शिक्षालाई आर्थिक तथा सामाजिक विकासको आधारशिला मानिन्छ । व्यक्तिमा अन्तर्निहित सम्भावित शक्तिहरुलाई प्रष्फुटन गराई एउटा सभ्य नागरिकको रुपमा जीवनयापन गर्न सहयोग गर्ने माध्यम शिक्षा हो । राज्यले तय गरेको शिक्षाको संरचनाभित्र रहेर आवश्यकता भएका सबैलाई गुणस्तरीय शिक्षा दिई आफ्नो राष्ट्र, प्रजातन्त्र, वातावरण तथा सामाजिक सु–संस्कृतिहरुको पहिचान गराई असल/खराब छुट्याएर असल अभ्यासहरुको संरक्षण गर्न समर्थ नागरिक बनाउने कार्य शिक्षण संस्थाहरू, शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्रशिक्षक, प्राध्यापक एवं शिक्षा क्षेत्रका प्रशासकलगायतका शिक्षाकर्मीहरू र समग्रमा बौद्धिक समाज सबैको हो । प्राविधिक शिक्षालाई त झन् ‘कामको संसार’ जोड्ने शिक्षाको रुपमा हेरिएको हुन्छ । काममा स्थापित हुनका लागि ज्ञान, सीपका साथ साथै व्यवहार कुशलता हुनु पनि उत्तिकै आवश्यक छ । शैक्षिक कार्यक्रमहरुको उपलब्धि स्वरुप ज्ञान, सीप, दक्षता र असल आचरणयुक्त स्नातकहरु तयार भई उत्पादन तथा सेवा प्रवाह, रोजगारी वा स्व–रोजगारी सिर्जना र आय आर्जनका माध्यमबाट सामाजिक–आर्थिक विकासमा सहभागिता वृद्धि गराउँदा मात्र गुणस्तरीय शिक्षा प्रदान गरिएको मानिन्छ ।
कुनै पनि प्रणालीको सन्दर्भमा हिमशिला (Iceberg) मोडल विद्यमान हुन्छ । अर्थात् कुनै पनि संस्थाका देखिने र नदेखिने पक्षहरु हुन्छन् । एडवर्ड टी. हलले सन् १९७६ मा विकास गरेको यो मोडेलअनुसार ‘जसरी हिमशिलाको सानो भाग मात्र पानीमाथि देखिन्छ र यसको धेरैजसो हिस्सा पानीमुनि लुकेको हुन्छ । त्यस्तै कुनै पनि संस्था वा प्रणालीमा विद्यमान विषयवस्तु, समस्या तथा चुनौतीका केही भाग मात्र सहजै देख्न सकिने हुन्छन् भने यसका कारकहरुको ठूलो हिस्सा अदृश्य रुपमा रहेको हुन्छ ।’
कुनै पनि प्रणालीको सन्दर्भमा हिमशिला (Iceberg) मोडल विद्यमान हुन्छ । अर्थात् कुनै पनि संस्थाका देखिने र नदेखिने पक्षहरु हुन्छन् । एडवर्ड टी. हलले सन् १९७६ मा विकास गरेको यो मोडेलअनुसार ‘जसरी हिमशिलाको सानो भाग मात्र पानीमाथि देखिन्छ र यसको धेरैजसो हिस्सा पानीमुनि लुकेको हुन्छ । त्यस्तै कुनै पनि संस्था वा प्रणालीमा विद्यमान विषयवस्तु, समस्या तथा चुनौतीका केही भाग मात्र सहजै देख्न सकिने हुन्छन् भने यसका कारकहरुको ठूलो हिस्सा अदृश्य रुपमा रहेको हुन्छ ।’ यसरी अदृश्य रुपमा रहेको यो ठूलो भागले संस्थाको विकास, रोजगारी सिर्जना र उद्यमशीलतामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको पहिचान तथा विश्लेषण गरी तदनुरुप काम गर्न सकिएमा संस्थागत परिवर्तन तथा सुधार गर्न सहज हुन्छ । यस लेखमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीमा देखिने (दृश्य) र घटना पछाडि लुकेका (अदृश्य) कारणहरुको बारेमा संक्षिप्त चर्चा गरिएको छ ।
प्राविधिक शिक्षाका दृश्य र अदृश्य कारकहरु
