प्रमुख समाचार

शिक्षामन्त्री मातृभूमिमा


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बडा दशैंकाे अवसरमा मातृभूमि सिन्धुकाेट भ्रमण गरेकी छन् ।

सिन्धुकाेट सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका-५ मा रहेकाे छ । मन्त्री भट्टराईका साथ प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार राजन भट्टराई, राष्ट्रियसभाकी सदस्य इन्दुकुमारी गाैतम तथा परिवारजन सिन्धु भ्रमणमा आएका थिए ।

मातृभूमि सिन्धुमा धेरै वर्ष पछि आउन पाउँदा आफूलाई धेरै खुशी लागेकाे मन्त्री भट्टराईले सुनाइन् । भ्रमणका क्रममा मन्त्री भट्टराईलाई स्थानीय अगुवा मधुसूदन सिग्देलकाे निवासमा स्वागत गरिएकाे थियाे ।

मन्त्री भट्टराईले सिन्धुकाेटस्थित ७५ वर्ष पुरानाे विद्यालय सिन्धुपुराना गाउँ मावि र स्थानीय स्वास्थ्य चाैकी सिन्धु हेल्थपाेष्टकाे पनि अवलाेकन गरेकी थिइन् ।

Facebook Comments

शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

Previous article

शिक्षामन्त्रीले सार्वजनिक गरिन् शिक्षामा सय दिने कार्यप्रगति विवरण

Next article