पिपुल इन नीड नेपाल (People in Need (PIN) Nepal) एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसको मुख्य लक्ष्य नेपालमा समावेशी शिक्षा प्रबद्र्धन गर्ने र लैङ्गिक समानता, जलवायु परिवर्तन, विपद् जोखिम न्यूिनकरण, अपाङ्गता र सामाजिक समावेशीकरणका मुद्दाहरू सम्बोधन गर्ने हो । यस संस्थाले देशैभर विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ । विभिन्न तहमा सीमान्तकृत समूहका लागि शिक्षा प्रदान, अनौपचारिक शिक्षामा सहायता र समावेशी शासन प्रणाली प्रबद्र्धन गर्ने जस्ता पिपुल इन नीड (PIN) नेपालका संस्थागत कार्यहरू हुन् । पिपुल इन नीड (PIN) नेपालका बालबालिकाहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्न र उनीहरूलाई विद्यालयमा नियमित गराउने कार्यमा प्रतिबद्ध छ । यसका लागि पिपुल इन नीड (PIN) ले बालबालिकाका परिवारको आर्थिक समस्या सम्बोधन गर्ने र अन्य सामाजिक व्यवधानहरू न्यूनिकरण गर्दै शैक्षिक अवसरहरू प्रबद्र्धन गर्दछ । यस संस्थाले नेपालभर समावेशी शिक्षा अभिवृद्धि गर्न नेपालको वर्तमान सामाजिक सुरक्षा कोषको प्रभावकारी उपयोग, विद्यालय सुधार योजना तर्जुमा र तथ्याङ्क केन्द्रित नीति अवलम्बन गर्ने जस्ता कार्यहरू गर्दछ । यसका अतिरिक्त पिपुल इन नीड (PIN) नेपालले विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरू र सामुदायिक परिचालनमार्फत् जबर्जस्ती वा चाँडो विवाह गर्ने/गराउने दर न्यूनिकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।यस संस्थाले सीमान्तकृत समुदायका बालिका र हरेक व्यक्तिलाई गुणस्तरीय उच्च शिक्षा सुनिश्चित गर्न बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIENs) स्थापना गरी संस्थागत गर्न सक्रियताका साथ बहस पैरवी गर्दछ । विशेषगरी, पिपुल इन नीड (PIN) को प्राविधिक एवं व्यावसायिक शिक्षा, पाठ्यक्रम विकास, शिक्षक प्रशिक्षण र सिकाइ उपलब्धिको अनुगमन जस्ता क्षेत्रमा संस्थागत विज्ञता छ । सो विज्ञताका आधारमा यस संस्थाले आवधिक अनुगमन सूचिसहित बहुकक्षा, बहुतह MGML र सिकाइका लागि विश्वव्यापी डिजाइन (UDL) जस्ता औजारहरूको प्रयोग गर्दछ । साथै संस्थागत पहलमा प्राकृतिक विपद्को समयमा सिकाइ प्रभावकारी बनाउन उत्थानशिल सिकाइ पद्धति प्रयोग गरिन्छ । पिपुल इन नीड (PIN) नेपाल नागरिक समाजका साझेदारहरूसँग सहकार्य गर्दै समावेशी शासन प्रणाली प्रबद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्दछ । यस संस्थाले सिभिल सोसाइटी नाउ (Civil Society Now) नामक विद्युतीय माध्यम (Digital Platform) को विकास गरेको छ । यस माध्यममार्फत् नागरिक समाज संस्थाहरूको क्षमता विकास गर्ने र एक अर्काको ज्ञान आदानप्रदान गर्ने कार्यमा समेत सहजीकरण गर्दछ । नेपाल सरकारको शिक्षा क्षेत्रका योजनाहरूसँग सादृश्यता राख्दै पिपुल इन नीड (PIN) नेपालद्वारा सञ्चालित शैक्षिक कार्यक्रमहरूले शिक्षाका राष्ट्रिय सूचक प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएका छन् । अतः संरक्षण, सुरक्षा, लैङ्गिकतासम्बन्धी चासोका विषयहरू, अपाङ्गगता र सामाजिक समावेशीकरण जस्ता विषयहरू सम्बोधन गर्न यो संस्था प्रतिबद्ध छ । यी सबै विषयहरू बहिष्करण र विभेदका महत्वपूर्ण तत्वहरू हुन् । अन्तत्वगत्वा, पिपुल इन नीड (PIN) नेपालको मुख्य लक्ष्य अझ धेरै समावेशी विश्व निर्माण गर्ने र विविध पहिचानका आधारमा गरिने असमानता निराकरण गरी निष्पक्ष र समतामूलक समाज निर्माण गर्नु हो ।
