प्रमुख समाचारसमाचार

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद रघुजी पन्तलाई नियुक्त गरिएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।  राष्‍ट्रपति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

नवनियुक्त मन्त्री पन्तले बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्री पन्तसित पत्रकारिताको पृष्ठभूमि पनि रहेको छ ।

 

Facebook Comments

प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा २१ गतेदेखि गर्नेगरी सारियो

Previous article

राष्ट्रिय परीक्षा बोर्डद्वारा नयाँ मितिको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

Next article