शिक्षाले व्यक्तिलाई उपयोगी ज्ञान तथा सीप प्रदान गरी सम्मानजनक जीवन जिउने पद्दति विकास गर्न सघाउनु पर्छ बन्ने मान्यता हो । गुणस्तरीय शिक्षाले चेतनाको विकाससँगै अनुशासित जीवन पद्दति विकास गर्न र समाजमा शान्ति तथा सदभाव कायम राख्दै राष्ट्र निर्माणमा मद्दत पुर्याउँछ । व्यक्ति आत्मनिर्भर हुन, असल मानव बन्न, सभ्य समाजको निर्माणमा सहयोग पुर्याउन, भौतिक साथै आद्यात्मिक सुख प्राप्ति र समग्रमा प्रजातन्त्र एवं राष्ट्रको हितमा काम गर्ने पूर्वाधार तयार पार्न गुणस्तरीय तथा व्यावसायिक शिक्षा नै चाहिन्छ । गुणस्तरीय शिक्षालाई मानव जीवनको तयारी, समाज विकास र प्रजातन्त्र रक्षाको भरपर्दो साधन मानिएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा गरीब तथा विपन्न वर्गको पहुँच पुर्याउने र देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने विषयलाई मनन् गरी सामुदायिक, निजी तथा साझेदारी शिक्षण संस्थाहरुलाई सम्बन्धन स्वीकृति दिई देशभरी नै कार्यक्रमहरु सञ्चालन गरिएका छन । संख्यात्मक रुपमा निकै धेरै बिस्तारित शिक्षण संस्थाहरु, संस्थाका भौतिक तथा मानव स्रोत साधनहरु, प्रशिक्षक–प्रशिक्षार्थीको उपस्थिति, संस्थाका नियम, कानून, शैक्षिक क्यालेण्डर शिक्षण–सिकाइ, प्रशिक्षार्थी भर्ना तथा उत्तीर्ण संख्या, रोजगारको अवस्था आदि सबै बाहिरबाट सजिलै देख्न सकिने हिमशिलाको माथिल्लो भाग हो ।
अमेरिकन लेखक अर्नेस्ट हेमिंगमको शब्दमा दृश्यात्मक तथ्यहरुले केवल २०% लाई प्रतिनिधित्व गरेको हुन्छ ।
यसबाहेकका व्यवहार, ठाडो तथा तेर्सो सञ्चार र सम्बन्ध जस्ता पक्षहरु छन् । वाचा तथा घोषणा, अनुभव, मनोभाव, संवेगात्मक विषय, शक्ति एवं जिम्मेवारीको बाँडफाँट, निर्णय प्रक्रिया, सहभागिता, सामुहिकता, सहजीकरण, मूल्य–मान्यता जस्ता पक्षहरु लुकेका हुन्छन् । बाहिरबाट झट्ट हेर्दा देख्न र बुझ्न सकिदैन तर यी लुकेका पाटाहरुको अध्ययनबिना कुनै पनि संस्थामा परिवर्तन तथा सुधार गर्न र प्रशिक्षार्थीहरुलाई रोजगारोन्मुख अनि उद्यमशील बनाउन सहज हुँदैन ।
विभिन्न मुलुकहरुमा सफलता प्राप्त गरेका शिक्षामा सुधारका असल अभ्यासहरु हाम्रो सन्दर्भमा सफलता प्राप्त हुन नसक्नुका पछाडि हिमशिलाको तल लुकेर रहेका अदृश्य तर महत्वपूर्ण कारकहरु थहा नपाएरै हो । जस्तैः राज्य, समुदाय र जनमानसको बुझाइ, सीप सिकाइ, रोजगारी, उद्यमशीलताप्रतिको अवधारणा, सहभागिता, शिक्षण संस्था, सिकाइ तथा सीपप्रतिको विश्वास, दृष्टिकोण, सामाजिक मान्यताहरु तथा निर्णय प्रक्रिया आदिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
तलको चित्रमा प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीको हिमशिलाको विश्लेषण गरिएको छ ।
चित्रः प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको हिमशिला

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी हिमशिला (Iceberg) मोडलमा प्राविधिक शिक्षालाई निम्न अंंकित तीनवटा आयामबाट हेरिन्छ ।