पिपुल इन नीड (PIN) को ‘कोही बालिका पछाडि नपरून्/आरम्भ Leave No Girl Behind÷Aarambha)’ भन्ने बालिका शिक्षाका चुनौतीसम्बन्धी परियोजना (GEC)/UKAID) को आर्थिक सहयोगमा सन् २०१९ देखि (नोभेम्बर २०१९–जनवरी २०२४) ५ वर्षका लागि सञ्चालित छ । यो परियोजना समावेशी शिक्षामा आधारित परियोजना हो । यस परियोजनामार्फत् नेपालमा उच्च गरिबी, न्यून साक्षरता र बालविवाहका धेरै घटनाहरू हुने बारा र रौतहट जिल्लाका विद्यालय नजाने ९,४९७ बालिकाहरूलाई सहयोग गर्दै आएको छ । आरम्भ (Arambha) परियोजनाको मुख्य लक्ष्य सुरक्षा, स्वास्थ्य र शिक्षामा पहुँच नभएका किशोरीहरूको सामाजिक अवस्था सम्बोधन गर्नु हो । यस परियोजनाले औपचारिक तथा अनौपचारिक शिक्षाका माध्यमबाट सिकाइ अभिवृद्धि गर्दै बालिकाहरूको उज्ज्वल भविष्य निर्माण गर्ने प्रयत्न गर्दछ ।
आरम्भ परियोजनाका मुख्य गतिविधिहरूले विद्यार्थीहरूलाई सशक्तिकरण गराउनुका साथै शैक्षिक प्राप्तिमा अबरोध सिर्जना गर्ने तत्वहरू निराकरण गर्ने लक्ष्य लिएको छ । परियोजना सञ्चालन भएको नौ महिनाको अवधिमा विद्यालय नजाने किशोरीहरूले सामुदायिक अध्ययन केन्द्रहरू (CLC) मार्फत् एक कक्षाबराबरको साक्षरता एवं गणितसम्बन्धी ज्ञान हासिल गरेका छन् । यसरी सञ्चालित साक्षरता कक्षाबाट किशोरीहरूको सिकाइ निकै प्रभावकारी भएको छ । यसका अतिरिक्त आरम्भ परियोजनाले अत्यावश्यक संज्ञानात्मक र गैरसंज्ञानात्मक जीवन निर्वाह गर्ने सीपहरू प्रदान गर्दछ । साथै बालबालिकाको हेरचाहलगायत यौन तथा लैङ्गिक हिंसा (SGBV), यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR), महिनावारी स्वच्छता व्यवस्थापन (MHM), जलवायु परिवर्तन (CC) र विपद् जोखिम न्यूनिकरण (DRR) आदिसम्बन्धी ज्ञान पनि परियोजनाले प्रदान गर्दै आएको छ । समुदायमा दिगो परिवर्तनका लागि परियोजनाले सामुदायिक मेन्टर र परिवर्तनका सम्बाहकहरूसमेत परिकल्पना गरी उपयुक्त संयन्त्र स्थापना गरेको छ । समुदायका अगुवाहरूले बालिकाहरूले चाँडो विवाह गर्ने र विद्यालय छाड्ने जस्ता शिक्षामा अबरोध सिर्जना गर्ने सामाजिक व्यवधानहरू र हानी पुर्याउने अभ्यासहरू निराकरण गर्न आवश्यक कार्यहरू गर्दछन् । यसका अतिरिक्त, परियोजनाले दांैतरी तथा विद्यार्थीको अगुवाईमा स्थापित सञ्जाल एवं कार्यशालाहरूमार्फत् सचेतना अभिवृद्धि गर्ने कार्यमा मद्दत पुर्याएको छ । परियोजनामार्फत् गरिएका यस्ता पहलहरूले बालविवाह रोकथाम, लैङ्गिक हिंसा न्यूनिकरण र यससँग सम्बन्धित अन्य यस्ता सवालहरूमा जनचेतना फैलाउन बालक तथा बालिका दुबैलाई सहभागी गराएको छ । यस्ता गतिविधिहरूका कारण समुदायमा खुल्ला छलफल प्रबद्र्धन गर्ने र लैङ्गिक समानता कायम गर्न मद्दत