भिडियोविशेष

नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६


काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ भव्य रूपमा सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) द्वारा आयोजना गरिएको यो ६ दिने एक्स्पो ११ देखि १६ अगस्ट २०२६ (साउन २६–३१) सम्म सञ्चालन हुँदैछ।

एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। पहिलो दिन विभिन्न ब्रान्डहरूले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्।

यस एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित नयाँ Electric Cars, E-Scooters, Electric Commercial Vehicles तथा आधुनिक मोबिलिटी प्रविधिहरू मुख्य आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जासमेत उपलब्ध गराइरहेका छन्।

कार्यक्रममा Investment & FDI, Policy Dialogues, Learning Sessions, Industry Interactions लगायतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै सडक दुर्घटनापछिको प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी विशेष प्रस्तुति पनि आयोजना गरिएको छ।

नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ ले नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।

स्थान: भृकुटीमण्डप, काठमाडौं
मिति: ११–१६ अगस्ट २०२६ | साउन २६–३१
समय: बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म

Facebook Comments

भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६’, पहिलो दिनमै २९ हजारभन्दा बढीले गरे अवलोकन

Previous article

कागेश्वरी मनाेहरा नगरपालिकाकाे शिक्षा सुधार: अभ्यास, उपलब्धि र मार्गचित्र

Next article