समाचार

शिक्षक संघको २५ जिल्ला नेतृत्वमा को–को ?


काठमाडौं–नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म २५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यमपी भुसालका अनुसार २५ जिल्लामध्ये १० वटामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
नेपाली कांग्रसको शुभेच्छुक संस्था संघमा कतिपय जिल्लाहरुमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शिक्षकहरु प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए ।

संघको महाधिवेशनमा समेत देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनएर प्रतिस्पर्धा गर्ने भएका छन् । देउवा पक्षका वर्तमान अध्यक्ष केशव निरौलाले आफू दोहोरिने नभए उनको समूहबाट किशोरदत्त बराल अध्यक्षमा र महासचिवमा गोकर्ण बानियाँ र ज्ञानेन्द्र रावलमध्ये एक र पौडेल समूहबाट वर्तमान महासचिव राजेन्द्रराज पौडेल र महासचिवमा वर्तमान कोषाध्यक्ष यमपी भुसाल उठ्ने लगभग निश्चित देखिन्छ ।
संघका नेताहरु आफ्ना समूहका शिक्षकहरुलाई जिताउन हाल जिल्ला दौडाहामा व्यस्त रहेका छन् ।

१. मुस्ताङः अनन्त आचार्य (सर्वसम्मत)
२. पर्वतः केशव भण्डारी (सर्वसम्मत)
३. रामेछापः नवराज घिमिरे (निर्वाचित)
४. रसुवाः वसन्त पौडेल (निर्वाचित)
५. चितवनः डा. हरिप्रसाद कँडेल (निर्वाचित)
६. खोटाङ: शिवहरि ढकाल (निर्वाचित)
७. डोटीः नवराज जोशी (सर्वसम्मत)
८. प्युठान: बलबहादुर महतरा (सर्वसम्मत)
९. धनकुटा: थिरेन्द्र बहादुर लिम्बु (सर्वसम्मत)
१०. सुनसरी: वेणु सिग्देल (निर्वाचित)
११. दाङः युवराज बस्नेत (निर्वाचित)
१२ लमजुङ: शिवराज अधिकारी (निर्वाचित)
१३. अछाम: विष्णु भण्डारी (सर्वसम्मत)
१४. रुपन्देही: कुलप्रसाद लामिछाने (सर्वसम्मत )
१५. मकवानपुर: रामकुमार अधिकारी (निर्वाचित )
१६. गुल्मी: प्रेमनारायण भण्डारी (निर्वाचित )
१७. बाजुराः प्रेमराज पाध्या (निर्वाचित)
१८. तनहुँः कमलभक्त पोखरेल (निर्वाचित)
१९. दार्चुलाः पुलेन्द्र कार्की (सर्वसम्मत )
२०. संखुवासभाः थिरबहादुर राई (सर्वसम्मत )
२१. भक्तपुरः गंगाधर हाडा (निर्वाचित)
२२. दोलखाः गोविन्दनारायण मानन्धर (सर्वसम्मत )
२३. सोलुखुम्बु: लालप्रसाद बातोला (निर्वाचित)
२४. धादिङः विष्णु अधिकारी (निर्वाचित)
२५. सिन्धुपाल्चोक: तुलसी दंगाल (निर्वाचित)

Facebook Comments

कपिलवस्तुमा कक्षा दश छाड्ने विद्यार्थीको तथ्यांक डरलाग्दो

Previous article

एउटा ज्वलन्त बहस : शिक्षक तालिम आधा रित्तो कि आधा भरी ?

Next article