन् । यस्तै परीक्षा केन्द्रहरुमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याउन सुरु गरिएको कार्यालयले जनाएको छ ।