बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को नवौं वार्षिक साधारणसभा तथा अधिवेशनले तिलोत्तम पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
मंगलबार राजधानीमा सम्पन्न अधिवेशनमा सबै पद सर्वसम्मत चयन भएको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्ष द्वयमा हेमराज जोशी र ममता झा, महासचिवमा राजु घिमिरे, कोषाध्यक्षमा सम्झना कुमारी मल्ल रहेका छन् । यसैगरी, सदस्यहरुमा गीता अधिकारी (कोशी), सञ्जयकुमार कुशवाहा (मधेश), शिवप्रसाद खकुरेल (बागमती), केशवप्रसाद पौडेल (गण्डकी), शिवलाल पाण्डे (लुम्बिनी), केशव आचार्य (कर्णाली), गीताकुमारी रावल (सुदूरपश्चिम), पिंकी सिङ राणा (खुल्ला), शान्ताकुमारी दाहाल (खुल्ला) र कुञ्जनी परियार प्यासी (खुल्ला) निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले बालबालिकालाई परिरहेको नयाँ आयमका चुनौतीलाई सामना गर्नेगरी सिजपले अभियान बढाउने बताए । उनले नयाँ टिममा सातै प्रदेश र समावेशी प्रतिनिधित्व भएकाले अभियान बढाउन सहज हुने विश्वास व्यक्त गरे ।
सिजपले २३ औं स्थापना दिवस पनि मनाएको छ । दश वर्षे द्वन्द्वकालमा बालबालिका हिंसाको चपेटामा पर्नुहुन्न भन्ने आवाजलाई मुखरित गर्न सन् २००३ मा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान शुरु भएको थियो ।