पुगेको छ । विद्यार्थीहरूको अनुभवलाई निश्चित मार्गमा डोर्याउन शिक्षकहरूको महत्वपूर्ण भूमिका हुने भएकाले परियोजनाले लैङ्गिक तथा सामाजिक समावेशीकरण (Gender and Social Inclusion) सम्बन्धमा प्रशिक्षण प्रदान गर्दछ । विद्यालयमा भर्ना नभएका बालिकाहरूका विशेष आवश्यकताहरू सम्बोधन गर्न शिक्षकहरूलाई मार्गनिर्देश गरिन्छ । शिक्षकहरूले समावेशिता प्रबद्र्धन गर्न र बालिकाहरूलाई औपचारिक शिक्षा प्राप्त गर्न उत्पे्ररित गराउन लैङ्गिक–संवेदनशील शिक्षण विधिहरू, सिकाइका विश्वव्यापी अवधारणाहरू (Universal Design for Learning) र अहिंसात्मक कक्षा व्यवस्थापनका उपायहरू सिक्ने अवसर प्राप्त गर्दछन् । यसका अतिरिक्त, परियोजनाले बालबालिकाहरूलाई आफ्नो परिवार, समुदाय र सरकारी तहसम्म छलफल गर्न सक्नेगरी उनीहरूको क्षमता विकास गरेको छ । यस्ता छलफलअन्तर्गत बालिका शिक्षाका लागि बहस पैरवी गर्ने र विद्यालय नजाने बालिकाहरूका विशेष एवं व्यक्तिगत आवश्यकताहरू सम्बोधन गर्ने कुराहरू पर्छन् । यस अर्थमा परियोजनाले सबै तहमा खुल्ला छलफल र सहकार्यमार्फत् बालिका शिक्षाका लागि उपयुक्त वातावरण सिर्जना गर्ने र उनीहरूका अधिकार सुनिश्चित गर्ने प्रयास गरिरहेको छ ।
आरम्भ परियोजना सञ्चालनपश्चात् गरिएका उल्लेखनीय पहलहरू
आरम्भ परियोजनाद्वारा सञ्चालित एक महिने लैङ्गिक रूपान्तरण कार्यशाला (GTW) एकदमै महत्वपूर्ण र दूरगामी थियो । यसले विद्यालयमा समानता प्रबद्र्धन तथा लैङ्गिकतासम्बन्धी चुनौतीहरू सम्बोधन गर्न सामुदायिक सहभागिता अभिवृद्धि गरेको थियो । त्यस कार्याशालाले सकारात्मक सामाजिक परिवर्तनको अगुवाई गर्दै गलत प्रथालाई चुनौती दिन बालिकाहरूलाई सशक्तिकरण गरेको थियो । कार्यशालापश्चात् विद्यालयहरूमा अनुगमन गर्दा बालिकाहरू उल्लेख्य मात्रामा विद्यालयमा उपस्थित हुने गरेको पाइयो । कार्यशालाले विद्यार्थीको सहभागितामा सकारात्मक प्रभाव पार्नुका साथै विद्यालयमा हुने उपस्थितिको दर ३८% बाट ५२% पुगेको थियो । लैङ्गिक रूपान्तरण कार्यशाला (GTW) सञ्चालन भएका ४८ वटा विद्यालयहरूमध्ये १२ वटा विद्यालयमा कक्षा ६,७ र ८ मा अध्ययनरत २,६६५ विद्यार्थीहरूको उपस्थिति विद्युतीय माध्यमबाट लिइएको थियो । यसले विद्यार्थीहरू विद्यालयमा उपस्थित हुने दर, विभिन्न क्रियाकलापमा सहभागिता जनाउने र ज्ञान आर्जनप्रतिको प्रतिबद्धता उल्लेख्य मात्रामा अभिवृद्धि भएको छ । नेपालमा कोभिड–१९ को प्रभाव सबैभन्दा धेरै बारा र रौतहट जिल्लामा परेको थियो । बन्दाबन्दीको समयमा विशेषगरी बालिकाहरू अध्ययन गर्ने केन्द्रहरू जस्तैः विद्यालयहरू, सामुदायिक सिकाइ केन्द्रहरू आदि बन्द गरिएका थिए । यसरी भएको बन्दले उनीहरूको ज्ञान आर्जन गर्ने र अध्ययन सामग्रीहरूको पहुँचमा अवरोध पुर्याएको थियो । दुर्भाग्यवश्, भौतिक रूपमा आवतजावतमा प्रतिबन्ध लगाइएका कारण बालिकाका लागि खोलिएका सामुदायिक अध्ययन केन्द्रहरू (CLC) बन्द गर्नुपरेको थियो । त्यसकारण बालिकाहरूले नियमित शिक्षा आर्जन गर्ने र यौन तथा प्रजनन् स्वास्थ्य (SHR) र महिनावारी स्वच्छता (Menstrual