शिक्षा प्रणालीलाई हिमशिला मोडेलद्वारा विश्लेषण गर्दा प्रणालिगत सुधार तथा परिवर्तनका लागि पाठ्यक्रम, संस्थाका संरचना, शिक्षण संस्था, सिकाइ सामग्री, प्रशिक्षक, परीक्षा प्रणाली, प्रशिक्षार्थी, शैक्षिक नतिजा, रोजगारी, स्व–रोजगारी, आय जस्ता देखिने पक्षका साथसाथै त्यसका पछाडि रहेका शिक्षाप्रतिको बुझाइ, विश्वास, सामाजिक सोच, सहभागिता, अपनत्व, निर्णय प्रक्रिया र सामाजिक मूल्य–मान्यताहरुको विशेष भूमिका रहेको हुन्छ । कुनै पनि संस्थाको कार्य वातावरण, पोशाक, सञ्चालनको नीति, समय सारिणी, भौतिक तथा मानवीय पूर्वाधार, प्रक्रिया र प्रणालीगत पक्षलाई बाहिरबाट हेर्न तथा अवलोकन गर्न सकिन्छ । तर, सामाजिक साझा मूल्य, सीप तथा रोजगारी, व्यवसायिकताप्रतिको विश्वास, सोच, हेर्ने दृष्टिकोण, निर्णय अधिकार, सञ्जालीकरण, सामाजिक सम्बन्ध जस्ता अन्तर्निहित धारणाहरु गहिरो तहमा लुकेका हुन्छन् । यी लुकेका मूल्य–मान्यताहरुको परिवर्तन तथा सुधारमा महत्वपूर्ण भूमिका रहन्छ । किनभने, यसले नै दीर्घकालीन रुपमा व्यवहार र परिणामलाई निर्देशित गर्छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा विगत लामो समयदेखि सहजै देखिने पक्षहरुमा केन्द्रित भएर कार्यक्रमहरु बिस्तार गर्नुपर्ने हो । पाठ्यक्रम निर्माण एवं परिमार्जन गरिएको छन् । पूर्वाधार विकास तथा स्रोतहरुमा लगानी गरिएका छन् । अध्ययन तथा अनुसन्धान गर्ने गरिएको छ तर युवा विद्यार्थी तथा अभिभावकको मनोविज्ञान, सञ्चालित कार्यक्रमहरु, सीप, पेशा तथा उद्यमशिलताप्रतिको उदासीनता, स्व–रोजगारी नहुनुका कारकहरु जस्ता लुकेको पक्ष पत्ता लगाउने र सोका आधारमा परिमार्जन, सुधार र परिवर्तन गर्ने कार्यचाहिँ हुन सकेको छैन ।
विभिन्न मुलुकहरुले शैक्षिक क्षेत्रमा हिमशिला मोडेललाई परामर्श, मनोसामाजिक सहयोग, प्रणालीगत सोच तथा विश्लेषणमा व्यापक रूपमा प्रयोग गरिएको छ । यसले देखिने घटनाको पछाडि लुकेका कारणहरू पहिचान गर्न सहयोग पुर्याउँछ । कुनै पनि संस्थाको अवलोकन गरेर बाहिरबाट देखिने व्यवहार र विषयवस्तुमा परिवर्तन गरेर मात्र दिगो रुपमा संस्थागत सुधार तथा समस्या समाधान सम्भव हुँदैन, शिक्षामा दिगो सुधारका लागि सतही समस्याभन्दा गहिरा कारणहरु छन् । जुन सीप, पेशा, रोजगारी तथा उद्यमशीलताको सोचमा रहेको छ । अनि बानी, विश्वास, व्यक्ति तथा समाजका मूल्य–मान्यता र अन्तर्निहित मानसिकता एवं संरचनागत पक्षको पहिचान गरी तदनुरुप सुधार गर्न हिमशिला मोडेलले सहयोग गर्छ ।

कुनै पनि प्रणालीको सन्दर्भमा हिमशिला (Iceberg) मोडल विद्यमान हुन्छ । अर्थात् कुनै पनि संस्थाका देखिने र नदेखिने पक्षहरु हुन्छन् । एडवर्ड टी. हलले सन् १९७६ मा विकास गरेको यो मोडेलअनुसार ‘जसरी हिमशिलाको सानो भाग मात्र पानीमाथि देखिन्छ र यसको धेरैजसो हिस्सा पानीमुनि लुकेको हुन्छ । त्यस्तै कुनै पनि संस्था वा प्रणालीमा विद्यमान विषयवस्तु, समस्या तथा चुनौतीका केही भाग मात्र सहजै देख्न सकिने हुन्छन् भने यसका कारकहरुको ठूलो हिस्सा अदृश्य रुपमा रहेको हुन्छ ।’








