समाचार

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यो सत्रदेखि कृषिमा स्नातक तह (बीएससी एजी अनर्स) को पढाइ सुरु गरेको छ । यसले गर्दा कृषिको स्नातक तह अध्ययनका लागि पूर्वका विद्यार्थीले भरतपुर वा काठमाडौं धाउनु नपर्ने भएको छ ।

विश्वविद्यालयले मोरङको गोठगाउँमा यसैपालिदेखि गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर स्थापना गरेर कृषिको स्नातक तह पढाइ सुरु गरेको हो । सेन्टरमा भेटिनरी, फरेस्ट्री र डेरी टेक्नोलजीसम्बन्धी पढाइ पनि हुनेछ ।

चारवर्षे यो कोर्सका लागि विश्वविद्यालयले पहिलो वर्ष ४८ जनालाई भर्ना लिएको छ । यो संकायमा अर्को वर्ष ९६ जना भर्ना लिने विश्वविद्यालयले जनाएको छ । यो संकायमा पहिलो वर्ष २ सय ५० विद्यार्थीले छनौट परीक्षा दिएका थिए ।

चार वर्षमा आठौ सेमेस्टरसम्म पढाइ हुनेछ । शुल्क भने ६ लाख ८ हजार रुपैयाँ लाग्नेछ ।कान्तिपुरमा खबर छ ।

Facebook Comments

हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित)

Previous article

अर्काको ‘लाइसेन्स’ पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा

Next article