Hygiene) सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्नबाट बञ्चित हुनुपर्यो । यद्यपि, सामुदायिक अध्ययन केन्द्रहरू (CLC) मा सिकाइ सहजीकरण गर्न नियुक्त आरम्भ परियोजनाका सहजकर्ताहरूले कठिन समयमा पनि महत्वपूर्ण स्रोतको रूपमा भूमिका निर्वाह गरेका थिए । सहजकर्ताहरू बन्दाबन्दीको समयमा आवश्यक जानकारी तथा सहायताको खोजीमा रहेका बालिकाहरूका लागि मुख्य स्रोत भएका थिए । यस्ता मुद्दा सम्बोधन गर्न आरम्भ परियोजनाले दूर सिकाइ सहायता (Distance Learning Support) गतिविधि कार्यान्वयन गरी बालिकाहरूका लागि सिकाइको नयाँ विकल्प प्रयोग गरिएको थियो । सहायता प्रदान गर्ने यस प्रणालीले दूर दराजबाट पनि सिकाइप्रवद्र्धन गर्न फोन, सुन्ने किताब, सूचना, शिक्षा तथा सञ्चार (IEC) का सामग्रीहरू र रेडियो कार्यक्रमजस्ता नवसञ्चारका विभिन्न माध्यमहरू उपयोग गरिएका थिए । यसका साथै परियोजनाले जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनिकरण, र विद्यालयमा सरसफाइ तथा स्वच्छताका सवालहरू सम्बोधन गरेको थियो । यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धि एवं जनचेतना फैलाउने जस्ता गतिविधिहरू पनि परियोजनामार्फत् सञ्चालन गरिएका थिए । यसको प्रतिफलस्वरूप विशेषगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक रकम विनियोजन गर्न स्थानीय सरकार र विद्यालयहरूले उल्लेख्य प्रतिबद्धता व्यक्त गरेका छन् । परियोजना सञ्चालनको समयावधिभर विद्यालय नजाने बालिकाहरूलाई सामुदायिक अध्ययन केन्द्रहरूमा भर्ना गराई अध्ययन गर्ने वातावरण सिर्जना गर्न उल्लेख्य एवं महत्वपूर्ण प्रयास परियोजनाबाट भएको थियो । यस प्रयासको फलस्वरूप सामुदायिक अध्ययन केन्द्रहरूमा ९,४९७ बालिकाहरू भर्ना भएका थिए जुन लक्षित बालिका संख्याको ११२% हो । विद्यालयको औपचारिक शिक्षा प्राप्त गर्नबाट बञ्चित भएका र कहिल्यै विद्यालय नगएका बालिकाहरूलाई शिक्षित बनाउने लक्ष्यले यो प्रयत्न गरिएको थियो । भर्ना भएका यी बालिकाहरूमध्ये ७,३३२ विद्यार्थीहरूले नौ महिनाको सिकाइ कक्षा सम्पन्न गरेका थिए । यो दर हेर्दा ७७% सफलता हासिल गरिएको हो, जुन निकै प्रशंसनीय छ । बालिकाहरूले औपचारिक शिक्षा वा प्राविधिक तथा पेशागत शिक्षा र तालिम (TEVT) सम्पन्न गरेका छन् । बालिकाहरूको सफलताको यो उल्लेखनीय पक्ष हो । सिकाइ कक्षाहरू सम्पन्न गर्ने बालिकाहरूमध्ये ६,७३२ उत्कृष्ट बालिकाहरूले नयाँ शैक्षिक तथा उद्यमशिलताको यात्रा तय गरेका थिए । उनीहरू औपचारिक शिक्षा हासिल गर्न वा व्यावसायिक तालिमका कार्यक्रमहरूमा सहभागी भएका छन् । बालिकाहरूको सिकाइमा आएको ९२% को उल्लेखनीय सफलताको दरले परियोजनाले बालिका शिक्षामा गरेको महत्वपूर्ण सफलता उजागर गर्दछ । बालिकाहरूले सिकाइमा गरेको यस सफलताले उनीहरूलाई आवश्यक ज्ञान र सीपसहित उनीहरूको मार्गचित्र प्रशस्त गर्दछ । यसका अतिरिक्त यस परियोजनाले बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) सहित समावेशी शिक्षा, लैङ्गिक हिंसा नियन्त्रण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनिकरण जस्ता