१. हरेक बालबालिकाको क्षमतामा पूरा भरोसा गर्नु, बालबालिकालाई
स्केफोल्डिङ्ग (म गर्छु, हामी गर्छौं, तिमी गर) को माध्यमबाट
कक्षाकोठामा सहभागिताको मौका दिनु, यो तरिका शुरुवातीस्तरमा भाषा शिक्षणको दृष्टिले धेरै प्रभावकारी मानिन्छ ।
२. हरेक बालबालिका विशिष्ट हुन्छन् । साथै उनीहरुको सिक्ने तरिका पनि विशिष्ट हुन सक्छन् । त्यसैले, हरेक बालबालिकालाई उनीहरुको आवश्यकताको आधारमा सहयोग गर्ने तथा सिक्ने अवसर प्रदान गर्नुपर्दछ । जसले, बालबालिकालाई आफै बुझेर पढ्ने, सिक्ने तथा आत्मविश्वासको साथ कक्षामा सहभागिताका लागि प्रोत्साहित गर्दछ ।
३. कक्षाकोठाको उचित प्रबन्ध (कक्षाकोठाको व्यवस्थापन) बालबालिकाको सहभागिता बढाउनका लागि सहायक हुन्छ । यसका लागि शिक्षकले बालबालिकालाई यू आकार वा गोलाकार अथवा अन्य आकारमा बसाउन सकिन्छ । जसले गर्दा हरेक बालबालिकासँग पहुँच पुग्न सकोस साथै, बालबालिकालाई शिक्षकसँग कुराकानी गर्न सहज होस् ।
४. हरेक बालबालिकालाई उसको नामले बोलाउनु पनि सहभागिताका सन्दर्भमा महत्वपूर्ण कुरा हो । जसले गर्दा बालबालिकालाई एउटा पहिचान मिल्दछ । यसले बालबालिकाको प्रगतिबारे जानकारी लिनुका साथै एक शिक्षकलाई बालबालिकासम्म विशिष्ट फिडब्याक पु¥याउन मार्गदर्शन मिल्दछ । यसको प्रभाव सिधा रुपमा बालबालिकाको सकारात्मक स्व–विकासमा पर्दछ ।
५. बालबालिकाको सिकाइमा सहभागिता कति छ ? यो जान्ने प्रयास गर्नु पर्दछ । यसका लागि बालबालिका कुनै पनि विषयमा कति बुझे भनेर योसँग सम्बन्धित प्रश्नहरु सोध्न आवश्यक देखिन्छ । जसले गर्दा बालबालिकाको आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ ।
६. कक्षाकोठामा बालबालिकाहरुलाई अन्य साथीहरुसँग पनि सिक्नका लागि (पियर लर्निंग) प्रोत्साहित गर्नुपनि सहभागिता बढाउने दृष्टिले महत्वपूर्ण मानिन्छ । उनीहरुलाई छलफल गर्दै रमाउँदै सिक्न दिनुपर्दछ ।
७. कुनैपनि कक्षामा बालबालिकाको समस्या प्रति वेवास्ता गर्नुहुन्न । जसले गर्दा बालबालिकाको सिक्ने प्रक्रियामा आउने समस्यालाई बुझ्न र त्यसको समाधान निकाल्न मद्दत मिल्दछ । जस्तो कि कुनै बालबालिकालाई कुनै शब्द लेख्न, पढ्न, बुझ्न समस्या भएको हुन सक्छ ।
८. कुनैपनि कक्षालाई सफल बनाउन असल निर्देशनहरुको सकारात्मक भूमिका रहने गर्दछ । त्यसैले, शिक्षकले बालबालिकाले सजिलै बुझ्नसक्नेगरी स्पष्ट निर्देशन दिनु पर्छ ।
९. शिक्षकको अगाडि बालबालिकाको नयाँ सिक्नेसम्बन्धी लक्ष्य स्पष्ट हुन जरुरी छ । यसले गर्दा शिक्षकले बालबालिकाका सामुन्ने स्पष्ट अपेक्षा राख्न पाउँनेछन् । यसले बालबालिकाको सिक्ने इच्छा बढ्छ तथा उनीहरु कठिन चुनौतीको सामना गर्नका लागि मनोवैज्ञानिक रुपमा तयार हुन्छन् । ती चुनौती पार गरेपछि उनीहरु आत्मविश्वासले भरिपूर्ण तथा सन्तुष्ट महशूस गर्छन् ।
१०. आफ्नो कक्षाकोठाको अनुभवमाथि विचार गर्ने प्रक्रियामा शिक्षक चिन्तन गरिरहेका हुनछन् । जब शिक्षक आफ्नो कक्षाको अनुभवमाथि विचार गर्न थाल्छन् तब उनीहरुलाई थाहा हुन्छ के राम्रो भइरहेको छ र सुधार कहाँ गर्नु पर्छ ।
यस विचार प्रक्रियामा आएका नयाँ धारणाले कक्षा सञ्चालन अझ राम्रोसँग गर्ने उत्प्रेरणा जाग्ने हुन्छ । जस्तो कि एकजना शिक्षकले कक्षा १ र २ का विद्यार्थीहरुलाई पुस्तकालय प्रयोग गर्ने ज्यादा मौका दिए । यस दौरान उनले पाएकी यसबाट विद्यार्थीको अड्की–अड्की पढ्ने समस्यामा सुधार आयो । साथै, विद्यार्थीमा अनुमान गर्ने कौशल विकसित भइरहेको छ । विद्यार्थीले एक अर्कामा आफ्नो विचार तथा जिज्ञासा आदानप्रदान गर्न थालेको समेत पाइयो । उसबाट विद्यार्थीको मौखिक अभिव्यक्तिको कौशलसमेत विकास भएको देख्न सकिन्छ ।
स्रोतः एजेन्सी