प्रमुख समाचारसबै समाचार

परीक्षालाई मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको अनुरोध, गल्ति भए तत्काल कार्बाही गरिने


कक्षा १२ को आजबाट शुरु परीक्षालाई मर्यादित र सफलतापूर्वक सम्पन्न गराउन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सरोकार सबै पक्षलाई अनुरोध गरेका छन् ।

परीक्षाको कार्यतालिका अनुसार यही २१ वैशाखदेखि २ जेठसम्म बिहान ८ः००–११ः०० बजेसम्म परीक्षा सञ्चालनको समय निर्धारण गरिएको छ ।आज  पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा, उर्दू व्याकरण तथा साहित्य विषयमा परीक्षा दिएका छन् ।

आइतबार आजको शिक्षासित कुराकानी गर्दै बोर्डका अध्यक्ष डा. शर्माले भनेका छन्, ‘अहिलेसम्म सबैतिरबाट राम्रै भयो भन्ने जानकारी आएको छ । केही परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र हेर्न व्यवस्था गरिएको समयमै ओटिपी खोल्न अफ्ठ्यारोले केही  मीनेट ढिला भएको बाहेक अरु समस्या आएका छैनन् ।’

उनले सचेत गराउँदै थपे, ‘सबैबाट परीक्षालाई सञ्चालन गर्न हरेक सिस्टम परिचालन गर्नु पर्छ । गल्ति भएमा तत्काल कार्बाही गरिन्छ । यो सबैको जिम्मेवारी हो ।’

उनले कुनैपनि परीक्षा केन्द्रमा समस्या आइपरेमा बोर्डलाई अनलाइनमार्फत् सोझै जानकारी पठाउने व्यवस्था गरिएको पनि बताए । उनले भने, ‘विद्यालयको  हरेक सूचना अनलाइनमार्फत् आउने फारम विकास गरिएको छ । साथै, दुईजना उपनियन्त्रकको मोवाइलमा सोझै सोध्न पनि सकिनेछ ।’

परीक्षा तयारीका लागि यो किसिमको वातावरण बनाउने जिम्मेवार सबैप्रति अध्यक्ष डा. शर्माले हार्दिक कृतज्ञतासमेत व्यक्त गरेका छन् । ‘खासगरी विद्यार्थी  भाइबहिनीहरुलाई परीक्षा निर्धक्क भई दिन र उहाँहरुको सफलताका लागि शुभकामना दिन चाहन्छु,’ अध्यक्ष डा. शर्माले भने ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर एक हजार ५ सय ९० र एउटा विदेश (जापान) को गरी जम्मा एक हजार ५ सय ९१ परीक्षा केन्द्रबाट  ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी परीक्षामा सहभागी छन् ।

Facebook Comments

त्रिदेव र सदिक्षा देवी ‘ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’बाट सम्मानित

Previous article

प्रश्नपत्रदेखि प्रमाणपत्रसम्मका त्रुटि हटाउने कसरतमा राष्ट्रिय परीक्षा बोर्ड

Next article