विषयहरू प्रबद्र्धन गर्न मद्दत गरेको थियो । साथै, मधेश प्रदेशका ६२ वटा स्थानीय तह, कोशी प्रदेशका १० वटा नगरपालिकाहरू, कर्णाली प्रदेशका ५ वटा नगरपालिकाहरू र सुदूरपश्चिम प्रदेशका ५ वटा नगरपालिकाहरूमा नीतिगत निर्णयमा सीमान्तकृत बालिकाहरूका आवाज सुनिने सुनिश्चित गरिएको छ । बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) विद्यालय शिक्षा क्षेत्र योजना (SESP) २०२२/२०२३–२०३१/२०३२ सँगको सादृश्यतासहित शिक्षा तथा मानवसंसाधन विकास केन्द्र (CEHRD) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (MoEST) को महत्वपूर्ण पहल हो । यस सञ्जालमा विद्यालय, नगरपालिका, प्रदेश तथा संघीय तहका विभिन्न सरोकारवालाहरूका प्रतिनिधिका रूपमा युवा र वयस्कसहित प्रतिबद्ध प्रतिनिधिहरू समावेश छन् । यस सञ्जालको मुख्य लक्ष्य लैङ्गिक हिंसा नियन्त्रणलगायत समतामूलक तथा समावेशी शिक्षा प्रबद्र्धन गर्ने, महिला, बालिका र सीमान्तकृत समूहका विशेष आवश्यकताहरू सम्बोधन गर्नेलगायत जलवायु परिवर्तन तथा विपद्का कारण उत्पन्न प्रतिकूल प्रभाव सम्बोधन गर्ने हो । अतः यस परियोजनाको प्राविधिक सहयोगमार्फत् बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) सबलीकरण तथा प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाहमा टेवा पुगेको छ । यसले स्थानीय तहको बालिका तथा समावेशी शिक्षा सञ्जाल कार्यान्वयन निर्देशिका (GIEN) Operational Guidelines) तयार गर्न सहजीकरण गर्नुका साथै पाँच वर्षे बालिका तथा समावेशी शिक्षा सञ्जाल रणनीतिक योजना (GIEN Strategic Plans) को मस्यौदा तयार गरेको छ र यो मस्यौदा कार्यान्वयन हुने चरणमा पुगेको छ । यसैगरी, कार्यविधिहरू तथा प्रक्रियाहरू तयार भई प्रदेश र स्थानीय सरकारद्वारा लागू भएका छन् । सम्बन्धित व्यक्तिको विभिन्न विषयमा क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यशालाहरू सञ्चालन गरिएका थिए । विशेषगरी, समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र संघीय, प्रादेशिक तथा स्थानीय तहमा सञ्जालको नियमित कार्य सञ्चालनको सुनिश्चितताका लागि धेरै कार्यशालाहरू सञ्चालन गरिएका छन् ।
समावेशी शिक्षाका लागि आरम्भ परियोजनामार्फत् पिपुल इन नीड (PIN) नेपाल हाल विद्यालय, समुदाय र प्रणालीगत तहमा सहभागी भएको छ । यसले सीमान्तकृत समुदायका बालिकाहरूको गुणस्तरीय शिक्षामा पहुँच मात्र नभई तिनीहरूले सुसूचित भई जीवनका विकल्पसहित बाँच्न, परिवारमा गरिने निर्णयमा सक्रियताका साथ सहभागी हुन र आत्मविश्वासका साथ आफ्ना उद्यमशिलताका आकांक्षाहरू पूरा गर्न सक्ने संसार निर्माण गर्न प्रयत्न गरिहरेको छ । अन्तत्वगत्वा, आरम्भ परियोजनाले गरिबी र असमानताको चक्रब्यूह तोड्दै सीमान्तकृत बालिकाहरूको जीवन रूपान्तरण गर्दैछ र यसले अझ धेरै समतामूलक र न्यायपूर्ण संसार निर्माण गर्दैछ । पीपुल इन नीड (PIN) नेपालले आफ्नो अथक प्रयास तथा बृहत्तर दृष्टिकोणमार्फत् समावेशी शिक्षा र लैङ्गिक समानता प्रभाव पार्दै भावी पुस्तामा सकारात्मक परिवर्तनका लागि उत्प्रेरणा दिइरहेको छ ।