राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।
शिक्षक तथा कर्मचारीहरुको आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिएको थियो ।
तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत् कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी निर्भिक भएर परीक्षाको तयारी गर्न अनुरोध गरेका छन् ।










